बागलुङमा सहकारीका बजार व्यवस्थापकहरूको क्षमता अभिवृद्वि तालिम सम्पन्न

-


     हिडन खबर    
     माघ ५ गते २०७९ मा प्रकाशित


जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बागलुङको आयोजनमा बागलुङमा सहकारीका बजार व्यवस्थापकहरूको क्षमता अभिवृद्वि सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो ।
तालिममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारीमा कार्यरत बजार व्यवस्थापकहरूको सहभागिता रहेको थियो । तालिममा नेफ्स्कूनका संचालक चण्डीप्रसाद शर्मा पौडेल रनेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले सहकारीका मूल्य सिद्धान्त, बजार प्रतिनिधिको काम कर्तव्य र भुमिका, बजार प्रतिनिधिमा हुनुपर्ने गुणहरु, बजार व्यवस्थापन, बजार प्रतिनिधिले ध्यानदिनुपर्ने कुराहरु, बजारीकरणका सिप लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो । तालिम समापन कार्यक्रममा बोल्दै वडिगाड गाँउपालिका प्रमुख गण्डकी थापा अधिकारीले बजार प्रतिनिधि संस्थाको महत्वपूर्ण जिम्मेवारीमा र सदस्यको नियमित सम्पर्कमा रहने भएकोले उत्कृष्ठ कार्य सम्पादन गर्न तालिम फलदाही हुने बताउनु भयो । अधिकारीले बजार प्रतिनिधिले रकम संकलन गर्ने काम मात्र नगरी सहकारीको मुल्य मान्यता र सिद्धान्तबारे ज्ञानहासिल गरी सदस्यलाई सेवा दिनुपर्ने बताउनु भयो । कार्यक्रममा सहभागिको तर्फबाट तुला कुमारी आले, तुल्सीराम कँडेलले मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्ष र प्रवन्धक मनिषा घर्तीको संचालनमा सम्पन्न भएको थियो ।