मालिका भगवती मन्दिर परिसर बागलुङमा वृक्षरोपण

-


     हिडन खबर    
     श्रावण १८ गते २०८२ मा प्रकाशित


बागलुङ, साउन १८

प्रसिद्ध धार्मिक शक्तिपिठ बागलुङको मालिका भगवती मन्दिर परिसरमा लायन्स क्लब अफ धौलागिरी बागलुङ र लायन्स क्लब अफ बागलुङ शालिग्रामको संयुक्त आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम २०८२ साल साउन १७ गते (अगस्ट २, २०२५) श्री मालिका भगवती मन्दिर प्राङ्गण, बागलुङ नगरपालिका–५, मालिका, बागलुङमा गरिएको लायन्स क्लब अफ धाैलागिरि बागलुङका अध्यक्ष राजेश भारीले बताए ।

“आइडियल लिडरशिप” अभियानअन्तर्गत लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपाल, एलवाई २०२५–२०२६ अन्तर्गत कार्यक्रम आयोजना गरिएकाे क्लबले जनाएको छ ।

कार्यक्रमले वातावरणीय सन्तुलन कायम गर्न, हरियाली विस्तार गर्न र स्थानीय समुदायमा वृक्षरोपणप्रति जागरूकता बढाउने उद्देश्य लिएको आयोजकद्वारा जानकारी दिइएको छ।