
काठमाडौँ- सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेका छन्।
सूर्य थापा नेतृत्वको सहकारी ठगी प्रकरणमा छानबिन गर्न निर्देशन पाएपछि प्रहरीले आफ्नै संस्थाका पूर्वडिआइजी जोशीलाई पक्राउ गरेको हाे ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले जोशीलाई पक्राउ गरेको स्रोतले बतायो ।
कास्की जिल्ला प्रहरीको पत्रका आधारमा पक्राउ परेका जोशीलाई अनुसन्धानका लागि पोखरा पठाइने भएको छ ।
सहकारी ठगीका जाहेरीमा पुरक अनुसन्धान गर्न संसदीय छानविन विशेष समितिको सिफारिसका आधारमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपछि अन्यलाई पनि पक्राउ गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।












