समाचार

बागलुङमा ८३४ म्यादी प्रहरीको लागि करिव २ हजारको आवेदन

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नको लागि सरकारले भएको प्रहरी जनशक्तिले नपुग्ने भन्दै म्यादी प्रहरीमा जागिर खुलाएपछि जिल्लामा आवश्यक संख्या भन्दा बढी दरखास्त परेको छ । बागलुङ जिल्लामा निर्वाचन सम्पन्न गर्नको लागि ८३४ जना म्यादी प्रहरीको आवश्यक परेको बिज्ञापन सार्वजनिक गरेकोमा १ हजार ९ सय ५३ जनाले आवेदन दिएका हुन् । म्यादी प्रहरीको लागि १ हजार ९ सय ५३ जनाको आवेदन परेको मध्ये १ हजार ६ सय ५५ पुरूष र २ सय ९८ जना महिलाको… पुरा पढौ

बागलुङ नगरपालिका वडा नम्वर ३ को वडा अध्यक्षमा एमालेका ७ आकांक्षी,कस्ले पाउटा टिकट ?

स्थानीय तहको निर्वाचन नजिकिदै गएसंगै बागलुङ नगरपालिका वडा नम्बर ३ मा वडा अध्यक्षका आकांक्षीहरुले पार्टीबाट टिकट ल्याउने दाउँमा लविङ सुरु गरेका छन् । बैशाख ३० गते हुने निर्वाचनमा बागलुङ नगरपालिका वडा नम्बर ३ बाट ४ हजार ५ सय ६२ मतदाताले मतदान गर्न पाउने छन् । यसपटक बजारको बुद्व विहार,धौलागिरि बीरेन्द्र माध्यमिक बिद्यालय रात्माटा र सरस्वती प्राबि सिम्ले गरि ३ मतदान केन्द्रमा मतदाताले मतदान गर्न पाउने ब्यबस्था निर्वाचन कार्यालय बागलुङले मिलाएको छ । बागलुङ नगरपालिकाका १४ वडा मध्य सवै भन्दा बढी… पुरा पढौ

समाजवादी प्रेस संगठनकाे प्रथम विस्तारित बैठक काठमाडौंमा सम्पन्न

काठमाडौं/नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निकट पत्रकारकाे संगठन समाजवादी प्रेस संगठन नेपालकाे प्रथम विस्तारित बैठक काठमाडौंको बानेश्वरमा रहेको अर्पण ब्याङकेटमा सम्पन्न भएको छ । पुर्व प्रधानमन्त्री एंवम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका बरिस्ठ नेता झलनाथ खनालले सबै शक्ति स्थानीय निर्वाचनमा केन्द्रित भएर लाग्नुपर्ने बेला आएको बताउनुभयो । स्थानीय तहको निर्वाचनमा प्रतिगमनकारी शक्ति लाई परास्त गर्नका लागि शक्ति देखाउने बेला आएको बरिस्ठ नेता खनालले बताउनुभयो । कार्यक्रममा समाजवादी प्रेस संगठनका विनाेद ढुंगेल बरिस्ठ पत्रकार किशोर श्रेष्ठ मुद्दामा आधारित पत्रकारको हकहितको पक्षमा… पुरा पढौ

काठेखोलामा पौडी खेल्ने क्रममा एक बालक घाइते

काठेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालक घाइते भएका छन् । पर्वतको कुश्मा नगरपालिका-१३, ठुलिपोखरी घर भई बागलुङ नगरपालिका वडा नं. १ रामरेखा बस्ने कृष्ण बहादुर विकको १६ वर्षीय छोरा अभिषेक विकको शनिबार बागलुङ नगरपालिका-३, काठेखोलामा पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका हुन् । घाइते विकको धौलागिरी अस्पतालमा उपचार हुन नसकेपछि पोखरा रिफर गरिएको धौलागिरी अस्पतालका सुचना अधिकारी अञ्जना पौडेलले बताउनुभयो । घाइते बालकको छातीमा असर देखिएको र एमआरआई गर्नुपर्ने चिकित्सकलाई उद्रित गर्दै पौडेलले हिडन खबरलाई बताउनुभयो । शनिबार… पुरा पढौ

चैत महिनाभित्र इजाजत प्राप्त हातहतियार बुझाउन बागलुङ प्रशासनको आग्रह

इजाजत प्राप्त हात हतियार १५ दिनभित्र बुझाउन जिल्ला प्रशासन कार्यालय बागलुङले आग्रह गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शान्त, भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यका जिल्लाका नागरिकलाई इजाजत प्राप्त सबै हात हतियार बुझाउन प्रशासनले आग्रह गरेको हो । गृहमन्त्रालयको पत्रानुसार भन्दै प्रशासनले निर्वाचन पश्चात फिर्ता लाने गरि नजिकको प्रहरी कार्यालयमा हतियार बुझाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालद्वारा जारी गरिएको सूचनामा ‘स्थानीय तहको निर्वाचन भरपर्दो, विश्वसनीय तथा शान्तीपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला भित्र रहेका ईजाजतपत्र… पुरा पढौ

गलकोटमा २ दिने विज्ञान पत्रकारिता तालिम सुरु

बागलुङ जिल्लाको गलकोटमा विज्ञान पत्रकारिता तथा खगोल, अन्तरिक्ष विज्ञान प्रबर्द्धन सम्बन्धि दुईदिने तालिम सुरु भएको छ । गलकोट नगरपालिका-३, हटियामा रहेको गलकोट माध्यमिक बिद्यालयमा पत्रकारहरुका लागि विज्ञान पत्रकारिता र बिद्यार्थीहरुका लागि खगोल तथा अन्तरिक्ष विज्ञान प्रबर्द्धन तालिम सुरु भएको हो । २ दिन सम्म सञ्चालन हुने तालिमको नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेल द्वारा उद्घाटन गरिएको हो ।उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको शिक्षा क्षेत्रमा शैक्षिक, भौतिक एवं कानुनी सुधारका पहलहरु भइरहेको बताउनुभयो । मन्त्रालयले नेपालका सबै… पुरा पढौ

रेशबाट हराएका २ बालक काठमाडौंमा भेटिए

चैत्र ६ गते आइतबार बिहान १० बजे देखि काठेखोला गाउँपालिका-७ रेशबाट हराएका दुई बालक भेटिएका छन् । आइतबार बिहान घरबाट बिद्यालय जान हिँडेका बालक द्वय बिद्यालय नपुगी बाटोमै पर्ने एक पसलमा झोला राखेर बेपत्ता भएका थिए ।साविक रेश गाविस वडा नम्बर-७, नुन्थलामा रहेको रेश नुन्थला माद्यामिक बिद्यालयमा कक्षा ८ मा अध्ययनरत बालकहरु काठमाडौंको बागबजारमा रहेको होटल लुम्बिनी एण्ड तन्दुरी रेस्टुरेन्टमा भेटिएका हुन । बालक कसरी पुगे काठमाडौं ! रेशका राम बहादुर थापाका १५ वर्षीय छोरा बिष्णु थापा र सोही स्थानका… पुरा पढौ

वार्ता टोलीका सदस्य नै जनप्रतिनिधिका आकांक्षी

बैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा हुने लगभग निश्चित जस्तै भएपछि चुनावी गतिविधि ह्वात्तै बढेर गइरहेको छ । बागलुङ जिल्लाको ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा राजनीति गठबन्धन गरि निर्वाचनमा के कसरी जान सकिन्छ भन्ने हिसाबले जिल्लामा रहेका राजनीति पार्टी संग वार्ता गर्न वार्ता टोलि गठन भइरहेको छ । यतिबेला चुनावमा वार्ता गर्न गठित टोलीका नेताहरू नै धमाधम गाउँ तथा नगरप्रमुख उमेदवारको आकांक्षी भएको खबर पनि आइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले स्थानीय तहमा वार्ता… पुरा पढौ

बागलुङका ३ स्थानमा नयाँ प्रहरी चौकी स्थापना

नेपाल सरकारको मन्त्रिपरिषद निर्णय अनुसार जिल्ला प्रहरी कार्यालय बागलुङले चार ठाउँमा प्रहरी चौकीहरू स्थापना गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक दयानिधि ज्ञवालीको विशेष पहल एवम् समन्वयमा सरकारले निर्णय गरेका स्थानमा प्रहरी चौकीहरू स्थापना गरिएको हो । प्रहरी प्रमुख ज्ञवालीले स्थानीय तहको निर्वाचनको सुरक्षालाई समेत ध्यानमा राखेर चौकीहरू स्थापना गरिएको बताउनुभयो ।साधन स्रोतको कम भएपनि निर्वाचनलाई शान्तिपूर्ण बनाउने दायित्व प्रहरी संगठनको भएकोले प्रहरी चौकी स्थापना भएपछि जनतालाई शान्ति सुरक्षाको अनुभूति हुने प्रमुख ज्ञवालीको भनाई रहेको छ ।स्थानीय… पुरा पढौ

‘जनजनमा काँग्रेस मनमनमा काँग्रेस’ अभियान अन्तरगत बागलुङमा प्रशिक्षण तथा अन्तरक्रिया

‘घरघर जाऔं काँग्रेस जिताऔं’ अभियानमा गण्डकी प्रदेश समितिले संचालन गरेको ‘जनजनमा काँग्रेस मनमनमा काँग्रेस’ अभियान अन्तरगत बागलुङमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दैनेपाली काँग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले काँग्रेसले समाज परिवर्तनको संकल्प बोकेर जनता माझ आएको बताएका छन । शर्माले देशका हरेक राजनिति तथा समाजिक परिवर्तनमा काँग्रेसको महत्वपुर्ण भुमिका रहेको र अबको पविर्तनका निम्ती पनि दृढ संकल्पका साथ जनताको माझमा आएको बताए ।‘हिजो पञ्चायत र राणा शासनको अन्त्यमा काँग्रेसको भुमिका हेरौं, नेता शर्माले भने,–‘लोकतन्त्र र… पुरा पढौ