पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान गरेकै जहाज दुर्घटनामा

-


     हिडन खबर    
     माघ १ गते २०७९ मा प्रकाशित


पोखरामा आइतबार दुर्घटनामा परेको ९एन(एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो ।

२२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतीको यसै जहाजले डेमो उडान गरेको थियो ।

आज जहाज उडाइरहेका क्याप्टेन कमल केसी समेत अनुभवी पाइलट हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०ः२५ मा उडेको यो जहाज २५ मिनेटमा पोखरा अवतरण गर्नुपर्ने थियो ।

जहाज दुर्घटनाको कारण अझै नखुलेको त्रिभुवन विमानस्थलस्थित उद्धार तथा राहत केन्द्रले जनाएको छ ।