अर्थतन्त्र

भाइरल रत्नेचौर: पर्यटकको पर्खाइमा रानीपोखरी !

म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा रहेको बुढोपोखरीको पर्यटकको पर्खाइमा छ । दशकौं अगाडि गाई भैंसीलाई पानी खुवाउन र पौडिनका लागी निर्माण गरिएको उक्त पोखरीको स्तर उन्नति भए सँगै आकर्षण केन्द्र बन्न थालेको हो । आन्तरिक र बाह्य पर्यटकको उपयुक्त गन्तव्य स्थान बनाउनका लागि पोखरीलाई स्विमिङ पुल सहित केहि डुङ्गाहरुको समेत व्यवस्थापन गर्न लागिएको भानु माध्यमिक बिद्यालयका प्रधानाध्यापक भरत खत्रीले हिडन खबरलाई बताए । वडा कार्यालय अन्तर्गतको चालु आर्थिक वर्षको २ लाख बजेटमा उक्तकामको थालनी गर्न लागिएको हो… पुरा पढौ

शिव शिखर सहकारीले ल्यायो एटीएम सेवा !

बागलुङमा शाखा कार्यालय रहेको एक सहकारीले एटीएम सेवा सुरु गरेको छ । भक्तपुर जिल्लामा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बागलुङमा रहेको शाखामा एटीएम सेवा सुरु गरेको हो । फाल्गुन २ गते सोमबार एक कार्यक्रमका बीच बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल द्वारा एटीएम सेवाको उद्घाटन गरिएको हो । सहकारीमा आबद्ध ब्यक्तिहरुलाई सहज र सरल बैकिङ्ग सेवा दिने उदेश्य बागलुङमा एटीएम सेवा शुरू गरेको सहकारीका बागलुङ शाखा प्रमुख बिष्णु भुसालले बताए । भक्तपुरमा मुख्य कार्यालय रहेको सहकारी… पुरा पढौ

२० करोड लगानीमा लाल्टिन रिसोर्ट सञ्चालन !

बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरसले भएका उद्योग धन्दा तथा हाेटल रिसोर्ट बन्द हुँदै गइरहेको समयमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उदेश्यले पर्वतमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ। एकजना व्यावसायीले करोडौं लगानी गरेर मध्यपहाडी लोकमार्ग अन्तर्गत पाेखरा बागलुङ सडकको पर्वत जिल्लामा सुविधा सम्पन्न रिसोर्ट शुरू गरेका छन् । गण्डकी प्रदेशको पर्यटकिय नगरी पर्वतमा धौलागिरीकै आकर्षक एवं सुविधा सम्पन्न रिसोर्ट संचालनमा ल्याईएको हो । वैदेशिक रोजगारीका लागि झण्डै तीन दशक जापान बसेर फर्किएका बागलुङ नगरपालिका-३ निवासी प्रवेशकुमार राजभण्डारीले २० करोड लगानीमा… पुरा पढौ

शिक्षकलाई कर्मचारी सरह सेवासुविधा: शिक्षामन्त्री पौडेल

मन्दिप निउरेताराखोला माघ २४ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताउनुभएको छ । ताराखोला गाउँपालिकाद्वारा आज आयोजित शैक्षिक अन्तरक्रियामा उहाँले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गर्नुभयो ।“यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउछ”, मन्त्री पौडेलले भन्नुभयो, “अर्थ मन्त्रालय र अरु निकायसँग पनि समन्वय भइरहेको छ ।” कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भए पनि तह र सुविधा एउटै हुनुपर्ने मन्त्री पौडेलले बताउनुभयो । शिक्षकको वृत्ति विकासमा शिक्षा… पुरा पढौ

ताराखोलामा सञ्चालित १५ दिने सिपमुलक तालिम सम्पन्न

ताराखोला गाउँपालिका वडा नम्वर ५ मा गरीवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत स्तरोन्नति व्याग डिजाईन सम्बन्धि १५ दिने सिपमुलक तालिम सम्पन्न भएको छ । ताराखोला गाउँपालिकाको आयोजना तथा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आर्थिक सहयोगमा ताराखोला गाउँपालिका वडा नम्वर ५ मा गरीवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित तालिम शनिबार सम्पन्न भएको हो । कार्यक्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै आगामि कार्ययोजनाको लागि उद्यमिहरुलाई उत्पादनमा जोड दिन आग्रह गर्नुभएको… पुरा पढौ

बैंकहरुलाई राष्ट्र बैंकले किन दियो यस्तो निर्देशन ?

बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर बढाउन थालेपछि नेपाल राष्ट्र बैंकले ब्याज घटाउन नयाँ निर्देशन जारी गरेको छ । विभिन्न बैंकहरुले निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्‍याएपछि राष्ट्र बैंकले नियमनकारी एकीकृत निर्देशन जारी गरेको हो । यसले बैंकको ब्याजदरलाई अपेक्षित सीमामा राख्न मद्धत गर्ने राष्ट्र बैंकको विश्वास छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्ने बताएको छ । संस्थागत मुद्दती… पुरा पढौ

ढोरपाटनमा यस वर्षको सिकार खुला, सात नाउर र पाँच झारलको सिकार अनुमति

पर्यटकीय गन्तव्य बागलुङको ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ ।नेपालभन्दा विदेशमा बढी चर्चा हुने आरक्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यसपालि सात नाउर र पाँचवटा झारलको सिकार अनुमति दिएको छ । यहाँ कात्तिक २ देखि मंसिरसम्म सिकार पर्यटन जारी रहनेछ । अनुमति लिएरै सिकार खेल्न पाइने नेपालको एक मात्र आरक्ष ढोरपाटनमा गत वर्ष कोरोनाको कारण विदेशी पर्यटक सिकार खेल्न आएका थिएनन् । आरक्षले एक आर्थिक वर्षमा दुई याम असोज र कात्तिक तथा चैत र… पुरा पढौ

नेप्से परिसूचक ६० अङ्कले बढ्याे

आज शेयर बजार नेप्से परिसूचक ६० दशमलव ५६ अंकले बढेर २,५७१ दशमलव ६६ को विन्दुमा पुगेको छ । आज सबै उपसुचक बढेका छन् । आज सबैभन्दा धेरै फाइनान्स उपसुचक ५ दशमलव ८१ प्रतिशतले बढेको छ । आज दिनभरिमा २१७ वटा कम्पनीको ६१ करोड १ लाख ४१४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ९० लाख २८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ९ करोड ४८ लाख रुपैयाँको… पुरा पढौ

माछापुच्छ्रे एकता दुग्ध उत्पादक सहकारीको प्रथम अधिवेशन,अध्यक्षमा अधिकारी

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा रहेको माछापुच्छ्रे एकता दुग्ध उत्पादक सहकारी संस्था सञ्चालक समितिको अध्यक्षमा लेखनाथ अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । ‘हाम्रो प्रतिवद्धता सम्पुर्ण किसानहरुको एकता’ भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३, घाचोकको साविक वडाहरु ५,६,७,८ र ९ का अतिविपन्न, दलित तथा सिमान्तकृत किसानहरुको जीवनस्तर उकास्ने उदेश्यका साथ शुरु भएको सो सहकारीको प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले शनिबार अधिकारीको अध्यक्षतामा ११ सदस्सीय सञ्चालक समिति चयन गरेको हो । सहकारीको सचिवमा पदम नेपाल र लेखा समिति… पुरा पढौ

मुनाल सहकारीको १३औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा श्रेष्ठ निर्वाचित

पोखरा, १८ असोज । पोखराको नयाँबजारमा रहेको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन असोज १३ गते शुरु भई असोज १६ गते शनिबार सम्पन्न भएको छ । संस्थाको पाँचौं अधिवेशनबाट आगामी ४ बर्षका लागी नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । कार्यसमितिको अध्यक्षमा मगनलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन भने उपाध्यक्षमा डा. विष्णुप्रसाद चापागाईं, सचिवमा नारायणबहादुर थापा, कोषाध्यक्षमा रमेशकुमार पौडेल तथा कार्यसमिति सदस्यहरूमा तिलकबहादुर प्रधान, सुदर्शन न्हुच्छे प्रधान, डिलकुमारी पौडेल, मुक्तिनाथ अधिकारी, सन्तोषकुमार… पुरा पढौ