अर्थतन्त्र

नेपाली बजारमा सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं, असोज २१ । नेपाली बजारमा सुनको मूल्य तोलामा रु ५०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु एक लाख ६१ हजारमा कारोबार भएकाेमा आजका लागि सुनको मुल्य रु एक लाख ६० हजार ५०० निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु एक हजार ९८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार ९८० निर्धारण भएको छ । पुरा पढौ

केयर चाइल्ड अर्फनेजमा लायन्स क्लब जुपिटरकाे सहयोग

काठमाडौं / हामी सेवा गर्छौं भन्ने उदेश्यका साथ गठन भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ काठमाडौं जुपिटरले नेपालीहरूकाे महान चाड बिजया दशमीकाे उपलक्ष्यमा भाेक लाई भाेजन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं बानेश्वर शान्तिनगरमा रहेको केयर चाइल्ड अर्फनेजमा खाध्य सामाग्री र कपडा एक कार्यक्रम गरि हस्तान्तरण गरिएको हाे ।१३ जना अनाथ टुहुराले आश्रय लिइरहेकाे ठाउँमा पुगेर सहयोग हस्तान्तरण गरेको लायन्स क्लब अफ काठमाडौ जुपिटरका चार्टर प्रिसिडेन्ट चुडामणिसुवेदीले बताए ।सहयोगी मनका धनी संघसंस्था र ब्यक्तिहरूकाे सहयोगमा चलिरहेको संस्थालाई सहयोग गर्न… पुरा पढौ

नव दुर्गाकाे तेस्रो दिन कालिका भगवती मन्दिरमा भक्तजनकाे घुइँचो       

बागलुङ असाेज १९ नेपाल कै प्रसिद्ध धार्मिक शक्ति पिठ कालिका भगवती मन्दिर बागलुङमा नव दुर्गाकाे तेस्रो दिन मन्दिर दर्शनार्थिकाे घुइँचो लागेको छ । रमणीय मनमाेहक जंगलको बिचमा अवस्थित मन्दिरमा टाढाटाढा भक्तजन भने आएपछि मन्दिरमा चहलपहल ह्वात्तै बढेको छ । हिन्दु धर्मावलम्बीले मान्ने दशै पर्वकाे शुरूवात संगै नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर बागलुङमा शनिबार पुजा र दर्शनको लागि भक्तजनहरू बिहानै देखि मन्दिरमा पुगेका छन् । गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङ नगरपालिका वडा नम्बर १ मा अवस्थित… पुरा पढौ

काठमाडौं देखि बागलुङ बरेङसम्म रात्री बस सेवा शुरू

नेपालीहरूकाे महान चाड बिजया दशमीकाे अवसर पारेर असोज १७ गते देखि काठमाडौं देखि बागलुङ कुस्मिसेरा हुँदै राङ्खानी बरेङ सम्म रात्रीसेबा बस संचालन भएको छ ।धाैलागिरि गण्डकी यातायात प्रालिले दैनिक रुपमा काठमाडौं देखि बरेङकाे लागि दिउसो ४ बजे बस छुटाउन शुरू गरेको प्रालिका अध्यक्ष उमेश केसीले बताए ।काठमाडौं देखि बागलुङको बरेङ सम्मको बस भाडा १ हजार ७ सय कायम गरिएको केसीले बताए । यात्रुहरूको सहजताकाे लागि टिकट बुकिङको लागि काठमाडौं नयाबसपार्क स्थिति धवलागिरी गण्डकी यातायातको टिकट काउन्टर बाट बागलुङ बरेङ्को बसको… पुरा पढौ

ढाेरपाटनका मेयर देवकुमार नेपाली कारागार चलान

बागलुङ , १५ असाेज । हजारौं बचत कर्ताकाे अरवाै रूपैयाँ अवचलन गरेर फरार रहेका  इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई जिल्ला अदालत बागलुङले आज भएको बहसबाट पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । १६ महिनादेखि फरार नेपालीलाई केन्द्रिय अनुसन्धान व्यूरोले शनिबार भारतबाट पक्राउ गरी नेपाल ल्याएर जिल्ला अदालत बागलुङमा सोमबार बुझाएको थियो । इजालश अधिृकत ऋषिराम रिजालका अनुसार नेपालीको बयान सोमबारनै सकिएको थियो । मंगलबार थुनछेक बहसपछि जिल्ला न्यायाधिस रमेशकान्त अधिकारीको… पुरा पढौ

बाढीपीडितका लागि माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिद्वारा दश लाख सहयोग

काठमाडौं, १४ असोज। नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरोपीडितका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ। नेकपा माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो समितिले सहयोग हस्तान्तरण गरेको हो। समितिका सचिव तिलक केसी र प्रवास कार्यालयका मुख्य सचिव टिबी पाठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दश लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो। सहयोग ग्रहण गर्दै अध्यक्ष प्रचण्डले पश्चिम उपमहादेशीय संगठन समितिलाई धन्यवाद दिनुभयो । उहाँले हिजो बसेको पदाधिकारी बैठकको निर्णयअनुसार आज केन्द्रीय राहत कोष स्थापना गरिएको उल्लेख… पुरा पढौ

माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग

काठमाडौं, १३ असोज । नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ । समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र संगठनका कार्यालय मुख्य सचिव टिबी पाठकले पाँच लाख रुपैयाँको चेक अध्यक्ष पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नुभएको हो । चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले एसिया संगठन समितिलाई सहयोगका लागि धन्यवाद दिनुभयो । बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिंदै उहाँले प्रवासको पार्टी कमिटीले पनि… पुरा पढौ

अविरल बर्षाले बिद्धुत पाेलमा क्षति खानेपानी वितरणमा समस्या

काठमाडौं / बिहीबार देखि परेको अविरल वर्षाका कारणचन्द्रागिरि नगरपालिका मातातिर्थ महादेवस्थान खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा संचालित खानेपानी ट्याङ्की वरिपरि रहेको बिद्धुतकाे पाेलमा क्षति पुग्न गएको छ । चन्दागिरि ७ महाँकालथानमा पहिरो जाँदा महादेवस्थान मातातीर्थ खानेपानी उपभोक्ता समितिको पाले घर, जेनेटर हाउस , पर्खाल र गेट लगायत भौतिक संरचनामा क्षति पुगेको समितिका काेषाध्यक्ष बिना राेकायले बताए । त्यस्तै अविरल बर्षाकाे कारण वनदेवी मन्दिर नजिकैको बिजुलीको पोल ढलेको कारण पम्प हाउसमा विद्युत आपूर्ति अवरुद्ध भएको राेकायले बताए । महाँकालथान र वनदेवीमा… पुरा पढौ

प्रतीक्षित चलचित्र ‘एक्टर: टेक वन’ को टिजर सार्वजनिक

काठमाडौं। आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा सुपरस्टार प्रदिप खड्काका विभिन्न चरित्रहरूलाई प्रस्तुत गरिएको छ भने अभिनेता राजबल्लभ कोइरालालाई स्टाइलिस लुक्समा इन्ट्री दिइएको छ । १ मिनेट २० सेकेन्ड लामो टिजरमा, अभिनेत्रीहरू आना शर्मा र दिव्या रायमाझीलाई प्रदिप खड्कासँग रोमान्टिक दृश्यहरूमा प्रस्तुत गरिएको छ, साथसाथै सम्बन्धको केही तनावपूर्ण स्थितिहरूलाई पनि चित्रण गरिएको छ । टिजरको अन्त्यमा देखिने दृश्य र राजबल्लभको संवादले यस चलचित्रमा केही… पुरा पढौ

सहकारीमा अरवाै ठगेर फरार रहेका देवकुमार नेपाली दिल्ली बाट पक्राउ

बागलुङ । हजारौं बचत कर्ताकाे अरवाै रूपैयाँ अबचलन गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले बताउनुभयो । उनका अनुसार पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइसकिएको छ । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो । बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन… पुरा पढौ