समाचार

चलचित्र ‘लाज शरणम्’मा बिदा सकिएपछिको पहिलो ‘अफ डे’मा पनि दर्शकको राम्रो साथ

काठमाडौं । चलचित्र ‘लाज शरणम्’मा बिदा सकिएपछिको पहिलो ‘अफ डे’मा पनि दर्शकको राम्रो साथ पाएको छ । आइतबार दिउँसो २ बजे पछिका शो मा दर्शकको राम्रो अकुपेन्सीसहित यो चलचित्र चल्यो । काठमाडौंको सेन्टरमा रहेका हल र मोफसलमा पनि यो चलचित्रले राम्रो व्यापार गरेको वितरक तथा निर्माणपक्षले जनाएको छ । बिदाका दिनमा पनि राम्रो अकुपेन्सी पाउने सहजै विकेन्डसम्म पुग्न र आउँदो बिदामा पनि शो र दर्शक पाउने संकेत हो । दर्शकको राम्रो साथ पाउँदा निर्माणपक्ष उत्साहित छ । दर्शकको साथ रहेकाले… पुरा पढौ

चलचित्र ‘जनै हराएको बाहुन’ले रिलिज डेट हरितालिका तीजमा

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’ले रिलिज डेट लिएको छ । आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुने यो चलचित्र नेपाल र नेपाल बाहिर एकै दिन रिलिज हुनेछ । यो चलचित्रमा विजय बराल र मनिष राउत मुख्य भूमिकामा छन् । आमा र छोराबीचको इमोस्नल कथा यो चलचित्रमा छ । चलचित्रको मेन थिम सार्वजनिक गर्दै अघिल्लो महिना ल्याएको मोसन पोस्टरले धेरैको ध्यान खिचेको थियो । यसले आमालाई सुखका दिन छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो ।… पुरा पढौ

‘वरिष्ठ बलराम’को शुभ मुहूर्त, छायाँकन सुरु

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को शुभ मुहूर्त गरिएको छ । बुधवार टाइटल टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको चलचित्रको आज शुभ मुहूर्त गरिएको हो ।निर्माणपक्षले आज काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायाँकन सुरु भएको छ । लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुने चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् । दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राईको मुख्य भूमिका रहने चलचित्रमा माओत्से गुरुङ,  प्रदीप चौधरी, रामबाबु रेग्मीलगायतका कलाकारको पनि अभिनय रहनेछ । ‘वरिष्ठ बलराम’ नेपाली फिल्म उद्योगका… पुरा पढौ

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा

काठमाडौं । सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेका छन् । यो चलचित्र आगामी साउन २४ गते रिलिज हुनेछ । विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने यो चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गरेको संघर्षको कथा सिनेमाले भन्ने अनुमान लगाउन सकिन्छ ।… पुरा पढौ

मधेसी समुदायको पहिचानका लागि सबैभन्दा बढी त्याग माओवादीले गरेको छ: प्रचण्ड

धनुषा, १८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी लगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको बताउनुभएको छ। धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित सहिद परिवार सम्मान तथा जनभेटघाटमा उहाँले यस्तो धारणा राख्नुभएको हो। महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारु लगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौं सहिदले बलिदा  गरेको र मधेसी जनताको मुक्तिका लागि एक हजार तीन सय मधेसी जनताका छोराछोरीले जनयुद्धमा बलिदान गरेको उहाँले बताउनुभयो । मधेसी जनताको मुक्तिका… पुरा पढौ

तेश्रो बेगनास कपमा शनिबार ६ खेल सम्पन्न

लेखनाथ १७ फागुन । विकास, अनुशासन र गतिशीलता भन्ने नाराका साथ बेगनास युवा क्लवको आयोजनामा शुक्रबारबाट शुरु भएको तेश्रो बेगनास कपमा शनिबार ६ खेल सम्पन्न भएका छन । पहिलो खेलमा न्यू स्टार एफसीले शान्तिदिप युथ क्लवलाई ८ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । जसमा शान्तिदिपका अन्जन मगरले मात्रै व्यक्तिगत ६ गोल गरेका थिए भने निश्चल जिसी र दिपेन गुरुङले एक एक गोल गरेका थिए । यस्तै दोश्रो खेलमा ब्ल्याक डाईमण्डले सम्सेर एण्ड सनम एफसीलाई २–० को गोल अन्तरले पराजित… पुरा पढौ

बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको ३२औँ साधारण सभा सम्पन्न

काठमाडौं ।बागलुङ जन्मघर भई काठमाडौंमा बसाेबास र व्यवसायी गर्दै आएका बागलुङेहरुले समाजका सदस्यहरुको भलाईको लागि २०३९ सालमा स्थापना गरेकोबागलुङ समाज कल्याण केन्द्र काठमाडौंको ३२औँ साधारण सभा तथा अधिवेशन शनिबार  काठमाडौंमा भएको छ । साधारण सभामा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष रसुमिला श्रेष्ठले समाजको गतिविधि प्रस्तुत गरेकी थिइन् ।साथै सचिव किस्मतमणि श्रेष्ठले प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रदेश सांसद यमुना श्रेष्ठ, बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका संस्थापक सदस्य दिल विकास राजभण्डारी, बागलुङ समाजका पूर्वअध्यक्ष… पुरा पढौ

रिङ्कु सदाको घरमै पुगेर न्यायका लागि सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

सिरहा, १७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि  उनी मृत फेला परेकी थिइन । जनतासँग माओवादी तराई मधेस जागरण अभियानको क्रममा सिरहा पुग्नुभएका अध्यक्ष प्रचण्ड सहित माओवादी केन्द्रका नेताहरु रिङ्कुको घरमै पुगेर न्यायको लडाइँमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले रिङ्कुको न्यायका… पुरा पढौ

श्रो बेगनास कप शुरु आयोजक र मत्स्य व्यवसायीको विजयी शुरुवात

लेखनाथ १७ फागुन विकास, अनुशासन र गतिशीलता भन्ने नाराका साथ बेगनास युवा क्लवको आयोजनामा शुक्रबारबाट तेश्रो संस्करणको बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको शुक्रबार सम्पन्न उद्घाटन खेलमा आयोजक बेगनास युवा क्लव पहेंलो ले विनोद मेमोरियल एकेडेमी लाई ३–२ को गोल अन्तरले हराउँदै विजयी शुरुवात गरेको छ । खेलको ५ मिनेटमै पहिलो गोल गर्दै बेगनासका सुवासमगरले खेललाई अग्रता दिलाएका थिए भने १८ औं मिनेटमा बिनोद मेमोरियलका कुशल नेपालीले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए ।… पुरा पढौ

मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक

काठमाडौं । व्यापारिक रूपमा सफलताका साथ चलिरहेको चलचित्र ‘लाज शरणम्’ को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक भएको छ । निर्माण टिमले रिलिजको तेस्रो दिनमा सार्वजनिक गरेको यो गीतमा सुरज पण्डितको स्वर रहेको छ । कुमार कट्टेलको निर्देशन रहेको चलचित्रको गीतमा वसन्त उदासको शब्द र संगीत समावेश गरिएको छ । गीतको भिडियोमा डोल्पाका मनोरम दृश्यहरू समेटिएको छ भने, कर्णालीको विपन्न परिवारको कथा देखाइएको छ । भिडियोले एक दम्पतीको दुःखसुख र संघर्षलाई भावुक ढंगले प्रस्तुत गरेको छ । गीतको भिडियो हेर्दा कर्णालीका… पुरा पढौ