
बागलुङ / प्रिन्सिपल एसाेसियसन अफ नेपाल देशभरका सामुदायिक बिद्यालयमा कार्यरत प्रधानाध्यापकहरूकाे गैरराजनीतिक गैर नाफा मुलक गैर युनियन पेशागत संस्था बागलुङमा भएको बिद्यालयका प्रिन्सिपलहरूकाे भेलाले प्रिन्सिपल एशाेसियसन अफ नेपाल पान गठन गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री दिपेन्द्र बहादुर थापाले मानिस जुन ठाउँमा रहन्छ त्यसको चिन्तन गर्न ज़रूरी भएको विद्यालयमा प्रधानाध्यापकहरूले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि के- के प्रयास गर्न सकिन्छ भनेर चिन्तन गर्नु पर्दछ भन्नुभयाे । आफूले आफैलाइ विश्वास गरेर, व्यक्तिगत स्वार्थबाट माथि उठेर, कुनै पनि आग्रह पूर्वाग्रह नराखी विद्यालयको हितको निम्ती समर्पित हुन थापाले आग्रह गर्नु भयो ।
भेलाले शिव माध्यमिक बिद्यालयका प्रधानाध्यापक हरिप्रसाद चालिसेकाे अध्यक्षतामा १४ सदस्य कार्यसमिति चयन गरेको छ ।उपाध्यक्षमा रूद्रेपिपल माध्यमिक बिद्यालयका राजेश श्रेष्ठ सचिवमा तिलक आचार्य ,सहायक सचिवमा रेशम श्रीस काेषाध्यक्षमा धनराज सापकोटा ,र सदस्यहरूमा नरबहादुर सुनार ,भिस्म कडेल धनबहादुर थापा,बिष्णु सापकोटा सुवास कडेल,दयाराम सापकोटा यज्ञदत्त घिमिरे शेरबहादुर थापा ,र अच्युत गाैतम रहेका छन् ।












