सामुदायिक बिद्यालयका बिद्यार्थीलाइ ड्रेस सहयोग

-


     हिडन खबर    
     जेठ १६ गते २०८१ मा प्रकाशित


बागलुङ / आफु गाउमै जन्मे हुर्केर गाउकै बिधालयमा अध्यन गरेको स्मरण गर्दै आफ्नै गाउको बिधालयमा केही सहयोग गरौ भन्ने भावनाका साथ बागलुङको एक सामुदायिक बिद्यालयमा सहयोग गरेको छ ।

बागलुङ हाल काठमाडौको एलआरआइ स्कुलका इभ्यालेसन अफिसर शान्ता शर्माले आफ्नो दैनिक खाजा कटौती गरि श्री जनचेतना प्राथामिक बिधालय बानपा १२ अमलाचौरका ३० जना बिथार्थीहरू लाई करिब ६० हजार बराबरको सहयोग गर्नुभएको छ ।

शर्माले बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाइ स्कुल स्पाेर्ट ड्रेस बितरण गर्नु भएको छ । बितरण कार्यक्रममा बोल्दै निजी बिधालय हुने खानेको र सरकारी बिधालय गरिब र दलितको बिधालय मात्रै हो की जस्तो देखिन्छ यस्तो नहोस भन्नका लागी राज्यलो शिक्षा क्षेत्रमा आमुल परिबर्तन गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा अबिभावक , राजनितिक दलको प्रतिनिधी र स्थानिय जनप्रतिनीधीहरूको भब्य उपस्थिती रहेको थियो । आफुले ड्रेस पाएकोमा बिधार्थीहरुले खुशी ब्यक्त गर्दै आफुहरूलाई पढ्नमा थप उर्जा मिलेको बताएका थिए !