
बागलुङ ,श्रावण ३२
बागलुङ जिल्ला गलकाेट नगरपालिका वडा नम्बर ९ भालुपाइले स्थित मध्यपहाडी लाेकमार्गमा पहिरो जादा
ठूला सवारीसाधन आवातजावतमा समस्या आएको छ ।
भालुपाईले स्थित मध्यपहाडि लोकमार्गमा तलदेखि पहिरो आई सडक भत्किन जादा साना सवारीसाधन मात्र चल्न सक्ने ठुलो सवारीसाधन आवत जावत गर्न नसक्ने अवस्था आएको प्रहरीले जनाएको छ ।
अहिले पहिरो गएको सडक तलबाट उठाउन पनि धेरै गहिरो भएको हुदा मध्यपहाडि लोकमार्गलाई भनेर छिटो सुरु गराउनु पर्ने यदि यो बाटो सबै गएकाे खण्डमा पश्चिम रुकुम देखि गलकोट प्रभाबित हुने बागलुङ सँग सम्बन्ध बिच्छेद हुने बडिगाड गाउँ पालिकाका अध्यक्ष गण्डकी थापाले बताए ।
पहिराेले सडक आधा भन्दा बढी भत्किएपछि यो मध्यपहाडी लाेकमार्ग भएर चल्ने ठूला सवारीसाधन ठप्प हुदा यात्रुहरू मर्कामा परेका छन् ।










