बागलुङ, भदौ २४ । रसुवामा आएको प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि बागलुङ नगरपालिका–३ र ४ पाखाथरस्थित सरस्वती महिला विकास समिति ले रु ५१ हजार १०० सहयोग गरेको छ। समितिमा आबद्ध दिदीबहिनीहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समितिले जनाएको छ। प्राकृतिक विपद्का कारण प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सघाउ पुर्याउने उद्देश्यले रकम हस्तान्तरण गरिएको हो। समितिले विपद्को यस कठिन घडीमा आफ्नो सानो सहयोगले प्रभावित परिवारहरूमा धैर्य, साहस र आशा जगाउन मद्दत पुग्ने…
पुरा पढौ