
मालिका सेवा समाज बागलुङको आयोजनामा सामाजिक संघ संस्थाहरुबीच आन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ५ मा रहेका सामाजिक संघ संस्था बिच राम्रो सँग समन्वय हुन नसक्दा वडामा कतिपय सामाजिक काम दोहोरिने कतिपय महत्त्वपूर्ण काम छुट्न गएको कारणले त्यसलाई एकीकृत गरेर लैजाने उदेश्यले मालिका सेवा समाजले सामाजिक संघसंस्था बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।
सो अवसरमा बोल्दै विभिन्न संघ सस्थाका प्रतिनिधिले समाजका हरेक काममा मालिका सेवा समाजलाई सघाउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनिहरुले समुदायमा हुृने सामाजिक सेवा भावका हरेका काममा एक भएर लाग्नुको विकल्प नरहेको बताए । सामाजिक संघ संस्था गठन गर्दा समेत गाउँ घरमा राजनीति हुने गरेको कारणले पनि खोजेको परिवर्तन नभेटिएको कतिपयले धारणा राखेका थिए । कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर ५ का कार्यवहाक वडा अध्यक्ष बलराम सापकोटा, गैर सरकारी सस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा, नेपाल रेडक्रश सोसाइटी मालिका उपशाखा सचिब मातृका आचार्य,नवमालिका युवा क्लवका सह सचिव सन्तोष बोहोरा, मालिक आधारभूत विद्यालयका प्रअ नारायणप्रशाद गौतम,मौरिभीर सामुदायीक वन उपभोकता समितिका प्रतिनिधि शालिकराम सापकोटा, मालिका बहुउदेश्वीय सहकारी सस्थाका अध्यक्ष गोबिन्द सापकोटा, सिवाइसी साकोस मालिका सदस्य सेवा केन्द्र व्यवस्थापन तथा संचालन उपसमितिका संयोजक बलराम सापकोटा लगाएतले बोल्नु भएको थियो । मालिका सेवा समाजका अध्यक्ष जिवनाथ शर्माको अध्यक्षता कोषाध्यक्ष प्रकास केसीको स्वागत र सचिव खडानन्द सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । मालिका सेवा समाजले समुदायमा विभिन्न समस्यामा परेका नागरिक, जेष्ठ नागरिक, अपाङग, विपन्न वालवालिकाको क्षेत्रमा सहयोग गर्दे आएको छ ।














