
काठमाडौं /नेपालीहरूकाे महान चाड बिजया दशमी नजिकिदै गर्दा साझा यातायातले आम उपभोक्ताकाे माग पछि काठमाडौं बागलुङमा थप एकवटा बस थप गर्ने निर्णय गरेको छ ।
गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्रकाे रूपमा परिचित बागलुङ सदरमुकाम सम्म २०७४ सालदेखि एउटामात्र रात्री बस सेवा संचालन गर्दै आएकोमा यहीँ असाेज १ गतेदेखि थप एकवटा रात्री बस संचालन गर्ने भएको छ ।
साझाको रात्री सेवा असाेज १ गते देखि बागलुङ – काठमाडौं साँझ ५.३० र ६.३० मा संचालन हुने भएको छ ।काठमाडौं देखि बागलुङ सम्मको बस भाडा १०५०/ – कायम गरिएको साझा यातायातले जनाएको छ ।
बागलुङको आम उपभोक्ताकाे चाहना बमोजिम साझा यातायातले काठमाडौ देखि बागलुङ सम्म रात्री बस सेवा थप गरेकोमा साझा यातायात लाई धन्यवाद दिदै राष्ट्रिय उपभोक्ता मन्चले शुरू देखिनै नागरिकले भरपर्दो सुरक्षित यातायातकाे रूपमा लिएको साझा यातायात राेज्ने गरेको
अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए ।
नेपालीहरूकाे महान चाड दशै नजिक आइरहेको समयमा
साझाले थपेको सेवाबाट दशैमा बसको टिकट नपाएर घर आउने नसक्नेलाई समेत यसले मद्दत गर्ने अध्यक्ष श्रेष्ठले बताए ।












