बागलुङ नगरपालिकाको आयोजनामा ५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

- उद्घाटन खेलको छात्र तर्फ १ हजार ५ सय मिटर दौड प्रतियोगितामा आदर्श विद्यामन्दिरका अनुप घर्ती क्षेत्री प्रथम, सिगाना मावि तित्याङका रवि विक द्वितिय, गणेश माविका हरि रोका तृतीय स्थान हासिल गरेका थिय ।

-


     हिडन खबर    
     फागुन ७ गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिकाको आयोजनामा ५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठले आजका युवा विदेश पलायन हुनुपर्ने अवस्था अन्त्यका लागि खेलको विकास महत्वपूर्ण आधार भएको बताउनु भयो । बागलुङ नगरलाइ खेलको आर्कषक गन्तव्य बनाउने र खेलबाटै युवाहरुले भविष्य देख्ने अवस्था सिर्जना गर्न प्रतियोगिताहरु आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले विद्यार्थी जिवनमा अनुशासनको महत्व बढाउन खेल क्षेत्र आवश्यक भएको बताउनु भयो । उहाँले खेलकुदलाई मानव जीवनको महत्वपूर्ण अंग बनाउन सकेमा आम नागरिकमा अनुशासनको विकास हुने समेत धारणा राख्नुभयो ।

कार्यक्रम बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सापकोटाको अध्यक्षता नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलको स्वागत तथा नगरपालिकाका गौरव राना र रचना आचार्यको संचालनमा सम्पन्न भएकोथियो ।

आइतवार शुरु भएको खेलको पहिलो चरणमा छात्रछात्रा तर्फको १ हजार ५ सय मिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । जस अन्तर्गत आदर्श विद्यामन्दिरका अनुप घर्ती क्षेत्री प्रथम, सिगाना मावि तित्याङका रवि विक द्वितिय, गणेश माविका हरि रोका तृतीय र अमर आदर्श माविका रिनम परियार सान्त्वना भएका थिए ।

छात्रा १ हजार ५ सय मिटर दौड प्रतियोगितामा विद्यामन्दिर माविकी ज्ञानुदेवी रोका प्रथम भइन् । त्रिभूवन मावि पैयुँपाटाकी सम्झना पौडेल द्वितिय, जनताधन माविकी अनुषा पौडेल तृतीय र सिद्धार्थ शिक्षा सदनकी एन्जिला लिम्बु सान्त्वना भइन् ।

आइतवारै शुरु भएको भलिबल प्रतियोगितामा पृथ्वी हिरण्य मावि र अमर आदर्श मावि दोश्रो चरणमा प्रवेश गरेका छन् । पृथ्वी हिरण्यले रुद्रेपिपल माविलाई २५–१४ र २५–१० को सोझो सेटमा पराजित गरेको हो । दोश्रो खेलमा अमर आदर्शले महाविद्याजन मावि रायडाँडालाई २७–२५ र २५–२१ को सेटमा पराजित ग¥यो ।

उत्कृष्ठ ¥याली प्रर्दशन गरेको भन्दै रुद्रे पिपल मावि र चिल्ड्रेन लाइफ मावि तथा उत्कृष्ठ मार्च पास गरेको भन्दै युएस एकेडेमी र लहरेपिपल माविलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा आइटिएफ र डब्लु टिएफ तेक्वान्दोका खेलाडीले प्याटन खेल प्रस्तुत गरेका थिए भने विभिन्न विद्यालयका कलाकारले नृत्य समेत प्रस्तु गरेका थिए ।

खेलका लागि आएका प्रत्येक खेलाडीलाई खाजा स्वरुप प्रति विद्यार्थी १ सय रुपैयाँको दरले खाजाको व्यवस्थापन भएको नगरपालिकाले जनाएको छ । खेलबाट बाहिरिएको बाहेक अद्यावधिक भएको खेलाडीलाई उक्त रकम दिइनेछ । नगर स्तरीय खेल सकिए लगत्तै जिल्ला स्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता पनि संचालन हुने तयारी छ ।