पोखरा, १७ वैशाख जिल्ला समन्वय समिति कास्कीले माछापुच्छ्रे गाउँपालिकामा सञ्चालनमा रहेका लागत साझेदारीका योजनाहरूको अनुगमन गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकासँगको सहकार्यमा विभिन्न शीर्षकमा विनियोजित बजेटअन्तर्गत निर्माणाधीन योजनाहरूको अनुगमन गरिएको जिल्ला समन्वय समिति कास्कीले जनाएको छ। अनुगमन गरिएका योजनाहरूमा माछापुच्छ्रे गाउँपालिका–६ स्थित वडा कार्यालयको मर्मतसम्भार तथा कम्पाउण्ड निर्माण, बराह माध्यमिक विद्यालय भेडाबारीमा स्टेज निर्माण, कैलाश माध्यमिक विद्यालयमा पर्खाल निर्माण, वडा नं. ४ मा वडा कार्यालय तथा स्वास्थ्यचौकी मर्मतसम्भार, वडा नं. ३ स्थित शुक्लागण्डकी माध्यमिक विद्यालयको सभाहल निर्माण, मेघराज आधारभूत…
पुरा पढौ