करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

-


     हिडन खबर    
     कार्तिक ११ गते २०८१ मा प्रकाशित


बागलुङ ,कार्तिक ११
बागलुङ / जिल्ला प्रहरी कार्यालय बागलुङले जबर्जस्ती करणी मुद्दामा फरार रहेका एकजना प्रतिवादी लाई पक्राउ गरेको छ ।

सम्मानित सर्वोच्च अदालतकाे मिति २०७८ साल फागुन १८ गतेकाे फैसला आदेशले जबर्जस्ती करणी उद्योग मुद्दामा ३ बर्ष ६ महिना कैद सजाय ताेकिएकाेमा ३ बर्ष ५ महिना कैद
सजाय भुक्तानी गर्न बाकी रहि अहिलेसम्म फरार रहेका बागलुङ जिल्ला जैमुनी नगरपालिका ७ का रूद्र नाथ आचार्यलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

फरार प्रतिवादी आचार्यलाई कार्तिक १० गते शनिबार छिस्ति प्रहरी चाैकी बाट खटिएका प्रहरी टाेलीले जैमुनी ७ बाट पक्राउ अदालतकाे फैसला कार्यान्वयनकाे लागि जिल्ला अदालत कारागार चलान गरेको सुचना अधिकारी बिजय यादवले बताए ।