बागलुङ नगर खानेपानीका प्रवन्धक हिमाल शर्मालाई संस्थाले बर्खास्त गर्या

-


     हिडन खबर    
     श्रावण ३२ गते २०८१ मा प्रकाशित


बागलुङ / बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभाेक्ता संस्थाका प्रवन्धक हिमाल शर्मालाई खानेपानीका उपभोक्ता संग राम्रो ब्यवहार नगरेको संस्थाका हित विपरीत काम कार्य गरेको भन्दै संस्थाले प्रवन्धक बाट बर्खास्त गरेको छ ।

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकाे बैठकले प्रवन्धक शर्मालाई श्रावण ३२ गतेदेखि लागू हुने
बर्खास्त गरेको संस्थाका कार्यवाहक अध्यक्ष हरिबहादुर जिसी सन्तोषले बताए ।

जिल्ला जलस्रोत समिति बागलुङ ,बागलुङ नगरपालिका ,र
उच्च अदालत पाेखरा बागलुङ इजलासले दिएको आदेश कार्वान्यन गर्न शर्माले संस्थालाई पूर्ण रूपमा असहयोग गरेको र स्वच्छ सफा र शुद्व खानेपानी ब्यवस्था ब्यवस्थित तरिकाले वितरणकाे लागि संस्थाले दिएको निर्देशन पालना गर्न पटकपटक अटेर गरि असहयोग गरेकाे कारण आम उपभोक्ता लाई सफा शुद्व खानेपानी ब्यवस्थापन गर्न कठिन भएको कार्यवाहक अध्यक्ष जिसीले बताए ।

प्रवन्ध शर्माले खानेपानीको सवारीसाधन पटकपटक ब्यक्तिगत काममा प्रयोग गरेको संस्थाकाे कम्प्युटर ब्यक्तिगत रूपमा प्रयोग गरेर संस्थालाई हानी पुर्‍याउने काम गरेको संस्थाकाे बैठक बसि पटकपटक कार्ययोजना पेश गर्न निर्देशन दिदा समेत अटेरी गरेको कारणले बर्खास्त गर्नु परेको जिसीले बताए ।

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा भएको बेथिति आम उपभोक्ताहरूले शुद्व सफा खानेपानी पिउन नपाएको बारे पटकपटक संचार माध्यममा समाचार प्रकाशन प्रशारण भएपनि त्यो सुधार हुन नसकेको गुनासो भने अहिले पनि कायमै छ ।