
काठमाडौं /चन्द्रागिरि पहाडको काखैमा अवस्थित चन्दन भराटेश्वर महादेव मन्दिर काठमाडौंको महादेवस्थानमा अवस्थित प्राचीन ऐतिहासिक धार्मिकस्थल हो। चन्द्रागिरि नगरपालिका-६ मा रहेको यो मन्दिर भगवान शिवका ६४ वटा ज्योतिर्लिङ्गमध्ये ५०औं मानिन्छ।
ऐतिहासिक धार्मिक शक्तिपिठ चन्दन भराटेश्वर मन्दिर क्षेत्र भित्र बिभिन्न संरचना निर्माण गर्न छिमेकी मुलुक भारतीय राजदूताबास बाट झन्डै ५ करोड सहयोग गर्ने भएपछि भब्य संरचना निर्माण हुने डिपिआर तयार भएर ठेक्का सम्झौता भएपछि स्थानीय बासिन्दा आफ्नो अधिकार संरक्षण हुनुपर्ने माग गरेका छन् ।
प्रसिद्ध धार्मिक शक्तिपिठ चन्दन भरातेश्वर महादेव मन्दिर प्राङ्गण काठमाडौंमा भारतीय राजदूतावासले गुरू योजना अनुसार करोडौं रूपैया लगानी नयाँ भाैतिक संरचना बनाउने निर्णय गरेपछि स्थानीयबासि बिराेधमा उत्रिएका छन् ।
सार्वजनिक तथा धार्मिक क्षेत्रमा बाह्यय अतिक्रमण बिरूद्व
संघर्ष समिति नगाँचा महादेवस्थान सराेकारवाला संघ संस्थाहरू तथा सर्वदलीय संयुक्त भेला आयोजना गरि काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा रहेको चन्दन भरातेश्वर मन्दिर प्राङ्गणमा भारतीय राजदूताबासले
अगाडि बढाउन खाेजेकाे गुरू योजना भित्रका संरचनामा
स्थानीय बासिन्दाकाे असहमति रहेको भन्दै त्यसलाई परिवर्तन गर्नुपर्ने भन्दै बिराेधमा उत्रिएकाे बताए पनि स्थानीयकाे मिश्रित प्रतिक्रिया रहेको छ ।
काठमाडौ चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा रहेको धार्मिक शक्तिपिठ चन्दन भराटेश्वर मन्दिर परिसरमा बिभिन्न संरचना निर्माण गर्न भारतीय राजदूतावासलाइ अनुरोध गरेपछि भारतीय दुताबासले स्विकार गरि ४ कराेड ३६ लाख ९० हजार ३ सय ९७ रूपैयाँ बजेट आउने निश्चित भइ ठेक्का सम्झौता भएपछि कामको प्रक्रिया अगाडि बढाउन लाग्दा स्थानीय समुदायले सयौं बर्ष देखि गर्दै आएको धर्म संस्कृति संरक्षण हुनुपर्ने माग गरेका छन् ।
भारतीय दुतावास मार्फत आउन लागेको बजेट र कार्यक्रम गरेको जसले जेजस्तो संरचना बनाएपनि पहिलो स्थानीय तहको दाेस्राे स्थानीय बासीकाे स्वामित्व र अधिकार हुने चन्द्रागिरि नगरपालिका ६ का वडा अध्यक्ष सन्जय सिग्देलले बताए ।
स्थानीय विकासको लागि कहि कसैले पनि सहयोग गर्छ भने त्यो स्थानीय तहले स्विकार्नै अहिले भारतीय राजदूतावास बाट आएको सहयोग पनि सकारात्मक ढंगले लिनुपर्ने यसमा देखिएका सानातिना समस्या समाधान गरेर जादा फाइदा हुने अध्यक्ष सिग्देलले बताए ।
२ सय बर्ष भन्दा अघि देखि स्थानीय महर्जन समुदायले यस क्षेत्रमा आफ्नो धर्म संस्कृति रितिरिवाज मनाउँदै आएको ठाउँमा एकाएक दुतावासकाे सहयोगमा नयाँ संरचना बनाउदै गर्दा आफ्नो अस्तित्व हराउने खतरा महसुस भएको हुदा यसको सुनिश्चितता हुनुपर्ने स्थानीयकाे भनाइ छ ।
ऐतिहासिक चन्दन भराटेश्वर मन्दिर परिसरमा संरचना निर्माण गर्न २०८० माघ १८ गते चन्द्रागिरि नगरपालिका ,संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालय ,र भारतीय दुतावास बिच त्रिपक्षीय सम्झौता अनुसार बिस्तृत विवरण प्रस्तुत गरेपछि गुरू योजना अनुसार विकास योजनाको काम शुरू हुन भएको छ ।
अहिलेकाे गुरू योजनामा नयाँ संरचना निर्माण गर्ने सुविधा सम्पन्न भवन बनाउने संस्कृत पढ्ने बिद्यार्थी लाइ आवासीय गृह स्वामी सन्तकाे लागि आवाशीय भवन गाैशाला देखि क्लब भवन बनाउने कार्यक्रम रहेको छ ।अहिले स्थानीय समुदाय संचालन गर्दै आएको गुठी भवन लाइ अन्यत्र सार्ने योजना बनाएको भन्दै स्थानीय आक्राेशित बनेका छन् ।भारतीय राजदूतावासले अहिले बनाएको गुरू योजनाको केही संरचना परिवर्तन गर्नुपर्ने आवाशीय भवन संस्कृत पढ्ने बिद्यार्थीकाे लागि बनाउन खाेजिएकाे आवाशिय गृह राेक्नु पर्ने माग अगाडि सारे पनि अहिलेसम्म भारतीय राजदुतावासले भने केही प्रतिक्रिया जनाएको छैन ।
चन्द्रागिरि पहाडको काखैमा अवस्थित चन्दन भराटेश्वर महादेव मन्दिर काठमाडौंको महादेवस्थानमा अवस्थित प्राचीन ऐतिहासिक धार्मिकस्थल हो। चन्द्रागिरि नगरपालिकामा रहेको यो मन्दिर भगवान शिवका ६४ वटा ज्योतिर्लिङ्गमध्ये ५०औं मानिन्छ।भस्म गङ्गाबाट बहेर आएकी नवधारा तीर्थमा स्नान गरेर चन्दन भराटेश्वरको विधिवत् पूजा गरेमा आफूले चाहेको कुरा प्राप्त हुन्छ भन्ने किम्वदन्ती हिमवतखण्डमासमेत उल्लेख गरिएको छ।

















