समाचार

बागलुङमा प्राथमिक तह स्तरीय हस्तलेखन प्रतियोगिता सम्पन्न

बागलुङ /बालबालिकामा गरेको लगानी ल्याउछ सुन्दर विहानी भन्ने नारासाथ बालमैत्री नगर घाेषणाकाे कार्यनयनकाे लागि आयोजीत प्राथमिक तह स्तरीय हस्तलेखन प्रतियोगिता बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । बागलुङ नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने सन्दर्भमा बिद्यालय स्तरीय हस्तलेखन प्रतियोगिता आयोजना गरिएकाे कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ३ भित्रका सहभागी ९ वटा सामुदायिक र संस्थागत विद्यालयका बिद्यार्थीले हस्तलेखन प्रतियोगितामा सहभागी बनेका थिए । वडा बालमैत्री समिति तथा वडा बाल संजाल बागलुङ नगरपालिका ३ काे आयोजना बिद्यामन्दिर माध्यमिक बिद्यालयकाे समन्वयमा भएको प्रतियोगितामा प्रथम आदर्श विद्यामन्दिर… पुरा पढौ

साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रण गर्न जस्तोसुकै उपाय अपनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ, ६ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विपरित धार्मिक तथा सामाजिक सदभाव विगार्ने र साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तो सुकै उपाय अपनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले धार्मिक गतिविधिका नाममा साम्प्रदायिकता फैलाउन खोज्ने व्यक्ति तथा समूहलाई प्रचलित कानुन बमोजिम कानुनी कारबाही हुने स्पष्ट पार्नुभयो । सरकारले गृह मन्त्रालय र मातहत स्थानीय प्रशासनमार्फत धार्मिक तथा सामाजिक सदभाव बढाउन केन्द्रीय स्तर तथा प्रादेशिकस्तरमा समेत छलफलका कार्यक्रम सञ्चालन गरिहेको प्रधानमन्त्रीले… पुरा पढौ

टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, ६ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले टिकापुरमा जनधनको अपुरणीय क्षति भएको बताउनुभयो । “टिकापुर घटना एउटा दुखद घटना हो, जसमा जनधनको अपुरणीय क्षति हुन पुग्यो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरूको हकमा कानुन बमोजिम नै हुनेछ ।” कैद माफि मिनाहाको विषय पनि कानुन बमोजिम नै हुने उहाँले पष्ट पार्नुभयो । थारुलगायत आर्थिक तथा सामाजिक… पुरा पढौ

बागलुङमा सप्ताह ब्यापी रूपमा लागूऔषध दुरुपयोग ओसारपसार बिरूद्व अन्तर्राष्ट्रिय दिवस मनाइदै

बागलुङ । बागलुङमा लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस जनचेतनामूलक कार्यक्रमसहित ७ दिनसम्म मनाइने भएको छ । हरेक वर्ष २६ जुनमा विविध कार्यक्रम सहित लागूऔषध दुरुपयोग ओसारपसार बिरूद्व अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । विविध जनचेतनामूलक नारा र कार्यक्रमका साथ असार ६ देखि १२ गतेसम्म दिवस मनाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यक्रम अन्तर्गत लागू पदार्थ दुर्व्यसनी बिबरूद्व लडौं रोकथाममा जोड दिऔं भन्ने नारासाथ जनचेतनामूलक नाराहरू तय गरिएका छन् । पहिलो दिन लागू औषध नियन्त्रण सम्बन्धमा सरोकारवाला निकाय संग… पुरा पढौ

बागलुङ नगरपालिका वडा नम्बर ५ मा स्वास्थ शिविर

बागलुङ /नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाद्धारा बागलुङ नगरपालिका ५ मालिकामा सोमबार एक बृहत स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । शिविरमा मालिका माध्यमिक बिद्यालय र श्रीकृष्ण आधारभूत बिधालयमा कक्षा ६ देखी १२ सम्म अध्ययनरत १५० जना बिधार्थीहरुको रक्त समुह परिक्षण गरिएको थियो । शिविरमा १५२ जना जेष्ठ नागरिकहरुको मधुमेह परिक्षण तथा ३४१ जना व्यक्तिहरुको आँखा जाँच गरिएको थियो । आँखा जाँच गर्दा ६ जना जेष्ठ नागरिकहरुमा मोतिया बिन्दु देखिएको आयोजकले जनाएको छ । ९ जना जेष्ठ नागरिकहरुलाई थप उपचारको लागि… पुरा पढौ

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

काठमाडौं । सर्वोच्च अदालतकाे आदेशपछि चिकित्सा शिक्षा आयोगले झापास्थित बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले सर्वोच्च अदालतको आदेश अनुसार बीएण्डसीलाई चिकित्सा शिक्षा पढाउन सम्बन्धन दिने निर्णय गरेको हो । १२ चैत २०८० मा न्यायाधीशहरु कुमार चुडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईं सञ्चालक रहेको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएको थियो । गत १४ जेठमा सर्वोच्चले १५ दिनभित्र सम्बन्धन… पुरा पढौ

गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको कर्तव्य हो : प्रधामन्त्री

काठमाडौँ, ४ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वस्तुगत आवश्यकताका आधारमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको बताउनुभएको छ । चिकित्सा शिक्षा आयोगको बैठकलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार, विकास, विस्तार तथा नियमनमा आयोगबाट प्रभावकारी भूमिका निर्वाह हुनुपर्नेमा जोड दिनुभयो । “चिकित्सा शिक्षा प्रणालीले नवीनतम प्रविधि र अनुसन्धानलाई आत्मसात् गरी समय सापेक्ष ज्ञान र सीप प्रदान गर्नुका साथै शिक्षार्थीलाई मानवीय मूल्यहरू, नैतिकता र संवेदनशीलतामा प्रशिक्षित गरी एक आदर्श चिकित्सकको रूपमा स्थापित गर्न सक्नुपर्दछ,”… पुरा पढौ

द्वन्द्व प्रभावित महिला र बालिकाको आवश्यकता पहिचानका लागि बागलुङमा अभिमुखीकरण

बागलुङ / बागलुङ नगरपालिकाका जनप्रतिनिधिहरुलाई महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० को बारेमा नगरपालिका स्तरीय कार्ययोजन कार्यान्वयन समितिका पदाधिकारी एवं नगरकार्यपालिका बिच सो राष्ट्रिय कार्ययोजना सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । द्वन्द्वबाट पीडित तथा प्रभावित महिला र बालिकाको विशेष तथा समष्टिगत आवश्यकता पहिचानका लागि पहिलो पटक बागलुङ नगरपालिकामा अभिमुखीकरण गरिएको हो । महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० को प्रस्ताव कार्यान्वयनका लागि तीन… पुरा पढौ

ई नेपाल राेधी घरकाे प्रस्तुतीमा बसे है पालेदाइ” बजारमा

बागलुङ / इ नेपाल रोधीघर बाट अफिसियाल्ली गीतहरु प्रकाशन गर्ने क्रममा भर्खरै मात्रमा बसे है पालेदाइ" बाेलकाे लाेक दाेहाेरी गित बजारमा सार्वजानीक भएकाे छ । निकै माैलिकधारमा ल्याईएकाे गितकाे संगित बाल कुमार श्रेष्ठ र शब्द स्व.जयनन्द लामाले काेर्नेु भयकाे थियाे ।गितमा चर्चित कलाकारहरू गायक गायिकाहरू बद्री पंगेनी, चोलेन्द्र पौडेल, माया गुरुङ, सुमन परियार, रबि कार्की, श्याम राना, बाल कुमार श्रेष्ठ, सुमित्रा कोइराला, अस्मिता डल्लाकोटी र बालिका तामाङ को आवाज। रहेकाे छ भने चर्चित मोडल करिश्मा ढकाल र विजय पुन र… पुरा पढौ

औद्योगिक क्रान्तिमा परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ४ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गर्नुभएको छ । काठमाडौँमा हुने आजदेखि सुरु भएको ‘आइडिए (अन्तर्राष्ट्रिय विकास सङ्घ) २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउन आग्रह गर्नुभएको हो । “स्रोत, प्रविधि र लगानीको न्यायसंगत पहुँच प्रदान गरेर विकासको गतिमा चुनौतीहरू सामना गरिरहेका देशहरूलाई सहयोग गर्नुपर्छ,… पुरा पढौ