तिहार लगायत पर्वकाे अवसरमा पुर्व प्रधानमन्त्री दाहालको शुभकामना

-


     हिडन खबर    
     कार्तिक १५ गते २०८१ मा प्रकाशित


काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताका महान् पर्व तिहार, नेपाल संवत् ११४५, छठ, फाल्गुनानन्द जयन्ती, गुरु नानक जयन्ती लगायतका धार्मिक सांस्कृतिक चाडपर्वहरुको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएकाे छ ।

यी चाडपर्वहरुले नेपाली जनताका बीचमा आपसी एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पुर्याउँदै आएका छन् । विविधितायुक्त सांस्कृतिक एक्येबद्धता हामी नेपालीहरुको मौलिक पहिचान हो । सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास मुलुकको समृद्धिका आधार हुन् अध्यक्ष दाहालले भन्नुभएको छ ।

यो वर्ष बाढीपहिरोका कारण मुलुकले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको छ । यो संकटको अवस्थाबाट सम्हालिदै सबै नेपालीहरुले आफ्नो सांस्कृतिक पर्व मनाउने अवसरको सिर्जना होस् । म पुनः सबै दिदीबहिनी दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु भनेर अध्यक्ष दाहालले आफ्नो सन्देशमा भन्नू भएको छ ।