
५ असाेज काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित एस इन्सिटच्युट अफ म्यानेजमेन्ट कलेजकाे आयाेजनामा हुन गइरहेकाे नेपालको सबैभन्दा ठूलो इन्टर कलेज इभेन्ट ‘एस एक्सप्रेसन्स २०२४’को सव-इभेन्टहरु आजबाट राजधानीमा सुरु भएको छ ।
२८ सेप्टेम्बरमा भृकुटीमण्डपमा आयोजना हुने यस इभेन्टका लागि आजबाट विभिन्न १० वटा विधामा सव-इभेन्टहरु सुरु भएको हो ।
इन्टरटेन्टमेन्ट फोकस कार्यक्रम हो जसमा इन्डोर, आउटडोर, ग्रुप प्लस इन्डिभिज्युअल गरेर फरक-फरक प्रतिस्पर्धा हुने कार्यक्रमका मिडिया काेडिनेटर आभास राजभण्डारीले बताए ।
यस इभेन्टका लागि देशभरका कलेजबाट प्रतिस्पर्धीहरुले सहभागिता जनाएका छन् । आज पहिलो दिन, ब्यान्ड प्रतियोगिता भएको थियो । जसमा भोटिङका आधारमा छनोट हुने टप ३ ब्यान्डले २८ सेप्टेम्बरमा भृकुटीमण्डपमा हुने इभेन्टमा राष्ट्रिय स्तरका कलाकारहरु अभिष्कार केसी, श्रीगो, पहेलो बत्ती मुनी, सुसान्त घिमिरे, रचना दाहाल र जोन चाम्लिङ राईसँग पर्फम गर्ने मौका पाउने मिडिया काेडिनेटर राजभण्डारीले बताए ।
ब्यान्ड प्रतियोगिता मात्रै होइन, आगामी दिनमा नृत्य प्रतियोगिता, फेशन शो, टीभीसी/डीभीसी, स्टक सिमुलेसन, स्ट्रेस इन्टरभ्यू, किव्ज प्रतियोगिता, बहस प्रतियोगिता, फोटोग्राफी, चित्रकला प्रतियोगिता पनि हुनेछन् । जसमा पनि भोटिङकै आधार टप ३ छनोट हुने इभेन्टका अर्गानाइजर पायसमान बुद्धाचार्यले बताए ।
एस इन्सिटच्युट अफ म्यानेजमेन्ट नेपालको प्रमुख शैक्षिक संस्थाहरुमध्ये एक हो, जसले युवाहरुको प्रतिभा विकास गर्न र नवीनता र उत्कृष्टताको भावना जगाउन समर्पित रहँदै आएको छ ।
‘एस एक्सप्रेसन्स २०२४’ले पनि विद्यार्थीहरुलाई प्रत्येक्ष रूपमा सिक्ने,अगाडि बढ्ने र उत्कृष्टता हासिल गर्ने अवसरहरु प्रदान गर्ने कलेजले आशा गरेको छ ।









