सहकारीका बजार प्रतिनिधिलाइ क्षमता अभिवृद्वि तालीम

-


     हिडन खबर    
     माघ ४ गते २०७९ मा प्रकाशित


मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी भन्ने नारा साथ बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे आयाेजनमा सहकारीका बजार बयवस्थापकहरूकाे क्षमता अभिवृद्वि सम्बन्धि दुई दिने तालिम बागलुङ सदरमुकाममा शुरू भएकाे छ ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड नेफ्स्कूनका संचालक तथा जिल्ला बचत संघका अध्यक्ष चण्डीप्रसाद शर्मा ,एभिन्युज टेलिभिजनका संवाददाता राजेशचन्द्र राजभण्डारी ,बचत तथा ऋण सहकारी संघका सन्जय कुमार श्रेष्ठले सहकारीका बजार प्रतिनिधिकाे काम र व्यवहार सहकारीका सदस्य मैत्री बनाउन सकेकाे खण्डमा मात्र सहकारीकाे वास्तविक मर्म र धर्म कायम रहने धारणा राखेका थिए । सहकारी संघसस्थाले आफ्नाे कर्मचारीलाइ सक्षम र क्षमतावान बनाउन सकेकाे खण्डमा मात्र सहकारीले राम्राे नतिजा दिन सक्ने हुदा यसतर्फ संचालककाे ध्यान जान जरूरी रहेकाे धारणा राखेका थिए । सहकारी संघसस्थाले आफ्नाे कर्मचारीलाइ सक्षम र क्षमतावान बनाउन सकेकाे खण्डमा मात्र सहकारीले राम्राे नतिजा दिन सक्ने हुदा यसतर्फ संचालककाे ध्यान जान जरूरी रहेकाे धारणा राखेका थिए । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड नेफ्स्कूनकाे प्राविधिक सहयाेगमा भएकाे तालिममा प्रशिक्षक उमेश काेइराला,नेफ्स्कूनका संचालक चण्डीप्रसाद शर्माले सहजीकरण गरेका थिए ।