समाचार

नेपाल बैंक बागलुङ शाखाको सेवा सुविधासम्पन्न भवनबाट

नेपाल बैंक बागलुङ शाखा आफ्नै भवनमा सरेको छ । विक्रम सम्वत २०१७ सालबाट बागलुङमा सेवा सुरु गरेको बैंकले शाखा स्थापनाको ६१ बर्ष पछि आफ्नै जग्गामा सुविधा सम्पन्न भवन निर्माण गरि सेवा सुचारु गरेको हो । नेपाल कै सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड बागलुङ शाखाले २०१७ साल माघ ४ गतेदेखि नागरिकलाई बित्तिय सेवा दिंदै आएकोमा शाखाकाे आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा दिन शुरू गरेको छ । पुरानो भवनबाट झण्डै ६ दशक सेवा दिएको बैंकले आफ्नै सुविधा सम्पन्न भवनबाट काराेवार शुरू… पुरा पढौ

बागलुङ उद्योग बाणिज्य संघको ५८ औं साधारणसभा सम्पन्न

गण्डकी प्रदेशका पर्यटन,उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभन्द्र शर्मा कँडेलले जिल्लाको अर्थतन्त्र बलियो बनाउन पर्यटन व्यवसायलाई अन्य क्षेत्र संग जोडेर अगाढी वढ्नुपर्ने बताउनु भएको छ । सम्पूर्ण व्यवसायीहरूको साझा सस्था बागलुङ उद्योग वाणिज्य संघको ५८ औ वार्षिक साधारणसभामा बोल्दै कँडेलले यस्तो बताउनु भएको हो । सरकार र निजी क्षेत्र सँगको सहकार्यबाट नै विकास र समृद्धि संभव हुने कँडेलले बताउनु भयो । आर्थिक विकास र समृद्धिका लागि आन्तरिक र बाह्य लगानी आकर्षण गर्नुपर्ने भन्दै जिल्लामा भएका प्राकृतिक स्रोतसाधनको परिचालन गरेर समृद्ध… पुरा पढौ

स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्ने ४ जनालाई डा.तरुण पौडेल चिकित्सा पुरस्कार

डाक्टर तरुण पौडेल चिकित्सा कोषबाट स्वास्थ्य तथा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने चार व्यक्तिलाई पुरस्कृत गरिएको छ ।धौलागिरी अञ्चल अस्पतालका प्रमुख भएर १६ वर्ष बिताएका डाक्टर पौडेलले स्वास्थ्यकर्मीलाई कार्यक्षेत्रमा थप प्रोत्साहित गर्ने अभिप्रायले स्थापना गरेको कोषबाट यस वर्ष तीन स्वास्थ्यकर्मी र एकजना सामाजिक क्षेत्रमा काम गर्नेलाई सम्मान गरिएको छ। सातौ पुरस्कारबाट निजामती अस्पताल काठमाण्डौका कार्यकारी निर्देशक डाक्टर विधाननिधी पौडेल, मुस्ताङको घरपझोङ गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी कर्ण बहादुर थकाली, धौलागिरि अस्पताल बागलुङमा कार्यरत नर्सिङ अधिकृत देवी भट्टराई र म्याग्दीको तातोपानी कुण्ड व्यवस्थापन… पुरा पढौ

नगरप्रमुख पौडेलले दिए घोडा उपहार

बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले घोडा उपहार दिएका छन् । पौडेलले ब्यक्तिगत लगानीमा खरिद गरेको घाेडा नगरपालिकामा पर्यटन प्रबर्द्धनकाे लागि जनता पार्टीका अध्यक्ष तिलकबहादुर रिजाललाई हस्तान्तरण गर्नुभएको छ । आजभन्दा ५ बर्ष अघि ढाेरपाटनमा खरिद गरिएको घाेडा काेराेनाका कारणले चलाउन नसकि त्यसै बसिरहेको थियो । अहिले त्यसलाई पर्यटन प्रवर्द्धनकाे लागि भन्दै तिलक बहादुर रिजालले चलाउने भने पछि हस्तान्तरण गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पाैडेलले हिडन खबरलाई बताउनुभयो । बागलुङ नगरपालिका वडा नम्बर २ निवासी राजनीतिक रूपमा जनता पार्टीका… पुरा पढौ

सरसफाई सँगै चिटिक्क कालिका मन्दिर

चैते दशैँ मेला नजिकिए सँगै नेपाल कै प्रसिद्ध धार्मिक गन्तव्य कालीका भगवती मन्दिर परिसरमा सरसफाइ गरिएको छ ।जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाकाे श्रीमन् गणकाे सक्रियतामा शुक्रबार बिहान कालीका भगवती मन्दिरकाे परिसरमा सरसफाइ गरिएको हो । नेपाली हिन्दु धर्मावलम्बीले मनाउने चैते दशैकाे अवधिमा नेपाल कै प्रसिद्ध शक्तिपिठ कालीका भगवती मन्दिरमा झण्डै ६ लाख भक्तजन पुजा अर्चना र दर्शनकाे लागि आउने कारणले सरसफाइ गरिएको कालीका भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९… पुरा पढौ

पेस्तोल सहित पक्राउ परेका युवक सार्वजनिक

पेस्तोल सहित पक्राउ परेका एक युवालाई प्रहरी पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले ४० वर्षीय श्यामबहादुर रेश्मी लाई पेस्तोलसहित बिहीबार सार्वजनिक गरेको हो । रेश्मी संग हतियार भएको सुराकीको आधारमा प्रहरी निरीक्षक गुरुप्रसाद न्यौपाने कमाण्डमा ५ जना सादा पोशाकका प्रहरीको टोलीले बुधबार बिहान साढे ९ बजे पक्राउ गरेको थियो । बागलुङ जिल्ला बडीगाड गाउँपालिका–५ ग्वालीचौर बस्ने रेश्मीका साथमा रहेको मेड ईन यूएसए लेखिएको पेस्तोल, त्यसको म्यागेजिन र ४ राउण्ड गोली पनि बरामद गरेको थियो ।… पुरा पढौ

मेयरका आकांक्षी खड्कालाई हिडन खबरका ७ प्रश्न

आगामी स्थानिय तहको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी एमालेबाट बागलुङ नगरपालिकाको मेयर पदमा आकांक्षी रहेका कुमार खड्कालाई हिडन खवर राजनैतिक व्यूरो द्वारा तयार पारिएका जनआवाज बोल्ने ७ प्रश्न र खड्काका उत्तर । स्थानिय तहको निर्वाचनमा तपाईँको उम्मेदवारी के को लागी ?स्थानिय सरकार राज्यको सबैभन्दा तल्लो तहको निकाय जसले जनजिविकाको पक्षमा विकास गर्छ भन्ने महसुस गराउन । गाउँ-गाउँमा सिंहदरबार भन्ने नारा कत्तिको सान्दर्भिक जस्तो लाग्छ ?देश संघिय संरचनामा गईसकेपछिको सबैभन्दा सुनौलो रुप स्थानिय तहको सरकार हो त्यसकारण यो नारा सान्दर्भिक छ तर… पुरा पढौ

बागलुङ नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा माओवादीका ४ आकांक्षी

बागलुङ स्थानीय तहको निर्वाचन नजिकिदै जान थालेपछि स्थानीय तहमा चुनाव लड्नका लागि राजनीतिक दलका नेताहरू सक्रिय हुन थालेका छन् । बैशाख ३० गते हुने निर्वाचनमा बागलुङ नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्ष बन्नको लागि माओवादी केन्द्रमा अहिलेसम्म ४ जना आकांक्षी देखिएका छन् । सत्ता घटक गठवन्धन गरिरहेका दलहरुको संयुक्त गठबन्धन हुने संभावना बढेर गएपछि वडा अध्यक्ष बन्नका लागि राजनीति दौडधुप समेत बढेर जान थालेको छ । बागलुङ नगरपालिकाको १४ वटा वडा मध्ये वडा नम्बर ३ मा माओवादी केन्द्रको बलियो… पुरा पढौ

पेस्तोल सहित एक युवा पक्राउ

बागलुङमा एक जना पेस्तोल सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाको बडिगाड गाउँपालिका बाट ४० वर्षीय श्याम बहादुर रेश्मीलाई पेस्तोल सहित पक्राउ गरेको छ । प्रहरी निरीक्षक गुरुप्रसाद न्यौपाने सहित ५ जना सादा पोशाक खटिएका प्रहरी टोलीले बुधबार बिहान साढे ९ बजे रेश्मीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयाे । बडीगाड गाउँपालिका–५ ग्वालीचौर बस्ने रेग्मीलाई पक्राउ गरिएको ज्ञवालीले बताउनुभयाे । रेश्मीको साथमा रहेको मेड ईन यूएसए लेखिएको पेस्तोल, त्यसको… पुरा पढौ

उपचारको नाममा महिलालाई दुर्व्यवहर गर्ने विजया आयुर्वेद फर्माका संचालक सापकोटा पक्राउ

बागलुङ बजारमाको एक आयुर्वेदीक फर्मा संचालक पक्राउ परेका छन् । बागलुङ नगरपालिका वडा नम्बर २ उच्च अदालत रोडका विजया आयुर्वेद फर्मा संचालक रमाकान्त सापकोटा पक्राउ परेका हुन । रक्तचाप परिक्षणको लागि फर्मामा आएका एक विरामीलाई उपचारको वहानमा यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । सोमबार साँझ रक्तचाप परीक्षण गर्न आएका एक महिलालाई यौनजन्य हिंसा गर्न खोजेपछि महिलाले तत्काल प्रहरीमा उजुरी गरेपछि सापकोटा पक्राउ परेका हुन् । सोमवार साँझ पक्राउ परेका सापकोटालाई पीडित महिलाको जाहेरीका आधारमा मंगलबार जिल्ला सहरकारी वकिल… पुरा पढौ