काठमाडौं /नेपालीहरूकाे महान चाड बिजया दशमी नजिकिदै गर्दा साझा यातायातले आम उपभोक्ताकाे माग पछि काठमाडौं बाट म्याग्दी बेनीमा बस सेवा शुरू गर्ने भएको छ ।
गण्डकी प्रदेशको पर्यटकीय जिल्लाकाे रूपमा परिचित म्याग्दी सदरमुकाम सम्म रात्री बस सेवा संचालन हुने भएको छ ।काठमाडौं बाट बुधबार म्याग्दी बेनीकाे लागि साझाकाे रात्री बस छुटेको साझा यातायात केन्द्रले जनाएको छ ।
साझाको रात्री सेवा असाेज ३ गते देखि म्याग्दी बेनी देखि काठमाडौं साँझ ६.१५ बजे मा संचालन हुने भएको छ ।काठमाडौं देखि म्याग्दी बेनी सम्मको बस भाडा ११५०/ – कायम गरिएको साझा यातायातले जनाएको छ ।
सरकारकाे लगानी रहेको साझा यातायात म्याग्दी जिल्लामा पुन संचालन हुदा खुशी लागेको सर्वसाधारणको लागि अरू निजी क्षेत्रकाे यातायात भन्दा साझा यातायात केही सस्तो भएको कारणले पनि केही राहत पुग्ने म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए । म्याग्दीमा साझा यातायात संचालन हुनु स्वागतयोग्य कुरा भएको अध्यक्ष श्रेष्ठले बताए ।
मर्यादित सार्वजनिक साझा यातायातले सस्तो, सुलभ, भरपर्दो, बिश्वासिलो, आरामदायी र समयबद्व ढंगले बेनी, मालढुङा, कुश्मा, पोखरा, काठमाण्डौको लागि बस सेवा संचालन भएको साझा यातायात म्याग्दीका संचालक भीमबहादुर श्रेष्ठले बताए ।
नेपालीहरूकाे महान चाड दशै नजिक आइरहेको समयमा
साझाले थपेको सेवाबाट दशैमा बसको टिकट नपाएर घर आउने नसक्नेलाई समेत यसले मद्दत गर्ने श्रेष्ठले बताए ।