काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा सपना, संघर्ष, प्रेम र धोका झल्किएको छ। विवाहको दृश्यबाट सुरु हुने टिजरमा विजय बरालले निभाएको पात्रको कोरिया जाने सपना, त्यस क्रममा बुवासँगको विवाद र काठमाडौंमा आफ्नै गाउँलेबाट ठगिनुको कथा समेटिएको छ। सपनाको पछाडि लाग्दा कसरी अलमलमा परिन्छ भन्ने यथार्थ टिजरमा देखाइएको छ। चलचित्रमा विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा र सुमन थापाको अभिनय छ।…
पुरा पढौ