काठमाडौं, असोज २५ । लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालले पूर्णदृष्टि तथा आँखा उपचार केन्द्रसँगको सहकार्यमा १६० जनाको निःशुल्क आँखा जाँच गरेको छ। ‘दृष्टि बचाऔँ, उज्यालो भविष्य बनाऔँ’ भन्ने नारासहित लायन्स इन्टरनेसनलको आह्वानमा ज्ञानकुञ्ज सेकेन्डरी स्कुलमा आयोजित शिविरमा विद्यार्थी तथा शिक्षकशिक्षिका गरी १६० जनाको आँखा परीक्षण गरिएको हो। क्लबका सचिव लायन पुष्पाञ्जली वाग्लेको संयोजकत्वमा सम्पन्न शिविरमा डिस्ट्रिक्ट सचिव लायन गणेश जिसी, लायन महाप्रसाद पाण्डे, लायन मिनराज काफ्ले, क्लबका संस्थापक अध्यक्ष लायन राजनप्रसाद काप्री, लायन इन्द्र भट्ट, लायन किरण थापा…
पुरा पढौ