समाचार

बागलुङमा उल्लासमय होली (तस्बिर सहित)

बागलुङमा हर्षोल्लासकासाथ २०७८ सालको होली पर्व मनाइएको छ । बिहीबार बिहानैदेखि बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा सर्वसाधारण एकआपसमा भेला भई रंग खेलेर होलीको शुभकामना आदनप्रदान गरेका छन् । होलीको अवसरमा बागलुङ बजारमा विभिन्न कार्यक्रम समेत आयोजना गरिएको थियो । बजारको मुख्य सडक हल्लनचोकमा कालिका भगवति युवा क्लवले आयोजना गरेको म्युजिक कन्सर्टमा सयौं युवायुवतीहरुको सहभागी रहेको थियो ।तस्बिरमा म्युजिक कन्सर्ट: त्यस्तै बागलुङ बजारको देउराली चोकमा नेवारी परम्पराको जगेर्ना गर्ने उदेश्यले नेपाल भाषा मंका: खल बागलुङको आयोजनामा होली बिशेष शुभकामना आदानप्रदान कार्यक्रम… पुरा पढौ

स्वर्गीय पिताको स्मृतिमा डेढ लाख राशिको ‘घन-बल जेहन्दार छात्रवृत्ति अक्षयकोष’ स्थापना

बागलुङ नगरपालिका ३ रातामाटा स्थित धौलागिरि बीरेन्द्र माध्यमिक बिद्यालयमा डेढलाख राशिको अक्षयकोष स्थापना गरिएको छ । बिद्यालयमा ३० दशक सम्म सेवा गरेका स्वर्गीय पिता घनश्याम शर्मा र माता श्री बलावती शर्माको नाममा छोरा हिमाल शर्माले डेढलाख राशिको अक्षयकोष स्थापना गर्नुभएको हो । बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई छात्रवृत्ति दिने उदेश्यले स्थापना भएको 'घन-वल जेहेन्दार छात्रवृत्ति अक्षयकोष' बुधबार एक कार्यक्रमका बिच बिद्यालयलाई प्रदान गरिएको छ । जेहेन्दार बिद्यार्थीलाई सम्मान गर्दै कोषका संरक्षक शर्मा मातापिताको वार्षिक पुण्य तिथिमा कक्षा १२ मा सर्वोत्कृष्ट अंक ल्याउने… पुरा पढौ

ताराखोला गाउँपालिकाको अध्यक्षमा ३ दलका ५ आकांक्षी

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन झण्डै दुई महिना बाकी रहदै गर्दा स्थानीय तहको नेतृत्व हात पार्नका लागि यतिबेला राजनीति पार्टीका नेताहरू राजनीति जोडघटाउमा छन् । बागलुङको ताराखोला गाउँपालिकामा नेतृत्व गर्नका लागि वर्तमान गाउँपालिका अध्यक्ष प्रकाश घर्ती यसपटक पनि आकांक्षी रहेको हिडन खबरलाइ बताउनुभयो । ताराखोलामा थुप्रै विकास निर्माणका काम गरेको र कतिपय काम अझै अधुरो रहेको हुँदा त्यसलाई पूरा गर्न र ताराखोलालाई नमुना गाउँपालिका बनाउन आफु यसपटक पनि दोहोरीन चाहेको ताउनुभयो । यस्तै नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी… पुरा पढौ

बागलुङको बरेङ गाउँपालिका प्रमुखमा ३ पार्टीका ६ आकांक्षी

स्थानीय तहको निर्वाचनको लागि नेपाल प्रहरीले म्यादी प्रहरीको लागि बिज्ञापन खोलेपछि जिल्लामा निर्वाचन गतिविधि ह्वात्तै बढेर गएको छ । बागलुङ जिल्लाको ६ वटा गाउँपालिका मध्य दक्षिण भेगको बरेङ गाउँपालिकाको नेतृत्व गर्न मुख्य ३ राजनीतिक पार्टीका ६ जना आकांक्षी देखिएका छन् । अहिले गाउँपालिकाको नेतृत्व गरिरहनुभएका राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद पा‌डेल बैशाख ३० गते हुने निर्वाचनको लागि आफु आकांक्षी रहेको हिडन खबरलाई बताउनु भयो । ५ बर्षसम्म गाउँपालिका संचालन गर्दै गर्दा आफ्नो कार्यकालमा गरेका थुप्रै महत्त्वपूर्ण योजना पूरा गर्न बाकी रहेको कारणले… पुरा पढौ

कालञ्जर पर्वतमा बैशाख १ गतेदेखि विराट महायज्ञ हुँदै

पर्वतको जलला गाउँपालिकाको कालञ्जर पर्वतमा आगमी बैशाखमा धार्मिक महायज्ञ गरिने भएको छ । विभिन्न धर्म पुराणहरुमा वर्णन गरिएर पनि ओझेलमा परेको पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास गर्न कालञ्जर क्षेत्रमै नवबर्षारम्भ महायज्ञ आयोजना गर्ने तयारी गरिएको हो । दुईबर्ष पहिलेनै उक्त क्षेत्रमा विराट ज्ञान महायज्ञ आयोजना गर्ने भनिएपनि कोरोना महामारीको कारण महायज्ञ आयोजना हुन सकेको थिएन । आगामी बैशाख १ गतेदेखि ५ गतेसम्म महायज्ञ आयोजना गरिन लागिएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले… पुरा पढौ

गलकोट नगरपालिकाको प्रमुखमा एमाले र माओवादीका ८ आकांक्षी

स्थानीय तहको निर्वाचन बैशाख ३० गते एकै चरणमा हुने तयारी निर्वाचन आयोगले गरे लगत्तै बागलुङ जिल्लामा निर्वाचन गतिविधि ह्वात्तै बढेर गएको छ । जिल्लामा क्रियाशील प्रमुख राजनीतिकदलहरू चुनावी जोड घटाउमा ब्यस्त देखिन थालेका छन् । बागलुङ जिल्लाको ४ वटा नगरपालिका मध्यको गलकोट नगरपालिमामा नगर प्रमुख बन्नको लागि नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट जिल्ला संयोजक ज्ञामनाथ गैरे(अनिल), प्रदेश कमिटि सदस्य फमलाल निउरे, चन्द्रवहादुर थापा (शिखर), नगर अध्यक्ष तिकल उप्रेति, उपाध्यक्ष गंगा भुजेल र नगर सचिव चन्द्र रेग्मी आकांक्षी रहेका छन् । यस्तै… पुरा पढौ

जैमिनी नगरपालिकामा एमाले माओवादीका ४ आकांक्षी

स्थानीय तहको निर्वाचन बैशाख ३० गते एकै चरणमा हुने तयारी निर्वाचन आयोगले गरे लगत्तै बागलुङ जिल्लामा निर्वाचन गतिविधि ह्वात्तै बढेर गएको छ । जिल्लामा क्रियाशील प्रमुख जनीतिकदलहरू चुनावी जोड घटाउमा ब्यस्त देखिन थालेका छन् ।बागलुङ जिल्लाको ४ वटा नगरपालिका मध्य जैमिनी नगरपालिकाको नगर प्रमुख बन्न नेपाल कम्युनिस्ट पार्टी एमाले भित्र दुई जना आकांक्षी देखिएका छन् । जैमिनी नगरपालिकाका वर्तमान नगर उप प्रमुख लिला राना र एमाले जैमिनी नगर कमिटीका अध्यक्ष बद्री ढुंगाना यसपटक हुने स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदमा… पुरा पढौ

३२ लाख आर्थिक संकलन गर्दै रत्नेचौर धार्मिक महोत्सव सम्पन्न

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा आयोजित धार्मिक महोत्सवमा करिब ३२ लाख आर्थिक संकलन भएको छ । रत्नेचौर स्थित पदम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञमा ३१ लाख ७० हजार १०३ बराबर दान संकलन भएको मूल आयोजक समितिले जनाएको छ । लक्ष्मीहरि भगवानको २५ औं रजत जयन्ती तथा संस्थापकचार्य जगतगुरु अनन्त श्री विभूषित श्रीपराङ्कुशाचार्य यतिराज जीयर स्वामीजी महाराजको नाक्षत्र शताब्दीको अवसरमा आयोजित महायज्ञ सफल भएको मन्दिरका अध्यक्ष एवम् मुल आयोजक समितिका संयोजक नेत्रबहादुर महतले जानकारी दिनुभयो… पुरा पढौ

कोरोनाले स्वास्थ्यको पूर्वाधार विकास गर्न आवश्यकताको पहिचान गर्यो: राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कोरोना महामारीपछि नेपालको स्वास्थ्य क्षेत्रमा परिवर्तन आएको बताउनु भएको छ । धौलागिरि अस्पताल बागलुङमा सोमारदेखि सुरु भएको बृहत स्वास्थय शिविरको उद्घाटन गर्दै तिमिल्सिनाले कोरोनाले स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकास गर्न आवश्यकताको पहिचान गरेको बताउनु भयो । तिमिल्सिनाले अस्पतालमा डाक्टर नबस्नुका पछाडि लाखौं रूपैयाँ खर्च गरेर पढेका ब्यक्ति जिल्लामा आउन नचाहेको बताउनु भयो । गरिकको स्वास्थ्य सुधारका लागि पहिले वातावरण सुधार गर्नसके अस्पतालको खाँचो नहुने धारणा राख्नु भयो ।देशमा ठूलो राजनीति परिवर्तन भएपनि अझैसम्म कार्यक्रम गर्दा… पुरा पढौ

ढोरपाटन नगरपालिकाको नगर प्रमुखमा ३ राजनीतिक पार्टीका ६ जना आकांक्षी

स्थानीय तहको निर्वाचन आउन झण्डै दुई महिना बाकी रहदा स्थानीय तहको नेतृत्वमा पुग्नका लागि राजनीति पार्टीका नेताहरूको राजनीति डौडधुप र भेटघाट तिब्र हुदै जान थालेको छ । बागलुङका ४ वटा नगरपालिका मध्य पश्चिम क्षेत्रको ढोरपाटन नगरपालिकाको नगर प्रमुख बन्न एमालेका ढोरपाटन नगर अध्यक्ष ऋतु वर्ण पौडेल ,एमाले नेता लक्ष्मण पुन आकांक्षी रहेको हिडन खबर लाई बताउनु भयो । ढोरपाटन नगरपालिकामा वर्तमान नगर प्रमुख देवकुमार नेपालीले यसपटक नगर प्रमुख पदको लागि आकांक्षी नरहेको हिडन खबर लाई बताउनुभयो । यस्तै नेपाली कांग्रेस… पुरा पढौ