अर्थतन्त्र

इनर ह्वील क्लब बागमतीको १८औँ चार्टर डे सम्पन्न, दुई अग्रज व्यक्तित्व सम्मानित

काठमाडौं, साउन १० सामाजिक तथा मानवीय सेवामा सक्रिय इनर ह्वील डिस्ट्रिक्ट ३५० अन्तर्गतको इनर ह्वील क्लब बागमती को १८औँ चार्टर डे समारोह राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा क्लबकी चार्टर प्रेसिडेन्ट कमलप्रभा खरेल तथा पास्ट प्रेसिडेन्ट रबिना महत लाई विशेष सम्मान प्रदान गरिएको थियो। इनर ह्वील आन्दोलनको विस्तार, संस्थागत विकास तथा नेतृत्वदायी भूमिकामार्फत पुर्‍याउनुभएको उल्लेखनीय योगदानको कदरस्वरूप उहाँहरूलाई सम्मान गरिएको क्लबले जनाएको छ। चार्टर प्रेसिडेन्ट कमलप्रभा खरेल इन्टरनेशनल इनर ह्वील बोर्ड अफ डाइरेक्टर्स मा नियुक्त हुनुभएको तथा पास्ट प्रेसिडेन्ट… पुरा पढौ

बागलुङ निर्णयघाटमा १०८ वटा तुलसी मठमा तुलसी राेपन

बागलुङ, साउन ९ नेपालमा धार्मिक र परम्परागत रूपमा हरेक बर्षआजको दिन भगवान् विष्णुको प्रतीकका रूपमा घर–घरमा तुलसी रोप्ने गरिन्छ। तुलसीले घर वरपरको वातावरण स्वच्छ बनाउन सहयोग पुर्‍याउने विश्वास छ। धार्मिक मान्यताअनुसार तुलसीबिना भगवान् विष्णुको पूजा–आराधना पूर्ण मानिँदैन। तुलसी अत्यन्त उपयोगी वनस्पति हो। यसको पात, फूल तथा अन्य भागहरू औषधीय गुणले भरिपूर्ण मानिन्छन्। यहीँ तुलसी लाई जगेर्ना गर्न बागलुङ सदरमुकामकाे निर्णयघाटमा १०८ वटा तुलसी मठ तयार गरेर एकसाथ तुलसी राेप्ने काम गरियो । बागलुङको निर्णयघाटमा धार्मिक, सांस्कृतिक तथा वातावरणीय महत्त्व बोकेको… पुरा पढौ

हरितालिका तीजमा कुमारी चेपाङको ‘रिसैले जल्यो बरिलै’ सार्वजनिक

हरितालिका तीज २०८३ को अवसरमा गायिका कुमारी चेपाङको नयाँ तीज गीत ‘रिसैले जाल्यो बारेले’ सार्वजनिक गरिएको छ। कुमारी चेपाङको स्वर रहेको उक्त गीतमा देवबहादुर सुनारको शब्द, कृष्ण परियारको संगीत तथा दोलराज बरघरे मगरको संगीत संयोजन रहेको छ। गीतको म्युजिक भिडियोमा रचना न्यौपानेसहित अन्य कलाकारहरूको आकर्षक अभिनय देख्न सकिन्छ। **स्मृति तिमिल्सिना ‘गुरुआमा’**को निर्देशन तथा कोरियोग्राफीमा तयार गरिएको भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन नवीन घर्ती मगरले गरेका छन्। गुरुआमा फिल्म्सको प्रस्तुति रहेको उक्त गीत युट्युबमार्फत सार्वजनिक भएसँगै दर्शक तथा… पुरा पढौ

पालिकाको पुनरावलोकनबारे सांसद र राजनीतिक दलसँग छलफल

पोखरा, साउन ८ गाउँपालिका, नगरपालिका तथा वडाको संख्या, सिमाना हेरफेर र नगरपालिकाको वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड–२०८३ अनुसार गठित कास्की जिल्ला स्तरीय पुनरावलोकन अध्ययन समितिले सांसद तथा राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा समितिका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा तथा गण्डकी प्रदेश सभाका सांसद, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाबीच सुझाव संकलन गरिएको हो। अध्यक्ष पौडेलले सरकारबाट तोकिएको कार्यादेशअनुसार कास्कीका पालिका तथा वडासम्बन्धी सुझाव संकलन गरी प्रतिवेदन तयार गरिने बताउनुभयो। उहाँले स्थानीय तह, राजनीतिक… पुरा पढौ

लायन्स क्लबका पदाधिकारीबीच पहिलो सल्लाहकार समिति बैठक सम्पन्न

काठमाडौं, साउन ७ अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत जोनमा आबद्ध विभिन्न लायन्स क्लबका पदाधिकारीहरूको सहभागितामा डिष्ट्रिक्ट गभर्नरको प्रथम सल्लाहकार समिति बैठक सम्पन्न भएको छ। काठमाडौंको सामाखुसीमा आयोजित बैठकमा लायन्स क्लब अफ काठमाडौं मनामैजु, काठमाडौं रोजमेरी, काठमाडौं श्री मातृभूमि, काठमाडौं मनामैजु युथ तथा काठमाडौं सद्भावका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो। बैठकमा चालु लायन वर्ष २०२६–२७ का लागि तय गरिएका सामाजिक सेवा कार्यक्रम, सदस्यता विस्तार, नेतृत्व विकास, समुदायमुखी अभियान तथा क्लबहरूबीच समन्वय र सहकार्यका विषयमा… पुरा पढौ

सामाजिक सेवाको कदर : अर्जुन भुषाललाई ‘रोटरी हिरो अवार्ड’

चितवन सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएका सामाजिक अभियन्ता अर्जुन भुषाल यस वर्षको ‘रोटरी हिरो अवार्ड’ बाट सम्मानित भएका छन्। रोटरी क्लब अफ नारायणगढको आठौँ पदस्थापना समारोहका अवसरमा भुषाललाई नगद १५ हजार रुपैयाँ सहित उक्त सम्मान प्रदान गरिएको हो। भुषालले लामो समयदेखि समाजसेवा, मानव सेवा तथा विशेषगरी बेपत्ता भएका व्यक्तिहरूको खोजी, उद्धार र परिवारसँग पुनर्मिलन गराउने अभियानमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्। सामाजिक उत्तरदायित्वप्रतिको उनको समर्पण, अथक प्रयास र सेवाभावको उच्च मूल्यांकन गर्दै रोटरी क्लब अफ नारायणगढले उनलाई यस प्रतिष्ठित… पुरा पढौ

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालको एड्भाइजरी काउन्सिल बैठक सम्पन्न

चितवन, साउन ३ लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालले लायन वर्ष २०२६–२०२७ का लागि एड्भाइजरी काउन्सिल बैठक सम्पन्न गरेको छ। ‘Leading With Purpose’ भन्ने मूल नारासहित आयोजित बैठक आइतबार पर्यटकीय नगरी चितवनमा सम्पन्न भएको छ । बैठकमा डिष्ट्रिक्टका पूर्व तथा वर्तमान नेतृत्व, प्रमुख पदाधिकारी, क्लब अध्यक्ष तथा विभिन्न समितिका संयोजकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आगामी लायन वर्षका सेवा गतिविधि, सदस्यता विस्तार, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाका कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरिएको लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के… पुरा पढौ

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालको एड्भाइजरी काउन्सिल बैठक शुरू

चितवन, साउन ३ लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालले लायन वर्ष २०२६–२०२७ का लागि एड्भाइजरी काउन्सिल बैठक शुरू भएको छ । ‘Leading With Purpose’ भन्ने मूल नारासहित आयोजित बैठक आइतबार चितवनस्थित रिजेन्टा रिसोर्ट एन्ड स्पा बाई रिभरसाइडमा शुरू भएको छ। आगामी लायन्स बर्ष २०२६/२७ काे कार्यकाल सफलता पुर्वक सम्पन्न गर्ने उदेश्यले एडभाइजरी काउन्सिल बैठक शुरू भएको चिफ एडभाइजर मीनराज काफ्लेले बताए । पुरा पढौ

जन्मदिनमा बालबालिकासँग खुशी साट्दै नवराज अधिकारी, सेवाघरलाई नगद सहयोग

काभ्रे। जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई सामाजिक उत्तरदायित्वसँग जोड्दै युवा व्यवसायी, समाजसेवी, सञ्चारकर्मी तथा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ लायन नवराज अधिकारीले मानव कल्याण समाज बाल सेवा घरका बालबालिकासँग खुशी साट्दै भोजन गराउनुभएको छ। लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वरको आयोजनामा सम्पन्न कार्यक्रममा ५८ जना बालबालिकालाई भोजन गराइनुका साथै लायन अधिकारीले बाल सेवा घरलाई रु. ११ हजार १११ नगद सहयोग प्रदान गर्नुभएको थियो। जन्मदिनको अवसरमा सेवाघर पुगेर बालबालिकासँग समय बिताउँदै उहाँले माया, आत्मीयता र सद्भाव साट्नुभएको… पुरा पढौ

लायन्स क्लबको जोन बैठक सम्पन्न, सेवा र नेतृत्व विकासमा जोड

बागलुङ, साउन २ अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के अन्तर्गत बागलुङमा जोनस्तरीय बैठक सम्पन्न भएको छ। जिल्लाका विभिन्न लायन्स क्लबहरूको सहभागितामा आयोजित ‘डिस्ट्रिक्ट गभर्नरस् फर्स्ट एड्भाइजरी कमिटी मिटिङ’ मा सेवा, नेतृत्व विकास तथा क्लबहरूबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको हो। बैठकमा लायन्स क्लब अफ बागलुङ कालिगण्डकी, लायन्स क्लब अफ बागलुङ सिटिजन्स, लायन्स क्लब अफ बागलुङ युनियन तथा लायन्स क्लब अफ बागलुङ प्रोफेसनलका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा लायन्स लिडर काजीमान गुरूङ,दुर्गा कुवँर अनुप… पुरा पढौ