राजनीति

‘जनतासँग माओवादी’ अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न

परासी, वैशाख ३ –नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्ला समन्वय समितिद्वारा आयोजित ‘जनतासँग माओवादी: तराई–मधेश जागरण अभियान’ अन्तर्गत सदरमुकाम परासीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उद्योग तथा व्यापार क्षेत्रका प्रतिनिधि, शिक्षाविद्, सञ्चारकर्मी, नागरिक समाजका अगुवा, विभिन्न संघसंस्था तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले मुलुकको वर्तमान आर्थिक, सामाजिक तथा राजनीतिक परिदृश्यमा देखिएका जटिल विषयबारे पार्टी नेतृत्व समक्ष जिज्ञासा राख्नुका साथै सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन तथा सालिकमा माल्यार्पण

बर्दघाट, वैशाख ३, २०८२ — गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बर्दघाट नगरपालिका–१४ स्थित सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन गरेका छन्। अवलोकन भ्रमणको क्रममा अध्यक्ष प्रचण्डले सहिद सूर्य विक्रम थापा ‘सलिम’को सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे। कार्यक्रममा पार्टीका अन्य नेताहरूको पनि उपस्थिति थियो। शहीद थापा माओवादी जनयुद्धका क्रममा वीरगतिको प्राप्ति गरेका थिए। उहाँको योगदानको सम्मानस्वरूप निर्माण गरिएको स्मृति केन्द्र क्षेत्र सामाजिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। पुरा पढौ

हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेसजागरण अभियान

२०८२ बैशाख २ गते, नवलपुर। हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देवचुली नगरपालिका–१६, रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन गर्नुभएको छ। चिकित्सालय भ्रमणपछि नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ। उक्त कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्राकृतिक चिकित्सा प्रणालीको महत्त्वबारे चर्चा गर्नुभयो। उहाँले स्थानीय स्तरमा स्वास्थ्य पूर्वाधारको विकासका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले यस अघि महिला… पुरा पढौ

कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले आफू भाइरल हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति नेपाली कांग्रेस पार्टीभित्र बढेको बताउनुभएको छ । इलामको श्रीअन्तुमा आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति बढ्दै गएको र अझ बढी यो प्रवृत्ति नेपाली कांग्रेसमा देखिएको बताउनुभयो । उहाँले भन्नुभयो “आफूले मिडियामा कभरेज पाउनकै लागि कतिपय नेता एवं पार्टीकै बिरुद्धमा… पुरा पढौ

नेपालको विकास र समृद्धिको आधार पर्यटनः परराष्ट्रमन्त्री

परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले नेपालको विकास र समृद्धको आधार पर्यटन हो भन्नुभएको छ । परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा आयोजना गरिएको रिट्रिट कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो “नेपालका अद्वितीय संस्कृति र सम्पदा एवं प्राकृतिक सौन्दर्य विश्वका प्रमुख आकर्षण हुन् र हाम्रा यी अमूल्य सम्पत्ति  नै मुलुकको विकास र समृद्धिका आधार पनि हुन् ।” सो अवसरमा मन्त्री डा राणाले नयाँ वर्षको पूर्वसन्ध्यामा … पुरा पढौ

संविधानकाे परिधिभित्र बसाैं, चित्त नबुझेकाे कुरा विधि प्रकिया पूरा गरेर संशाेधन गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह

काभ्रे : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सार्वभाैम संविधानसभाले बनाएकाे संविधानकाे खिलापमा गएर केही पनि प्राप्त नहुने भन्दै सबैले संविधानकाे परिधिभित्र बस्नुपर्ने बताउनुभएकाे छ । काभ्रेकाे नमाेबुद्द नगरपालिका वडा नं १ मा स्वास्थ्य चाैकी भवन उद्घाटन, बालमैत्री वडा घाेषणा र वडाकाे प्रशासकीय भवन उद्घाटन गर्दै उहाँले जे गर्नुपर्ने हाे संविधानकाे परिधिभित्रै रहेर गर्नुपर्नेमा जाेड दिनुभयाे । `जे गर्नुपर्ने हाे संविधानभित्रै बसेरनै आफ्नो कामहरू गर्न सक्नुपर्छ । कसैलाई चित्त बुझेन भन्दैमा संविधानसभाबाट जनप्रतिनिधिले जारी गरेकाे संघिय लाेकतान्त्रिक गणतन्त्रात्मक संविधानकाे… पुरा पढौ

अधिकार त्यसै प्राप्त भएकाे हाेइन, संरक्षणमा गम्भीर बनाैं : उपप्रधानमन्त्री सिंह

पुरानाै व्यवस्थामा  फर्कने कल्पना गर्न सकिन्नउपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले हजारौंको बलिदानी र संघर्षबाट प्राप्त अधिकारहरूको रक्षाका लागि संवेदनशील भएर सोच्नुपर्ने बेला आएको बताउनुभएको छ । लाेकतान्त्रिक नेवा: खलसहितका संघसंस्थाले कीर्तिपुरमा आयाेजना गरेकाे नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले आजको स्वतन्त्रता र अधिकार त्यतिकै प्राप्त नभएको बताउनुभयाे । उहाँले  लामो संघर्ष र हजारौंको बलिदानीबाट मात्रै अहिलेकाे परिवर्तन  सम्भव भएकाले यो अधिकारको महत्वलाई बुझेर त्यसको संरक्षणमा गम्भीर हुनुपर्नेमा सिंहकाे जाेड छ । 'हामीले अधिकारलाई मात्रै… पुरा पढौ

संस्कृति हस्तान्तरण प्रक्रिया निरन्तर चलिरहनुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । श्रीनृसिंहजात्रा व्यवस्थापन समितिको श्रीनृसिंह माहात्म्य (श्रीनृसिंह सूक्त) पुस्तक र श्रीनृसिंहजात्रा स्मारिका–२०८१ विमोचन गरिएको छ ।शनिवार हनुमान जयन्तिको अवसरमा उप–प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त पुस्तकहरूको विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री सिंहले यस्ता कार्यक्रमहरुले धर्म सँस्कृतिलाई जोगाउन सहयोग हुने बताएका छन् । उनले सस्कृति हस्तान्तरण प्रक्रिया निरन्तर चलिरहनुपर्ने पनि बताए ।  उनले भने, ‘हाम्रो सस्कृतिलाई जिवन्त राख्नको लागि यस्ता कार्यक्रमहरुले टेवा पुर्याउँछ ।  हाम्रा धर्म सस्कृति, रितिरिवाज जोगाउन र पुराना पुस्ताबाट असल अभ्यासहरु, मूल्यमान्यताहरु नयाँ पिढीलाई… पुरा पढौ

बिमस्टेक क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेक क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनाका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । बैंककमा आयोजित छैठौँ बिमस्टेक समिट अन्तर्गत आज २० औँ मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले बिमस्टेकले बंगालको खाडी क्षेत्रका नागरिकको साझा आकांक्षाको प्रतिनिधित्व गर्ने भएकाले एकता र सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “बिमस्टेक दक्षिण एसिया र दक्षिणपूर्व एशियाली गतिशील क्षेत्रको प्रतिनिधित्व गर्ने चम्किलो इन्द्रेणी हो र यसका रङ्गले यस क्षेत्रको समृद्ध… पुरा पढौ