खेलकुद

ब्रेकिङ बाउन्ड्रीज क्रिकेट : छात्रतर्फ कालिका र छात्रातर्फ बाराहीलाई उपाधि

असार १२, पोखरा पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउन्डेसन र एमसीसीको सहयोगमा पोखरामा सम्पन्न छैटौं ‘ब्रेकिङ बाउन्ड्रीज’ छात्र–छात्रा अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा छात्रतर्फ कालिका माध्यमिक विद्यालय र छात्रातर्फ बाराही माध्यमिक विद्यालयले उपाधि जितेका छन्। पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा कालिकाले जनप्रिय माध्यमिक विद्यालयलाई तथा बाराहीले कालिका माध्यमिक विद्यालयलाई पराजित गर्दै यस संस्करणको च्याम्पियन बन्न सफल भएका हुन्। प्रतियोगिताका विजेता खेलाडीहरूले ६० प्रतिशत छात्रवृत्तिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता टोलीले ४० प्रतिशत छात्रवृत्तिसहित ट्रफी, मेडल र प्रमाणपत्र… पुरा पढौ

खुला डुंगा दौड प्रतियोगिताको उपाधि फेवालाई

लेखनाथ — बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा बुधबार सम्पन्न छैटौँ संस्करणको खुला डुंगा दौड प्रतियोगितामा फेवा डुंगा व्यवसायी संगठनले उपाधि हात पारेको छ। महिला तथा पुरुष दुवैतर्फको प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो स्थानमा विजय हासिल गर्दै फेवाले उपाधि कब्जा गरेको हो।महिला तर्फ एक हजार मिटर दुरीको दौडमा फेवा डुंगा व्यवसायी समितिकी सन्तमाया जलारीको टोलीले २० मिनेट १६ सेकेन्डमा दुरी पार गर्दै प्रथम स्थान प्राप्त गर्‍यो। फेवाकै उषा गुरुङको टोलीले २० मिनेट ४९ सेकेन्डमा दुरी पार गर्दै द्वितीय स्थान हासिल गर्‍यो… पुरा पढौ

बेगनासतालमा छैटौं डुंगा दौड प्रतियोगिता हुँदै

लेखनाथ, जेठ २७ । बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा जेठ २७ गते लेखनाथस्थित बेगनासतालमा छैटौं संस्करणको खुला पुरुष तथा महिला डुंगा दौड प्रतियोगिता आयोजना हुने भएको छ। बेगनासतालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने, ताल क्षेत्रमा हुन सक्ने सम्भावित दुर्घटना तथा जोखिमबारे सचेतना फैलाउने, तालको महत्वबारे जानकारी गराउने तथा खेलकुदमार्फत आन्तरिक पर्यटक आकर्षित गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष नवराज बाँस्तोलाले जानकारी दिनुभयो। अध्यक्ष बाँस्तोलाका अनुसार पुरुषतर्फ बेगनासताल डुंगाघाटबाट रातोटुँडा र कँडेलटुँडाबीचको करिब दुई किलोमिटर… पुरा पढौ

बागलुङमा ‘बाहिनीपति ट्रफी’ खेलकुद प्रतियोगिता सुरु

बागलुङ, वैशाख २८ श्री नं २३ बाहिनी अड्डा बागलुङको आयोजनामा सोमबारदेखि ‘बाहिनीपति ट्रफी प्रतियोगिता–२०८३’ सुरु भएको छ। नेपाली सेनाको २३ नं बाहिनी अन्तर्गत रहेका गण तथा गुल्महरूको सहभागितामा प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ तथा निमित्त बाहिनीपति महासेनानी जयराम बानियाँले संयुक्त रूपमा गर्नुभएको थियो। प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, जुडो, बक्सिङ, तेक्वान्दो, स्विमिङ तथा एथलेटिक्स गरी आठ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा श्री नं ३२ बाहिनी अड्डा, कालिजंग गण बागलुङ, इन्द्रवक्स गण मुस्ताङ, गुरुगोरख… पुरा पढौ

प्रथम युवा फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं चैत २१ बागलुङ समाज कल्याण केन्द्रले समयमा समयमारचनात्मक गतिविधि गर्ने सिलसिलामा युवाहरूको चाहना र भावना अनुसार फुटसल खेलकाे आयोजना गरेर कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ समाज कल्याण केन्द्र बागलुङ युवा समुहद्वारा आयोजीत प्रथम फुटसल प्रतियाेगीता २०८२ शनिबार मनाङ मर्स्याङदि फुटसल ग्राउन्ड सामाखुशीमा सम्पन्न भएको छ । फुटसल प्रतियोगितामा प्रथम हुने टिमलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । कालीका माई टिम कप्तान सुमित प्रधान दृतिय हुने कालीगण्डकी टिम लाई मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगितामा ढाेरपाटन टिमले… पुरा पढौ

जेनेक्समा २८ गते गेमिङ प्रतियोगिता

पोखरा, २७ फागुन पोखराका गेमिङ पारखीलाई लक्षित गरी विशेष गेमिङ प्रतियोगिता आयोजना हुने भएको छ। आरओजी सटडाउन सिरिज नामक प्रतियोगिता बिहीबार पोखराको जेनेक्स प्लाजामा हुने कार्यक्रम तय भएको छ। नागमणि प्रालि र आसुसको सहयोगमा आयोजना हुने प्रतियोगितामा लोकप्रिय फुटबल भिडियो गेम ईए एफसी २६ मा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। सहभागीबीच रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरिएको जेनेक्स अटोमेसनका सञ्चालक नवीन पौडेलले जानकारी दिए। प्रतियोगितामा विजेताले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन्। गेमिङ क्षेत्रमा… पुरा पढौ

बागलुङमा तेस्रो स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिताको तयारी पूरा

बागलुङ माघ १२ बागलुङ एकता क्लबको आयोजनामा हुन लागेको तेस्रो स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता–२०८२ का सम्पूर्ण तयारी पूरा भएको क्लबले जनाएको छ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी क्लबले सार्वजनिक गरेको हो।  विगत तीन वर्षदेखि बागलुङ एकता क्लबका दिवंगत सदस्यहरूको स्मरणमा आयोजना हुँदै आएको यो प्रतियोगिता माघ १३ गतेदेखि १७ गतेसम्म बागलुङ नगरपालिका–१ स्थित बंगचौर खेलमैदानमा सञ्चालन हुने भएको छ। प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका गरी कुल ११ टिम सहभागी हुने खेल संयोजक स्वदेश बुढाथोकीले जानकारी दिनुभयो।  प्रतियोगिताको विजेता टिमले रु.… पुरा पढौ

बागलुङको जैमिनी महाेत्सवमा भलिबल प्रतियोगिता सम्पन्न

बागलुङको जैमिनी नगरपालिका–१, कुस्मि सेरामा जारी जैमिनी महोत्सवको पाँच दिन शुक्रबार भलिबल प्रतियोगिता तथा गीत–संगीत कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा कलाकार राजेश बर्देवा र शान्त रानी परियार वसन्त बास्तोला प्रस्तुति दिएका थिए । साथै लाइभ दोहोरी पनि आयोजना गरिएको थियो। कार्यक्रममा कलाकार लाेक दोहोरी गायिका समीक्षा अधिकारी मिठो प्रस्तुति, कृष्ण अखेलीको विशेष कार्यक्रम, सोहो डान्स तथा लाइभ दोहोरी समेत हुने साहारा क्लबले जनाएको छ। पुरा पढौ

जैमिनी महोत्सवको तेस्रो दिन बुधबार भलिबल प्रतियोगिता

बागलुङ माघ १ बागलुङको जैमिनी नगरपालिका–१, कुस्मि सेरामा जारी जैमिनी महोत्सवको तेस्रो दिन बुधबार भलिबल प्रतियोगिता तथा गीत–संगीत कार्यक्रम सम्पन्न भयो। बुधबारको कार्यक्रममा कलाकार राजन कार्की र सुनिता सुनारले प्रस्तुति दिएका थिए। साथै लाइभ दोहोरी पनि आयोजना गरिएको थियो। बिहीबार मूल समारोहको दिनमा चन्द्र ढकालद्वारा माघे संक्रान्ति मेलाको उद्घाटन हुने कार्यक्रम तय भएको छ। त्यस अवसरमा कलाकार रचना रिमाल, तेजेश रेग्मीको मिठो प्रस्तुति, कृष्ण अखेलीको विशेष कार्यक्रम, सोहो डान्स तथा लाइभ दोहोरी समेत हुने साहारा क्लबले जनाएको छ। पुरा पढौ

पोखरा सडक महोत्सवः दौड प्रतियोगिता सम्पन्न

पोखरा।पुस १५ पर्यटकीय राजधानी पोखराको लेकसाइडमा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा जारी २६ औँ संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दौड प्रतियोगिता सोमबार सम्पन्न भएको छ। प्रतियोगितामा पुरुषतर्फ बेञ्जन रेष्टुरेन्टका प्रशान्त रोका प्रथम, चिल्ली बारका अमर परिवार द्वितीय तथा बेञ्जनकै इमन थापाले तृतीय स्थान हासिल गरे। महिलातर्फ डुङ्गा रेष्टुरेन्टकी मोनिका नेपाली प्रथम, मोमोज रेष्टुरेन्टकी रितिका पौडेल द्वितीय तथा बेलिफ रेष्टुरेन्टकी आश्मी क्षेत्री मगर तृतीय भइन्। उनीहरूले नगद क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र पुरस्कार प्राप्त गरे। हलनचोकदेखि खहरेचोकसम्म… पुरा पढौ