
बागलुङ /सरकारले ठेकेदार कम्पनी लाइ भुक्तानी दिन नसकेको कारण ठप्प रहेको बागलुङको एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक सरकारले बजेट छुट्टयाइएपछि पुन शुरू भएको छ ।तिब्र गतिमा भइरहेको काम ठेकेदार कम्पनीले भुक्तानी पाउने सुनिश्चित भएपछि कामले गति लिएको छ ।
बागलुङ बजार देखि सिगाना हुँदै शान्तिपुर जोड्ने सडकको काम दश महिनापछि पुन सुरु भएको छ । निमार्ण कम्पनीले काम गरेको भुक्तानी नपाएको भन्दै १० महिना अगाडि निमार्णको काम बिचैमा छाडेकोमा अहिले भने काम पुन तिव्रता दिएको छ । तीन करोड ३१ लाख भुक्तानी नपाउदा गत वर्षको जेठमा काम छोडेर हिडेको मिर्नाण व्यवसायी १० महिना पछि काममा फर्केको छ ।
एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्र्तगतको उक्त सडक खण्ड अन्र्तगत सिगानामा सडक स्तरोन्नतीको काम धमाधम भइरहेको छ । ३२ महिनामा सक्ने काम डेढ वर्षमै सम्पन्न गर्नेलक्ष्यका साथ असार सम्म धमाधम काम गरेर आधारभूत पूर्वाधार निर्माण गरेपनि १० महिना निर्माण ठप्प हुदा समस्या भएको थियो । एक महिना यता सडक स्तरोन्नती संगै कालोपत्रका लागि आवश्यक पूर्वाधारको काम गरिरहेको र सडकको भिओ स्विकृत गरि अगाडी बढेमा समयमा काम सकिने स्थानिय लाल थापाले बताउनुभयो ।
गत वर्ष बोक्सेदेखि सिगाना वडा कार्यालयसम्म सडकको स्तरोन्नती गरेको निर्माण कम्पनीले अहिले वडा कार्यालयदेखि गोखोला सम्मको सडक चौडा बनाउने, नाली निर्माण गर्ने लगायतको काम धमाधम गरिरहेको छ ।
सडक डिभिजन कार्यालय बागलुङ मातहतमा निर्माण भइरहेको उक्त सडक स्तरोन्नतीको कामले भएको छ । निर्माणको जिम्मा पाएको कर्ण बिल्डर्सले १० महिनापछि काममा फर्केर धमाधम सडक निर्माणमा जुटेको छ । भिओ स्विकृत भएमा मात्र निर्धारित समय भित्र सडक कालोपत्रको काम सकिन कम्पनीका इन्चार्ज सन्दिप श्रेष्ठले बताउनुभयो ।
१२ किमि कालोपत्र गर्नका लागि रु २९ करोड ३७ लाख ८८ हजारमा १५ महिना अघि मात्रै सम्झौता गरिएको थियो ।
बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रेका २०७९ कात्तिक पहिलो साताबाट काम थालिएको थियो ।
बागलुङ बजार हुँदै सिगाना, बरेङ शान्तिपुर पुग्ने सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा ८ किलोमिटर सडक कालोपत्रे गर्ने सम्झौता छ ।
उक्त सडक ३२ किलोमिटर लामो भए पनि अहिले सडकको सुरुबाट १२ किलोमिटर सडक कालोपत्रे गर्नेगरी काम थालिएको थियो ।
सडक समयमै सम्पन्न भएमा यहाँका किसानले उत्पादन गरेका कृषि उपज तरकारी फलफूल दुध घ्यू बजारमा पुर्याउन सहज हुनुका साथै आर्थिक समृद्धिमा समेत सघाउ पुग्ने देखिन्छ ।














