बागलुङ /बैंकर्स बागलुङको नेतृत्वमा सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेड बागलुङका शाखाका प्रबन्धक श्रीजय श्रेष्ठ चयन हनुभएको छ।
बुधवार बागलुङ बजारमा सम्पन्न बैंकर्स बागलुङको तेस्रो अधिवेशन बाट श्रेष्ठ सर्बसम्मत अध्यक्ष चयन हुनुभएको हो।
अधिवेशन बाट ११ सदस्यीय कार्यसमिति चयन गरेकाे छ। समितिको उपाध्यक्षमा सिटीजन्स बैंकका संजय घिमिरे, सचिबमा रास्ट्रिय वाणिज्य बैंकका बिमल पौडेल, सहसचिबमा प्रभु बैंकका अर्जुन शर्मा, कोषाध्यक्षमा कुमारी बैंकका रामु पाण्डे चयन हनुभएको छ।
समितिकाे सदस्यहरुमा, नेपाल बैंकका कृष्ण बहादुर कुंवर, एनआईसी एशिया बैंकका दिवाकर गौतम, प्राइम कमर्शियल बैंकका सपना शर्मा पन्त, गरिमा बिकास बैंकका नारायण हरि शर्मा, कामना सेवा बिकास बैंकका रोशन पौडेल र नबिल बैंकका सुरज भण्डारी चयन हनुभएको छ।
बागलुङ स्थित सम्पुर्ण बैंकका शाखा प्रबन्धकहरूको उपस्थिती रहेको उक्त अधिवेशनबाट निर्विरोध निर्वाचित नयाँ कार्यसमितिले तीन सदस्यीय सल्लाहकार समिति चयन गरेको छ। सल्लाहकार समितिमा बैंकर्स बागलूँगका निबर्तमान अध्यक्ष हेमराज शर्मा, पूर्ब अध्यक्ष दीपक शर्मा र संस्थापक सचिब सुदिप राजभण्डारी चयन भएको बैंकर्स बागलुङका नवनिर्वाचित सचिब बिमल पौडेलले बताउनुभयो ।
नवनिर्वाचित पदाधिकारी हरुलाई बैंकर्स बागलुङका सल्लाहकार सुदिप राजभण्डारी, दीपक शर्मा र निवर्तमान अध्यक्ष हेमराज शर्माले पदभार ग्रहण गराऊनु भएको थियो।