बेरूजु शून्य बनाउन सफल स्वास्थ्य कार्यालय बागलुङका लेखा अधिकृत राजभण्डारी सम्मानित

-


     हिडन खबर    
     भाद्र २५ गते २०८१ मा प्रकाशित


बागलुङ भाद्र २५

बागलुङ ।सरकारी कार्यालय बेरूजु बढ्दै गएको बेला स्वास्थ्य कार्यालय बागलुङमा बेरूजु शुन्य बनाउन प्रभावकारी भुमीका खेलेको भन्दै स्वास्थ्य कार्यालय बागलुङका लेखा अधिकृत सुरेन्द्र जंग राजभण्डारी सम्मानित हुनु भएको छ ।

उत्कृष्ठ कार्य गरेको भनि सोमबार स्वास्थ्य कार्यालय बागलुङको वार्षिक समीक्षा गोष्ठीमा राजभण्डारीलाई गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठक, जिल्ला समन्वयका प्रमुख अमर थापा, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी र स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

राजभण्डारी विगत पाँच वर्षदेखि स्वास्थ्य कार्यालयमा कार्यरत छन् ।उनको पहलमा स्वास्थ्य कार्यालय बागलुङको बेरुजु सुन्य भएको छ ।

स्वास्थ्य कार्यालय प्रदेश स्तरीय कार्यालय भएदेखि बेरुजु सुन्य भएको हो । राजभण्डारी २०४३ सालमा निजामति सेवामा प्रवेश गर्नु भएको हो ।

यसै गरी स्वास्थ्य कार्यालयका कर्मचारी लिला जिसी पनि सम्मानित हुनु भएको छ ।

कार्यक्रममा विवाईसी बागलुङ र फेरम्यादलाई पनि सम्मान गरेको थियो ।

विवाईसी बागलुङका अध्यक्ष तोयनाथ गौतम र फेरम्यादका कार्यक्रम संयोजक गणेश बढुवालले सम्मान ग्रहण गर्नु भएको थियो ।