पुर्व गृहमन्त्री लामिछाने माथि दुर्ववहार नगरेको कास्की प्रहरीको जानकारी

-


     हिडन खबर    
     कार्तिक ११ गते २०८१ मा प्रकाशित


कास्की / जिल्ला प्रहरी कार्यालय कास्की हिरासतमा रहेका पुर्व गृहमन्त्री रवि लामिछाने माथि अनुसन्धानकाे क्रममा प्रहरी दुर्ववहार गरेको भनी बाहिर आएको खबर कपाेलकल्पित भएको भनी प्रहरी बिज्ञप्ती जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले केही दिन यता विभिन्न सामाजिक संजालहरूमा अनुसन्धानका क्रममा रहेका पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री माननीय रवि लामिछानेलाइ सहकारी ठगी ,संगठित अपराध ,तथा सम्पत्ति शुद्धीकरण सम्बन्धि मुद्दामा कार्तिक ८ गते म्याद थप गर्न सम्मानित जिल्ला अदालतमा उपस्थित गराउदा नेपाल प्रहरीका कर्मचारीले सम्मानित इजलासमा आदरार्थि
शब्द प्रयोग नगरेको इजलासमा हतियार सहित प्रवेश गरेको
धम्काएकाे जिल्ला प्रहरी हिरासतमा समेत दुर्ववहार गरेको भन्ने जस्ता भ्रामक झुठो र अनुमानमा आधारित कपाेकल्पित भ्रम पुर्ण बिचारहरू टिकटक लगायतका समाजिक संजालमा संप्रेसन भएको भन्दै जिल्ला प्रहरी कार्यालयकाे ध्यानाकर्षण भएको जनाएको छ ।

तथ्यहिन भ्रामक समाचार बाट जनमानसमा गलत सुचना संप्रेसन सन्देश प्रवाह हुने मुद्दाको तथ्य पुर्ण अनुसन्धानमा समेत नकारात्मक प्रवाह पर्ने हुदा तथ्यमा आधारित रहेर
मात्र सुचना सम्प्रेशन गर्न गराउन बिज्ञप्ती मार्फत अनुरोध गरेको छ ।

पुर्व गृहमन्त्री लामिछाने माथि बयान लिने क्रममा प्रहरीले दुर्ववहार गरेको अपशब्द प्रयोग गरेको भनेर केही संचार माध्यममा खबर प्रकाशित भएपछि कास्की प्रहरीले आज बिज्ञप्ती प्रकाशित गरेर त्यस्तो केही नभएको भनेर दाबी गरेको छ ।