काठमाडौं – प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका छन् । निर्माताहरू थमनकुमार भण्डारी र मोती कार्कीले ‘एक्टर’ का निर्माता सम्राट थापा र उनकी कम्पनी डायस्पोरा इन्टरटेनमेन्टविरुद्ध काठमाडौं जिल्ला अदालतमा ‘अनुचित सम्वृद्धि’ मुद्दा दर्ता गरेका छन्। शुक्रवार जारी गरिएको प्रेस विज्ञप्तिमा, मुद्दा किनारा नलाग्दासम्म चलचित्र प्रदर्शन रोक्ने निर्णय गरिएको उल्लेख छ । विज्ञप्तिमा चलचित्र रिलिजको एक दिन अघि, माघ १५ गते, अदालतको आदेश आएपछि झन्डै ३ दिन प्रदर्शन स्थगित गर्नुपरेको उल्लेख गरिएको छ…
पुरा पढौ