समाचार

गायिका आसा विसीले सुरु गरिन् वैवाहिक जीवनको नयाँ यात्रा,

संघर्षका दिन सम्झिँदै सार्वजनिक गरिन् भावुक स्टाटस बागलुङ । लोकदोहोरी तथा गायन क्षेत्रमा निरन्तर संघर्ष र मेहनत गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका आसा विसी वैवाहिक जीवनमा बाँधिएकी छन्। उनले जीवनसाथीसँग नयाँ जीवनयात्रा सुरु गर्न लागेको खुसी सामाजिक सञ्जालमार्फत भावुक स्टाटस लेख्दै सार्वजनिक गरेकी हुन्। गायिका विसीले आफ्नो सांगीतिक यात्राका संघर्ष, चुनौती, त्याग र मेहनतका दिन स्मरण गर्दै जीवनको नयाँ अध्यायबारे आफ्ना भावना व्यक्त गरेकी छन्। गायन क्षेत्रमा स्थापित हुन गरेको संघर्षलाई जीवनको अविस्मरणीय अनुभवका रूपमा उल्लेख गर्दै उनले… पुरा पढौ

राष्ट्रपति रनिङ शिल्डमा जनशिक्षित मावि अर्जेवाको अग्रता,

कुस्मिसेरा, मंसिर १२ । जैमिनी नगरपालिकामा जारी सातौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनशिक्षित माध्यमिक विद्यालय अर्जेवाले अग्रता कायम गरेको छ। मंसिर १२ गतेसम्म सार्वजनिक पदक तालिकाअनुसार जनशिक्षित मावि अर्जेवाले ७ स्वर्ण, ७ रजत र ९ कास्य गरी कुल २३ पदक जित्दै पहिलो स्थान हासिल गरेको हो। सर्वोदय जनक माध्यमिक विद्यालयले ७ स्वर्ण, २ रजत र ५ कास्य गरी १४ पदकसहित दोस्रो स्थान हासिल गर्दा राङखानी माध्यमिक विद्यालय ६ स्वर्ण, ५ रजत र १२ कास्य गरी २३ पदकसहित तेस्रो स्थानमा… पुरा पढौ

जिल्ला प्रशासन र प्रहरीद्वारा मानव सेवा आश्रमलाई कम्बल र खाद्यान्न सहयोग

बागलुङ । बागलुङ सदरमुकामस्थित मानव सेवा आश्रममा आश्रित असहाय तथा बेसहारालाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बागलुङले खाद्यान्न तथा न्यानो कपडा सहयोग गरेका छन्। जिल्ला प्रशासन र प्रहरी कार्यालयको संयुक्त पहलमा आश्रममा आश्रित आमाबुबा तथा दाजुभाइहरूलाई एक छाक भोजन गराउनुका साथै २० थान न्यानो कम्बल र एक कार्टुन खाने तेल प्रदान गरिएको हो। सहयोग हस्तान्तरणका क्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताउँदै आफ्नो क्षमताअनुसार सहयोग, माया… पुरा पढौ

ढोरपाटनमा ३७ खोप ढुवानीकर्तालाई एकदिने तालिम

बागलुङ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा ढोरपाटन नगरपालिकामा खोप ढुवानीकर्ताका लागि एकदिने तालिम सम्पन्न भएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सञ्चालित तालिममा ढोरपाटन, बडिगाड, तमानखोला र निसीखोला गाउँपालिकाका ३७ जना खोप ढुवानीकर्ताको सहभागिता रहेको थियो। खोप तथा खोपजन्य सामग्रीको सुरक्षित ढुवानी, फिर्ता र उचित व्यवस्थापन गर्ने सीप तथा क्षमता अभिवृद्धि गर्नु तालिमको मुख्य उद्देश्य रहेको कार्यालयले जनाएको छ। तालिममा खोप खेर जाने दर न्यूनीकरण, खोपजन्य फोहोरको उचित व्यवस्थापन तथा स्वास्थ्य सेवा प्रवाहका क्रममा हुन सक्ने संक्रमण नियन्त्रणका विषयमा समेत प्रशिक्षण… पुरा पढौ

पहिलो जितसँगै शान्ति माविको आत्मविश्वास बढ्यो, कबड्डी उपाधिमा बलियो दाबेदारी

बागलुङ । जैमिनी नगरपालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ अन्तर्गत सञ्चालित कबड्डी प्रतियोगितामा शान्ति माध्यमिक विद्यालयले पहिलो खेलमै जित हासिल गर्दै उपाधिमा बलियो दाबेदारी प्रस्तुत गरेको छ। पहिलो जितसँगै विद्यालयका खेलाडीहरूको मनोबल उच्च बनेको छ। खेलाडीहरूले मैदानमा देखाएको जोस, फुर्ती, शारीरिक क्षमता र सामूहिक समन्वयले टोलीलाई थप आत्मविश्वासी बनाएको छ। कबड्डीमा शारीरिक शक्ति, गति, रणनीति र सामूहिक तालमेल महत्वपूर्ण मानिन्छन्। विपक्षी टोलीको रणनीति बुझेर सही समयमा आक्रमण र प्रतिरक्षा गर्न सक्नु नै जितको आधार हो। शान्ति माविका खेलाडीहरूले यी पक्षमा… पुरा पढौ

पर्वतका बाढीपीडितलाई लायन्स क्लबद्वारा खाद्यान्न र न्यानो सामग्री वितरण

पर्वत । पर्वतको जलजला गाउँपालिका–स्थित फर्सेका बाढीपीडित परिवारलाई खाद्यान्न, कम्बल तथा म्याट्रेस वितरण गरिएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के (एमडी ३२५), नेपाल एलवाई २०२६/०२७ को आयोजना तथा लायन्स क्लब्स इन्टरनेशनल फाउन्डेसन (एलसीआईएफ) को सहयोगमा शुक्रबार राहत सामग्री वितरण गरिएको हो । एलसीआईएफको ग्रान्ट एएमआर २९३६४–३२५ के अन्तर्गत सञ्चालित कार्यक्रममार्फत बाढीबाट घरबारविहीन भएका परिवारलाई खाद्यान्न, न्यानो कम्बल र म्याट्रेस प्रदान गरिएको आयोजकले जनाएको छ । विपद्बाट प्रभावित परिवारलाई राहत पुर्‍याउँदै दैनिक जीवनयापनमा सहजता ल्याउने उद्देश्यले सामग्री वितरण गरिएको हो… पुरा पढौ

राष्ट्रपति रनिङ शिल्डमा पदकका लागि विद्यालयबीच प्रतिस्पर्धा, राङखानी मावि शीर्ष स्थानमा

बागलुङ । जैमिनी नगरपालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ मा पदकका लागि विद्यालयबीच कडा प्रतिस्पर्धा देखिएको छ। सार्वजनिक पदक तालिकाअनुसार राङखानी माध्यमिक विद्यालयले अग्रता कायम गरेको छ। प्रतियोगितामा राङखानी माविले ३ स्वर्ण, १ रजत र २ कांस्य गरी ६ पदक जित्दै पहिलो स्थान हासिल गरेको छ। त्यस्तै जनशिक्षित माध्यमिक विद्यालय, अर्जेवाले २ स्वर्ण, १ रजत र १ कांस्य गरी ४ पदकसहित दोस्रो स्थान ओगटेको छ।यस्तै सुन्तला चाैर माध्यमिक बिद्यालयले २ स्वर्ण सहित तेस्रो स्थानमा रहेको छ । जैमिनी नगरपालिकाको आयोजनामा… पुरा पढौ

जैमिनीमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, नगरप्रमुख पुनद्वारा उद्घाटन

खेलाडीलाई आत्मविश्वासका साथ उत्कृष्ट प्रदर्शन गर्न नगरप्रमुख पुनको आग्रह बागलुङ । बागलुङको जैमिनी नगरपालिकामा नगरस्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। नगरपालिकाभित्रका १० विद्यालयका विद्यार्थी सहभागी प्रतियोगिताको उद्घाटन नगरप्रमुख नरबहादुर पुनले गर्नुभएको हो। उद्घाटन समारोहमा नगरप्रमुख पुनले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्ने बताउनुभयो। उहाँले हारजितलाई सामान्य रूपमा लिँदै आत्मबल बढाएर आफ्नो क्षमताअनुसार उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई आग्रह गर्नुभयो। नगरपालिकाका उपप्रमुख हरिहर शर्माले सबै विद्यालयको सहभागिताले प्रतियोगिताको महत्त्व बढाएको उल्लेख गर्दै… पुरा पढौ

जैमिनीमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, १० विद्यालयका विद्यार्थी सहभागी हुने

बागलुङ । बागलुङको जैमिनी नगरपालिकामा नगरस्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्र बारदेखि सुरु हुने भएको छ। मंसिर ११ देखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाभित्रका १० वटा विद्यालयका विद्यार्थी सहभागी हुनेछन्। विद्यार्थीमा रहेको खेल प्रतिभाको पहिचान, खेलकुदको विकास तथा प्रतिस्पर्धात्मक भावनाको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा छात्र तथा छात्रा भलिबल, कबड्डी, तेक्वान्दो, दौड, रिले दौड, त्रिपल जम्प, हाइजम्प, लङजम्प, ज्याभलिन थ्रो र सटपुटलगायतका खेल समावेश गरिएको छ। मंसिर ११ गते तेक्वान्दो, छात्रा भलिबल तथा १००,… पुरा पढौ

छनोटका लागि जैमिनीमा विद्यार्थीबीच आन्तरिक प्रतिस्पर्धा

बागलुङ । विद्यार्थीमा लुकेर रहेको प्रतिभा पहिचान तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बागलुङको जैमिनी नगरपालिकामा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ। जैमिनी मेलमिलाप नगर बाल समूह सञ्जालको आयोजनामा विभिन्न विद्यालयका विद्यार्थीबीच आन्तरिक प्रतिस्पर्धा सञ्चालन गरिएको हो। एकीकृत सेवा कार्यालय बागलुङले आगामी मंसिर १४ र १५ गते आयोजना गर्ने जिल्ला स्तरीय प्रतियोगितामा जैमिनीबाट सहभागी हुने विद्यार्थी छनोट गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतिस्पर्धामार्फत विद्यार्थीको क्षमता, सिर्जनशीलता र प्रस्तुति मूल्याङ्कन गरी उत्कृष्ट विद्यार्थी छनोट गरिनेछ। छनोट भएका विद्यार्थीले जिल्ला… पुरा पढौ