सिवाइसी साकोस अर्धवार्षिक समिक्ष सम्पन्न, असार मसान्त सम्म संस्थाको कुल सम्पत्ति ३ अर्ब ६ करोड पु¥याइने

-


     हिडन खबर    
     माघ ४ गते २०७९ मा प्रकाशित


बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको अर्धवार्षिक समिक्ष सम्पन्न भएको छ । २०६६ सालमा स्थापना भएको सहकारीले बचत तथा ऋण सहित विविध सामाजिक क्रियाकलाप गर्दै आएको छ ।

संस्थाले पुस मसान्तसम्म २४ हजार ४ सय ७८ शेयर सदस्य, ४ हजार २ सय ८ बाल बचतकर्ता, ३९ करोड ७५ लाख ६२ हजार ८ सय शेयर पुँजी, १ अर्व ५१ करोड,६१ लाख ६ हजार ६ सय १९ बचत, १ अर्व ५३ करोड १२ लाख ऋण लगानी, ९ करोड ४५ लाख ५२ हजार १ सय १० जम्मा कोष र ७ करोड ६२ लाख ६९ हजार ७ सय ४४ दायित्व रहित कोष रहेको छ भने सस्थाको कुल सम्पती २ अर्व ८ करोड ३३ लाख ९१ हजार ४ सय ५० पुगेको । सहकारीले १ केन्द्रिय कार्यलय र २५ सेवा केन्द्रबाट १ सय ५ जना कर्मचारी मार्फत सेवा दिइरहेको छ ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडका व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकालले सहजिकरण गर्नु भएको थियो ।
आर्थिक वर्ष २०७९र०८० मा ३० हजार ९३ जना सदस्य संख्या पु¥याइने छ भने बालबचतकर्ता ३ हजार ७ सय १९ मा वृद्धि गरी ६ हजार ५ सय पु¥याइने लक्ष लिएको छ । संस्थाको कुल सम्पत्ति २ अर्व ४ करोडमा ५१ प्रतिशलते वृद्धि गरी ३ अर्ब ६ करोड पु¥याइने लक्ष लिएको छ ।

हाल बागलुङ, म्याग्दी र पर्वत जिल्लामा २५ वटा कार्यालयबाट सेवा प्रवाह भइरहेकोमा आगामी आर्थिक वर्ष भइरहको सदस्य सेवा केन्द्र अन्तर्गत रहेको सदस्यको वित्तिय तथा गैरवित्तीय सेवाको गुणस्तर अभिवृद्धि, कार्यालयको भौतिक तथा अन्य व्यवस्थापको स्तरोन्नती गर्दै जिल्लागत कार्यक्षेत्र थप गरी कास्की जिल्लामा समेत सेवा विस्तार गरिने भएको छ ।

संस्थाको सामाजिक उत्तरदायित्व, सदस्य सुरक्षा, सदस्य लाभ र सुविधा कार्यक्रमहरु अध्र्वदैहिक राहत, जेष्ठ नागरिक÷एकल महिला पेन्सन, सुत्केरी भेटघाट तथा पोषण सुविधा, जेष्ठ नागरिक औषधि उपचार सुविधा, दुर्घटना राहत सुविधा, आवास सुरक्षा सुविधा, शैक्षिक सुविधा, छात्रवृत्ति, जेष्ठ नागरिक तिर्थाटन, चौरासी पूजा, ब्रतबन्धमा भेटघाट, नयाँ दुलही स्वागत, ब्लड कलिङ सेवालाई प्रभावकारी रुपमा निरन्तरता दिइने छ । यस आर्थिक वर्ष देखि जेष्ठ नागरिक पेन्सन सुविधा स्वरुप पौष १ देखि लागु हुने गरि २५० थप गरि मासिक १ हजार २ सय ५० जेष्ठ नागरिक पेन्सन बापत उपलब्ध गराईने भएको छ । सहकारीले मोवाईल बैंकिङ,ए।टि।एम।सेवा,क्युआर कोड सेवा,ट्याबलेट बैकिङ सेवा,मिष्डकल बैंकिङ,इ–टेलर जस्ता डिजिटल प्रविधिमार्फत सेवाहरु सदस्यहरुलार्य सेवा दिएको सहकारीका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले बताउनु भयो । साकोसका २५ सेवा केन्द्रका सेवा केन्द्र प्रमुख,केन्द्रीय कार्यलयका विभागिय प्रमुख सहभागी गोष्ठीमा
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडका व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकालले सहजिकरण गर्नु भएको थियो ।