
बिदेशी अनुदान लाई निस्तेज गर्दै बिशुद्व रूपमा नेपाली सहयोगदाताकाे सहयोग ७ बर्ष देखि संचालन हुदै आएको बागलुङको मानव सेवा आश्रम यतिबेला सबैको राेजाइमा परेको छ ।जन्मदिन ,पुन्य तिथिमा हुने खर्च मानव सेवा आश्रममा गएर सहयोग गर्न थालेपछि आश्रम यतिबेला सहयोगी मनका धनी कै कारणले सहजरूपमा संचालन भइरहेको छ ।
बागलुङ नगरपालिका–३ किनारा टाेलमा सञ्चालित मानव सेवा आश्रममा ५३ जना वृद्धवृद्धा बालबालिका ,अपांग मानसिक समस्या भएका ब्यक्तिहरूले सहारा पाएका छन्। विसं २०७३ मा स्थापित सो सहयोगी मनका धनी ब्यक्तिहरूकाे सहयोगमा सञ्चान भइरहेको छ । आश्रमले समाजमा रहेका सहारा विहीनलाई सहारा दिएर पालनपोषण गरिरहेको छ ।
जसको घरजग्गा छैन, जसको छोराछोरी हुनुहुन्न त्यस्ता बेसहारा नागरिकलाई आश्रमले आश्रय दिइरहेको अहिले आश्रममा ५३ जनाले आश्रय पाइरहेको भएपनि ठाउँ अभावमा अरू बेसहारा लाई राख्न नसकिएको मानव सेवा आश्रमले जनाएको छ ।
मानव अधिकार भनेको आत्मालाई लाई सन्तोष पुर्याउनु नै सबैभन्दा ठूलो धर्म भएको कारणले आफुहरूले आश्रममा सहयोग गरेको समाजसेवी लालबहादुर केसीले बताए ।
बिशुद्व रूपमा नेपाली सहयोग दाताकाे सहयोगमा आश्रम सञ्चान भइरहेको कुनै पनि बिदेशी सहयोग र सर्तरहित सहयोग आश्रमले लिने नगरेको मानव सेवा आश्रमका अभिभावक
निर्मल बहादुर श्रेष्ठले बताए l
जन्मदिन पुन्य तिथि मनाउने प्रचलन भएपनि आश्रममा रहेका ब्यक्तिहरूलाइ सहयोग गर्ने मानवीय वातावरण सृजना हुन सकारात्मक पक्ष भएको काँठेखाेला गाउँ पालिकाका वडा नम्बर २ का वडा अध्यक्ष बिद्यापति शर्माले बताए ।
मानव सेवा आश्रमलाइ बागलुङ नगरपालिकाकाे तर्फबाट सक्दाे सहयोग गर्न तयार भएको बागलुङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शनि केसी बताए ।
“व्यक्तिले जन्मदिन, न्वारान पासनि , पुण्यतिथि सामाजिक संघसंस्थाकाे स्थापना दिवस लगायतको अवसर पारेर आश्रममा सहयोग कै भरमा आश्रम सञ्चालनमा भइरहेको छ । आश्रमलाई स्थायी रूपमा संचालन गर्न बागलुङका समाजसेवीहरूले अक्षयकोष स्थापना गर्नुका साथै मासिक रूपमा नियमित आर्थिक सहयोग समेत गर्दै आएको छ ।
आश्रममा आफ्नो जन्मदिनको अवसरमा एक छाक भाेजन खुवाउनका १० हजार सहयोग समेत सहयोग दाताले गर्दै आएका छन् । आश्रमलाइ खाद्यान्नल लत्ताकपडा लगायतका सहयोग व्यक्ति तथा सङ्घसंस्थाले गर्दै आएको छ । “देश तथा विदेशमा रहने व्यक्ति तथा विभिन्न सङ्घसंस्थामार्फत आश्रमलाई सहयोग गर्दै आएकाे कारण आश्रम चलाउन सहज भएको छ ।












