अर्थतन्त्र

नवसाक्षर आमा समूहको देउसी–भैलोबाट ५१ हजार संकलन

बागलुङ । मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले नवसाक्षर आमा समूहले सञ्चालन गरेको देउसी–भैलो कार्यक्रमबाट हालसम्म ५१ हजार रुपैयाँ संकलन भएको छ। कार्तिक १९ गतेदेखि सुरु भएको कार्यक्रममा स्थानीय महिलाहरूको सक्रिय सहभागिता रहेको छ। देउसी–भैलोमार्फत संस्कृति संरक्षणसँगै सामाजिक एकता, आपसी सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्य रहेको समूहले जनाएको छ। समूहकी अध्यक्ष एलिजा थापाका अनुसार देउसी–भैलोबाट संकलित रकम सामाजिक तथा परोपकारी कार्यमा खर्च गर्ने योजना रहेको छ। आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति र परम्परा ओझेलमा पर्दै गइरहेको अवस्थामा… पुरा पढौ

अभावको भाष्यबाट सम्भावनाको सदुपयोगतर्फ

आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट वैदेशिक रोजगारीका लागि ८ लाख ३९ हजारभन्दा बढी श्रम स्वीकृति जारी भए। यसमा नयाँ र पुनःप्रवेश दुवै प्रकारका स्वीकृति समावेश छन्। त्यही वर्ष विप्रेषण आप्रवाह नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब २८ प्रतिशतको हाराहारीमा रह्यो। अर्कोतिर, देशको विद्युत् जडित क्षमता चार हजार मेगावाट नाघिसकेको छ, जबकि अधिकतम विद्युत् माग करिब २ हजार ५०० मेगावाटको हाराहारीमा छ। यद्यपि मौसमी उत्पादन भिन्नता र प्रसारण सीमाका कारण जडित क्षमताअनुसार वर्षभरि विद्युत् उपलब्ध हुँदैन। हामीसँग वर्षायाममा निर्यात गर्नुपर्ने बिजुली छ,… पुरा पढौ

तीन जनाको स्वरमा तिहार विशेष मौलिक देउसी–भैलो गीत सार्वजनिक

बागलुङ । शिक्षण पेसासँगै लोकसंगीतमा सक्रिय लोकगायक डिल्ली पौडेलको शब्द तथा लय सिर्जनामा तयार भएको तिहार विशेष मौलिक देउसी–भैलो गीत सार्वजनिक भएको छ। २०८३ सालको दीपावलीको शुभकामना सन्देशसहित तयार गरिएको गीतमा तारानाथ आचार्य, डिल्ली पौडेल र ललिता घर्ती मगरको स्वर रहेको छ। नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको गीतले तिहारको सांस्कृतिक महत्व, आपसी सद्भाव, प्रेम र भाइचाराको सन्देश प्रवाह गरेको छ। आधुनिक संगीतको प्रभाव बढ्दै गएको अवस्थामा मौलिक लोकसंस्कृतिलाई जीवन्त राख्न गीतले योगदान… पुरा पढौ

सुनौलो बागलुङद्वारा क्यान्सर पीडित थापालाई २० हजार सहयोग

बागलुङ । सुनौलो बागलुङ संस्थाले क्यान्सर रोगबाट पीडित जैमिनी नगरपालिका–१, सामरुम्टा निवासी चन्द्रकला थापालाई २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। थापाको उपचारमा केही राहत पुगोस् भन्ने उद्देश्यले संस्थाले उक्त रकम सहयोगस्वरूप हस्तान्तरण गरेको हो। संस्थाले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारका क्रममा आत्मबल र धैर्य कायम राख्नसमेत आग्रह गरेको छ। मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै संस्थाले गरेको सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।दुःख र संकटको समयमा गरिने सानो सहयोगले पनि पीडित परिवारमा ठूलो आशा… पुरा पढौ

लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मानवीय तथा सामाजिक सेवालाई अझ प्रभावकारी र परिणाममुखी बनाउने लायन्स लिडरहरूको प्रतिबद्धता काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । शनिबार काठमाडौंको सामाखुसीस्थित स्काई रेस्ट्रो एन्ड ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीसहित लायन्सका विभिन्न तहका नेतृत्वले पर्वहरूको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा पूर्व अन्तर्राष्ट्रिय निर्देशक बुर्लाकोटी, डिस्ट्रिक्ट ३२५ के नेपालका गभर्नर रमेश अधिकारी, फस्ट भाइस गभर्नर विष्णुहरि फुयाल, सेकेन्ड भाइस… पुरा पढौ

भोटेकोशी बाढीपीडित ६५ परिवारलाई लायन्सद्वारा जस्तापाता सहयोग

नुवाकोट । लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन (एलसीआईएफ) को आर्थिक सहयोगमा लायन्स इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका–८ का ६५ परिवारलाई रंगीन जस्तापाता वितरण गरेको छ। बाढीबाट प्रभावित परिवारको घर पुनर्निर्माण तथा आवास व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रत्येक परिवारलाई डेढ बन्डलका दरले जस्तापाता वितरण गरिएको हो। कार्यक्रममा मल्टिपल काउन्सिल चेयरपर्सन लायन केशर भण्डारी, डिष्ट्रिक्ट ३२५ आई नेपालका गभर्नर लायन सूर्यकुमार केसी, डिष्ट्रिक्ट एफ नेपालका गभर्नर लायन अजय खनाल, मल्टिपल डिष्ट्रिक्ट एडमिनिस्ट्रेटर लायन प्रद्युम्न पोखरेल, डिष्ट्रिक्ट आई… पुरा पढौ

सुनौलो बागलुङको देउसी–भैलो सुरु, संकलित रकम परोपकारी कार्यमा खर्च गरिने

बागलुङ । नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सुनौलो बागलुङ संस्थाले देउसी–भैलो कार्यक्रम सुरु गरेको छ। ‘संस्कृति जोगाऔँ, परम्परा बचाऔँ, हाम्रो पहिचानलाई जीवन्त राखौँ’ भन्ने सन्देशसहित बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा सञ्चालन हुने कार्यक्रमको उद्घाटन जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गर्नुभएको हो। कात्तिक २० गतेदेखि २७ गतेसम्म आठ दिन सञ्चालन हुने कार्यक्रममा देउसी–भैलोमार्फत मौलिक लोकसंस्कृतिको संरक्षणसँगै सामाजिक सद्भाव, भाइचारा र एकताको सन्देश प्रवाह गरिने संस्थाले जनाएको छ। देउसी–भैलोबाट संकलित रकम सामाजिक उत्तरदायित्वअन्तर्गत परोपकारी तथा… पुरा पढौ

शिक्षणसँगै कृषि कर्ममा रमाउँदै विद्याधर, केरा र अमिलो खेतीबाट लाखौँ आम्दानी

बागलुङ । शिक्षण पेसासँगै कृषि कर्मलाई पनि निरन्तरता दिएका जैमिनी नगरपालिका–१, कुश्मीसेरा डाँडाघरका विद्याधर आचार्य व्यावसायिक फलफूल खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन्। सुन्तलाचौर माध्यमिक विद्यालय, दमेकका प्रधानाध्यापक आचार्यले विद्यालयको जिम्मेवारीसँगै फुर्सदको समय खेतबारीमा बिताउँदै आएका छन्। शिक्षण पेसाको व्यस्तताबीच पनि कृषि कर्मलाई प्राथमिकता दिएका उनले केरा र अमिलो जातका फलफूल खेतीबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन्। परम्परागत खेतीसँगै व्यावसायिक कृषि उत्पादनमा जोड दिएका आचार्यले केरा र अमिलो जातका फलफूलका अतिरिक्त रैथाने बाली कोदो खेतीलाई समेत निरन्तरता… पुरा पढौ

मौलिक संस्कृति जोगाउँदै पर्वतमा देउसी–भैलो कार्यक्रम गर्दै दोहोरीगीत प्रतिष्ठान

पर्वत, कार्तिक २० । मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्दै आपसी सद्भाव तथा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, पर्वत शाखाले देउसी–भैलो कार्यक्रम आयोजना गर्ने भएको छ। तिहारको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रमले नेपाली समाजको मौलिक पहिचानका रूपमा रहेको देउसी–भैलो संस्कृतिको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने प्रतिष्ठानका अध्यक्ष सन्तोष सुवेदीले बताए। उनका अनुसार देउसी–भैलो मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक एकता, भाइचारा र सांस्कृतिक पहिचानको प्रतीकसमेत हो। पछिल्लो समय आधुनिकता र बदलिँदो… पुरा पढौ

जैमिनीमा भैलो खेल्दै ज्योति आमा समूह, संस्कृति संरक्षणमा महिला सक्रिय

बागलुङ । तिहारको अवसरमा बागलुङको जैमिनी नगरपालिका–१, कुश्मीसेरास्थित ज्योति आमा समूहले परम्परागत भैलो खेल्दै मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा सक्रियता देखाएको छ। समूहका महिलाहरूले परम्परागत भैलो गीत गाउँदै गाउँघर तथा टोलबस्तीमा पुगेर तिहारको रौनक थपेका छन्। आधुनिकता र प्रविधिको प्रभावसँगै मौलिक लोकसंस्कृति ओझेलमा पर्दै गएका बेला आमा समूहले परम्परागत भैलोलाई निरन्तरता दिँदै संरक्षणको सन्देश दिएको हो। भैलोले मनोरञ्जनसँगै सामाजिक सद्भाव, आपसी एकता र पुस्तान्तरणमा समेत योगदान पुर्‍याउने भएकाले यस्ता सांस्कृतिक गतिविधिको निरन्तरता आवश्यक रहेको समूहको सक्रियताले देखाएको छ। घरायसी… पुरा पढौ