समाचार

ऐतिहासिक चैते दशै मेलाको तयारी पुरा

बागलुङ / बागलुङ कालिका भगवती गुठीको आयोजनामा हुन लागेको नेपाल कै ऐतिहासिक चैत्राष्टी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । गन्तव्य बागलुङ कालिका, कला संस्कृतिको प्रदर्शन, स्थानिय उत्पादन, व्यापार र प्रवद्र्धन भन्ने नाराका साथ चैत ३० गतेदेखि बैसाख ६ गतेसम्म संचलालन हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको हो । चैते दशैंका अवसरमा बागलुङमा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको चैत्राष्टमी मेलाको व्यवस्थापनदेखि अतिथि आमन्त्रण, मञ्च तथा मैदानको व्यवस्थापन लगाएतका आवश्यक सवै तयारी अन्तिम चरणमा पुगेको कालीका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले… पुरा पढौ

तिर्सना घर्ती मगर र हेमन्त आलेकाे सालैजाे साेल्टिनी

पाेखरा / झ्याउरे, सालैजो, झाम्रे, ठाडोभाखा र सोरठी यहाँका चर्चित भाका हुन् । तीनै गीतलाई आजभाेली होमस्टेमा पनि गाउन थालिएको छ। राेधी जाँदा मादल बजाउँदै सबैले सजिलै गुनगुनाउने गीत भएकाले गण्डक क्षेत्रमा विशेष गरी सालैजाे गितकाे आफ्नै महत्व र बिशेषता रहेको छ । बागलुङकि लोकप्रिय गायिका तिर्सना घर्ती मगर र गायक हेमन्त आलेकाे मौलिक सालैजो गीत साेल्टिनीकाे रेशमी केश सालैजाे गित बजारमा आएको छ । मोडल आनन्द गुरूङ र लक्ष्मी गुरूङकाे नृत्य रहेको छ । शिव हमालकाे शब्द तथा हेमन्त आलेकाे… पुरा पढौ

सिवाईसी साकोस पाँच बर्षे योजना गोष्ठि नवलपरासीमा शुरु

नवलपरासी / सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको पाच वर्षे रणनीतिक योजना तर्जुमा गोष्ठी तथा नवनिर्वाचित संचालक समितिको लागि २ दिने नेतृत्व विकास तालिम सुरु भएको छ । नवलपरासीको गैडाकोट ५ स्थित सहमती संस्थाको आवसीय तालिम हलमा रणनीतिक योजना तर्जुमा तथा नेतृत्व विकास तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै नेपाल बतच तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का लेखा सुपरिवेक्षण समितिका संयोजक ईन्दराज ज्योति शर्मा पौडेलले नेपालको सहकारी क्षेत्रमा देखिएको समस्याको समाधान गर्न तर्फ राज्य उदासिन देखिएको बताउनु… पुरा पढौ

रूमाल फाट्याे नि सार्वजनिक

काठमाडौं । गायक समीर आचार्य र गायिका सिम्रन परियारको स्वरमा रहेको गीत ‘रुमाल फाट्यो नि’को भिडियो सार्वजनिक भएका छ । गीतमा सन्तोष सुनारको शब्द र संगीत, सुदीप सागरको एरेन्ज र एचबीएन किस्मतको मिक्सिङ तथा माटस्टरिङ छ । भिडियोमा सन्तोष सुनार, गुराँस ढकाल, सुरक्षा इटनी ज्भिन र ज्भिस श्रेष्ठ फिचर्ड छन् । डान्सिङ नम्बरको गीत दोहोरी फ्लेभरमा छ । भिडियोमा विशाल कार्कीको प्रोडक्सन, प्रशान्त मगर र करण खतिवडाको सहायक निर्देशन, टेकेन्द्र शाहको सम्पादन र कलर, रामकुमार केसीको छायांकन र शिशिर खातीको… पुरा पढौ

प्रधानमन्त्रीको उपस्थितिमा १६ औँ योजनाका विषयमा छलफल

काठमाडौं, २८ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजना तर्जुमाका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल गर्नुभएको छ । सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रचण्डले १६ औँ योजना (२०८१/८२–२०८५/८६) का विषयमा शीर्ष राजनीतिक तहमा सुझाव लिनुभएको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजनीतिक दलका नेताहरूबाट प्राप्त सुझावहरूलाई समेटिने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले १६ औँ योजना तयार गर्नका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको बताउनुभयो । छलफलमा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री… पुरा पढौ

शान्ति सैनिकहरूको देश’ का रूपमा विश्वसामु परिचित गराउन नेपाली सेनाको योगदान उल्लेखनीय

काठमाडौँ, २८ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई ‘शान्ति सैनिकहरूको देश’ का रूपमा विश्वसामु परिचित गराउन नेपाली सेनाले महत्त्वपूर्ण योगदान गरेको बताउनुभएको छ । स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विशिष्ट साङ्गठनिक क्षमताका आधारमा नेपाली शान्ति सैनिकहरूले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्तिदूतका रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो । “देशभित्र विपद् व्यवस्थापन, पर्यावरण संरक्षण, विकास निर्माणका कार्यहरू एवं सङ्कटको समयमा राष्ट्रिय स्वार्थ र राष्ट्रिय हितहरूको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले… पुरा पढौ

देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ, २८ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय प्रणालीको स्वस्थ र सवल नियमनलाई उच्च प्राथमिकतामा राख्ने र निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेका बताउनुभयो । सम्पूर्ण निजी क्षेत्रका सङ्घसंस्था र प्रतिनिधिहरूलाई उच्च मनोबलका साथ अगाडि बढ्न अपील गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यहाँहरूले… पुरा पढौ

नेपाल पत्रकार महासंघ र प्रेस युनियन बिच ३ बुँदे सहमति

काठमाडौ /नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र नेपाल प्रेस युनियन बिच नेपाल पत्रकार महासंघको महाधिवेशन भएको ३ दिनपछि सदस्यता टुंगो लगाउने लिखित सहमति सहमति भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पाेखरेल र नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल बिच आज लिखित रूपमा ३ बुुँदे सहमति भएको हाे । नेपाल पत्रकार महासंघ समक्ष युनियन राखेको मागहरू बारेनिरन्तर भएको संवाद पश्चात लिखित सहमति भएको नेपाल प्रेस युनियनका महासचिव दिलीप पाैडेलले बताउनुभयाे । नेपाल पत्रकार महासंघ सुर्खेतमा भएको साधारणसभाकाे मर्म अनुसार… पुरा पढौ

नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २७ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गर्नुभएको छ । सिंहदरबारमा आज आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका कूटनीतिक नियोगहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । “लगानी सम्मेलनमा सक्रिय रूपमा संलग्न हुन र अधिकतम क्षमता बढाउन विकास साझेदारहरू, द्विपक्षीय र बहुपक्षीय विकास साझेदार संस्थाहरू र नेपालमा रहेका… पुरा पढौ

संरक्षककाे लागि अदुवाकाे विउ वितरण

बागलुङ ।लिड्स नेपालले संरक्षककाे लागी अदुवाकाे विउ वितरण गरेको छ ।बागलुङ नगरपालिका वडा नम्बर १३ मा एक कार्यक्रम गरि बलेवा काे मुसुराबारि ढाड सल्यान का मानसिक राेगिका संरक्षक परिवार लाई प्रति परिवार ८ केजीको दरले अदुवाकाे बिउ निशुल्क बितरण गरिएकाे लिड्स नेपाल सस्था बागलुङ फिल्ड काेडिनेटर बिन्दु देबि शर्माले बताउनुभयो । प्रति केजि ३०० रूपैयाँ पर्ने अदुवाकाे विउ वितरण गरेर थाेरै भएपनि सहयोग गरेको संस्थाले जनाएको छ ।मुख्य गरेर अपांग र विपन्न परिवारलाई लक्षित गरेर आयआर्जनका कार्यक्रम संचालन गर्दै आएको… पुरा पढौ