समाचार

गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम शीर्ष नेताहरुको हातमा

काठमाडौ / नयाँ सत्ता गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदा कार्यदलले शीर्ष नेताहरुलाई बुझाएको छ । कार्यदलले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा आयोजित संयुक्त भेटघाटमा न्यूनतम कार्यक्रमको मस्यौदा बुझाएको छ । गठीत १० सदस्यीय कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार गरेको हो । कार्यदलमा नेकपा एमालेकाे तर्फबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रकाे तर्फबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीकाे तर्फबाट उपसभापति डा. स्वर्णिम वाग्ले र महासचिव डा. मुकुल ढकाल… पुरा पढौ

विश्वमञ्चमा नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन् : प्रधानमन्त्री

चैत्र ३, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"ले विश्वका विभिन्न मुलुकमा गएर राम्रो प्रगति पनि गरिरहेको बताउनुभएको छ। शनिबार बिहान काठमाडौंमा आयोजित "प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म" नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, "विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन्। त्यहाँ गएकामध्ये कैयौं नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन्। त्यसको उदाहरण डा. सूर्य सुवेदी पनि हो।" प्राडा सूर्य सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि… पुरा पढौ

तेस्रो हप्तामा ‘अगस्त्य च्याप्टर १’, दर्शक भन्छन्- फिल्म गज्जब लाग्योकाठमाडाैं ।  दर्शकको उच्च साथ सहित फिल्म ‘अगस्त्य च्याप्टर १’ तेस्रो सातामा प्रवेश गरेको छ । दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएसँगै यो फिल्मले दोस्रो हप्ताको शोलाई यथावत् राख्दै तेस्रो सातामा प्रवेश गरेको हो ।

प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको फिल्मको दोस्रो सातामा कम शोहरु भए पनि तेस्रो सातामा दर्शकको चाप भने घटन दिएको देखिँदैन । फिल्मले पाएको शोजमा दर्शकको अकुपेन्सी सुखद रहेको छ । फागुनको १८ गतेबाट प्रदर्शनमा आएको एक्सन–थ्रीलर फिल्म ‘अगस्त्य’को उच्च ‘वर्ड अफ माउथ’ले व्यापार पनि उत्साहजनक निरन्तरता पाइरहेको छ । विशेषगरी फिल्मको दिवा र रात्रि शोजमा दर्शकको चाप उच्च रहेको छ भने कति शोज हाउसफुल भइरहेका छन् । फिल्मको यही हिसाबको अकुपेन्सी अनुपात हेर्दा ‘अगस्त्य’ले भोलीका दिनबाट यो यात्रालाई अझै… पुरा पढौ

कालीका भगवती गुठीको फागुन महिनाको हिसाब सार्वजनिक

बागलुङ / नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गरेको छ । कालिका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले हरेक हिसाबकिताब सार्वजनिक गर्ने कार्यक्रम अन्तर्गत फागुन महिनामा भएको एक महिनाको आम्दानी खर्चको हिसाब सार्वजनिक गरेको हाे । कालीका भगवती गुठीका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको शुक्रबारको बैठकमा फागुन महिनामा ३५ लाख ११ हजार ५ सय ३५ रूपैयाँ आम्दानी र खर्च तर्फ २७ लाख ३६ हजार ८ सय ९० रूपैयाँ भइ… पुरा पढौ

मालिका पुर्व बिद्यार्थी मन्चकाे तेस्रो साधारणसभा सम्पन्न

बागलुङ / मालिका पुर्ब विद्यार्थी मञ्च बागलुङको तेस्रो बार्षिक साधारण सभा एक कार्यक्रम बिच बागलुङ नगरपालिका ५ मालिकामा सम्पन्न भएको छ । सोहिअबसरमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बागलुङ शाखाबाट विद्यार्थीका लागि झोला साथै BYC बागलुङ बाट सरसफाइ सामाग्री सहयोग स्वरूप प्राप्त साे सामाग्री मालिका आधारभुत विद्यालयमा बितरण गरिएकाे थियो ।आजै गरियको चित्रकला प्रतियोगितामा सहभागीभै बिद्यार्थी पुरस्कृत भएका थिए । साधारणसभामा बागलुङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हरिप्रसाद शर्मा रेग्मी , नेपाल रेडक्रस साेसाइटीका उपसभापति राजेन्द्र आचार्य ,मालिका माध्यमिक… पुरा पढौ

जलवायु परिवर्तनका अवसर सम्बोधन गर्न बृहत रणनीति आवश्यक : प्रधानमन्त्री

काठमाडौँ, १ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गासिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि बृहत रणनीति आवश्यक पर्ने बताउनुभएको छ । ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समुदायमा बढ्दो रोग, कुपोषण, प्रदूषण र प्राकृतिक प्रकोपहरूबाट उत्पन्न हुने जलवायु परिवर्तनका असर कम गर्नका लागि त्यस्तो रणनीतिको आवश्यकता औंल्याउनुभएको हो । “यी चुनौतीहरूले मानव स्वास्थ्य र वातावरणलाई अन्योलतातर्फ धकेलेको छ,… पुरा पढौ

कान्तिपुर सिनेमाजमा नेपाली फिक्सनइन्डी फिल्म मेकरको लागि स्ट्रिमीङ्ग प्लेटफर्म कान्तिपुर सिनेमाज

काठमाडौं । कान्तिपुर सिनेमाज इन्डिपेन्डेन्ट फिल्म मेकरहरुको लागि फिल्म रिलिज गर्ने एउटा उपयुक्त वैकल्पिक प्लेटफर्म बन्न थालेको छ । ‘मदर’, ‘मुखिया’, ‘रितु’, ‘खरानी’, ‘पँखेटा’लगायत इन्डिपेन्डेन्ट फिल्महरूको स्ट्रिमीङ्ग गरिरहेको ओटीटी प्लेटफर्मले आजबाट अर्को इन्डी फिल्म ‘नेपाली फिक्सन’को स्ट्रिमीङ्ग सुरु गरेको छ ।एक ग्याङ्गस्टारको घरमा लागुऔषधको समान पुर्‍याउन गएका दुई चोरबिच हिस्सा बाँडफाँडको बेला भएको मनमुटाव र लालचबाट निम्तिने अन्तरद्वन्द्वलाई फिल्ममा कमेडी शैलीमा प्रस्तुत गरिएको छ । फिल्मको गत फागुन २ गते काठमाडौँस्थित विश्व ज्योति हलमा प्रिमियर गरिएको थियो । प्रिमियरमा ‘नेपाली फिक्सन’ले… पुरा पढौ

बागलुङको आदर्श बिद्यामन्दिरमा स्मार्ट टिभी मार्फत प्राविधिकमैत्री शिक्षा

बागलुङ सदरमुकाममा रहेको एक निजी बिद्यालयले बिद्यार्थीलाइ बिद्यालयमा समय अनुसार जिल्लामै पहिलोपटक प्रविधिमैत्री स्मार्ट टिभीबाट पठनपाठनको शुरू गरेकाे छ । पुरस्कार वितरण एवम् अभिभावक अभिमुखीकरण कार्यक्रममा बागलुङ नगरपालिका नगर शिक्षा अधिकारीधनप्रसाद पाेखरेलले प्रविधिम‌ैत्री स्मार्ट टिभीकाे उद्घाटन गर्दैप्रविधिमैत्री प्ले ग्रुपदेखि कक्षा १२ सम्म स्मार्ट टिभीबाट पठनपाठनको शुरू हुन सकारात्मक भएको यसले बिद्यार्थीमा पढ्नकाे लागि राम्रो वातावरण सृजना गर्ने बताउनु भयो ।अव हाम्रो शिक्षा प्रविधिमैत्री मात्र बनाएर नपुग्ने हुदा ब्यवहारिक बनाउन जरुरी भएको पाेखरेलले बताउनुभयो । हामीले बिद्यार्थीलाइ नैतिक शिक्षा दिएर समाजमा… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

काठमाडौँ, ३० फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा आज भएको मतविभाजनमा कूल २६८ मध्ये विश्वासको पक्षमा १५७ मत प्राप्त गर्नुभएको छ भने विपक्षमा ११० मत परेको छ । मत दिन्न भन्नेमा एक मत परेको छ । नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), जनता समाजवादी पार्टी, नेकपा(एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीका सांसद एवं स्वतन्त्र सांसदले विश्वासको मतको पक्षमा मतदान गर्नुभएको छ । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको… पुरा पढौ

विश्वासको मतको पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती : प्रधानमन्त्री

काठमाडौँ, ३० फागुन ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतका विषयमा पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती भएको बताउनुभएको छ । विश्वासको मत लिने क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सदनमा भएको बहसले लोकतन्त्रलाई सजीव तुल्याउने विश्वास व्यक्त गर्नुभयो । “सबै राजनीतिक दललाई गठबन्धन गर्न छुट छ, जनताको पक्षमा जे फाइदा हुन्छ, त्यही गर्ने हो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सबै दललाई जनताको पक्षमा उभिन आग्रह गर्दछु, राजनीतिक बुझाइअनुसार जनताको पक्षमा गठबन्धन बनाउने हो, त्यो सबैलाई स्वतन्त्र छ ।… पुरा पढौ