
बागलुङ श्रावण ३२
बागलुङ जिल्ला गलकाेट नगरपालिका दरमखाेलामा एकजना ब्यक्ति माछा मार्ने क्रममा बेपत्ता भएका छन् ।
बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नम्बर १० घर भई हाल गलकाेट नगरपालिका ६ मजुवा बस्ने वर्ष ४२ को रमेश परीयार दरम खोलामा माछा मार्ने क्रममा सोही खोलाले बगाई बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
खाेलामा बेपत्ता भएका युवाको खाेजी भइरहेको प्रहरीले जनाएको छ ।









