जलजलामा तीज मेला हुने

-


     हिडन खबर    
     श्रावण ३१ गते २०८१ मा प्रकाशित


पर्वत / जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लिवाङमा मेला लाग्ने भएको छ ।

भैरथान मन्दिर मूलको आयोजना र नाग्लिवाङ शालिग्राम युवा क्लब र जलजला नाग्लिवाङ युवा क्लबको सह आयोजनमा हुन लागेको हो ।

” नाग्लिवाङ जाऊँ भएरथान देवताको दर्शन गरौँ हिन्दुहरूको महान चाड हरितालिका तीज मेलामा रमाउँ ” भन्ने मूल नाराका सहित २०८१ तीज मेलामा आयोजना हुने भएको छ ।

मेलामा वडा स्तरीय भलिबल प्रतियोगिता , मावि स्तरीय हाजिर जवाफ प्रतियोगिता , खुल्ला फुटबल प्रतियोगिता, भाले छुने प्रतियोगिता, ठेलो म्युजिकल चेयर, तीज गीत प्रतियोगिता , सांस्कृतिक झल्किने कार्यक्रमहरू विविध कार्यक्रम हुने मेला व्यवस्थापन समितिका सचिव कमल रेग्मीले बताए ।

वडा स्तरीय भलिबल प्रथम पुरस्कार रु. ४० हजार दित्तीय पुरस्कार २५ हजार खुल्ला फुटबल प्रतियोगिता प्रथम पुरस्कार रु. ५० हजार द्वितीय पुरस्कार रु. ३०,००० खुल्ला मा.वि स्तरीय स्तरीय हाजिर जवाफ प्रतियोगिता प्रथम पुरस्कार रु.२०००० हजारदित्तीय पुरस्कार रु. १२ हजार र साथमा मेडल र प्रमाणपत्र रहने छ । मेलामा भाले छुने प्रतियोगितामा दुइ हजार पुरस्कार रहने छ भने छेलो प्रतियोगिता र म्युजिकल चेयर प्रतियोगिताको ३/३ हजार तीज गीत प्रतियोगिताको ५००० पुरस्कार रहेको छ ।

मेलामा सांस्कृतिक झल्किने कार्यक्रम सहित विविध कार्यक्रम रहने समितिले जनाएको छ । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने रेग्मीले बताए ।