लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ ‘के’ नेपालको ‘क्याबिनेट मिटिङ’ सम्पन्न

- औपचारिक कार्यमलमा आसनग्रहण, खादा,माला र अविरमा धेरै समय बर्वाद हुनु हुदैद : मुख्यमन्त्री अधिकारी

-


     हिडन खबर    
     माघ २३ गते २०७९ मा प्रकाशित


बागलुङ ,लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको बाग्लुङमा तेस्रो क्याबिनेट मिटिङ सम्पन्न भएको छ । क्याबिनेट मिटिङको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले समुद्घाटन गरेर सुभारम्भ गरेका थिए । उद्घाटन कार्यक्रमा बोल्दै मुख्यमन्त्री अधिकारीले सामाजिक संघ सस्था र क्लवहरुले स्वदेशी उत्पादनो प्रर्वद्धन गर्दै स्थानिय उत्पादनलाई प्राथमिकता दिन आग्रह गरे । पछिल्लो समय नेपालमा हुने हरेका औपचारिक कार्यक्रममा विदेशबाट आयात भएका माल तथा खादाको प्रयोग अन्तय गरि नेपाली सस्कारलाई आत्मसाथ गर्न आग्रह गरे । आयोजकले पहिराइदिएको माला हातमा लिएर मुख्यमन्त्री अधिकारीले अव हुने औपचारिक कार्यक्रममा विदेशी उत्पादनको प्रयोग हटाउन आग्रह गरेका थिए ।

मुख्यमन्त्री अधिकारीले औपचारिक कार्यमलमा खादा, माला, अविर र आसनग्रहणमा धेरै समय बर्वाद भैरहेकोले अव त्यस्तो परिपाटीको अन्त्य हुन जरुरी रहेको भन्दै सार्वजनिक कार्यक्रम समयको ख्याल गरेर अगाढी वढ्न जरुरी रहेको बताए ।
लायन्स अन्तराष्ट्रियका आईडी ईन्डोर्सी लायन बालकृष्ण बुर्लाकोटीको विशेष आथित्यतामा भएको क्याबिनेट मिटिङमा काठमाण्डौ, पोखरा र धौलागिरी क्षेत्रका ७ सय भन्दा बढी लायन्सको सहभागिता रहेको क्याबिनेट सेक्रेटरी लायन मिनराज काफ्लेले बताए ।

कार्यक्रमले देशभरका लायन्सहरुबिच फेलोशीप बढाउने र धौलागिरी क्षेत्रकै पर्यटन प्रवर्धन गर्ने हुनाले यसले समग्र बाग्लुङबासीलाई नै उत्साहित बनाएको लायन काजीमान गुरूङले बताए ।
 कार्यक्रम हुनु पुर्व लयान्समर्की तथा बागलु ण्ज्ञठण् विभिन्न संघसस्थाको ¥यालीले बागलुङ बजार परिक्रमा गरेको थियो । सो अवसरमा विभिन्न चोकहरुमा सास्कृतिक झाकिहरु समेद प्रस्तुत गरिएको थियो ।

लायनवर्ष २०२२ र२०२३ मा डिस्ट्रिक्ट ३२५ के नेपालले सर्भिस फेलोशीप र लिडरशीपका विभिन्न कार्यक्रमहरु गर्दै लायन सदस्यहरूलाइ क्रियाशिल बनाएर नेपालका अन्य डिस्ट्रिक्टको तुलनामा अग्रणी र सक्रिय डिस्ट्रिक्ट बनिरहेको छ।

क्याबिनेट मिटिङमा डिस्ट्रिक्ट ३२५ के नेपालले हालसम्म गरेका कार्यहरूको जानकारी गराइनुका साथै  भावी कार्ययोजना बारेमा छलफल गरिएको लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालका डिस्ट्रिक गर्भनर लायन राजेन्द्र बाटाजुले बताए ।

डिस्ट्रिक गर्भनर  बाटाजुले यो बर्ष घोषणा गरिएका सबै कार्यक्रमहरु लायन्स साथीहरुको सक्रियताले सफलतापुर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै अहिलेको लायन वर्षलाई ऐतिहासिक वर्ष बनाउनेतर्फ क्रियाशील रहन सबैलाइ आग्रह गरेका थिए ।

 लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के का लायन लिडर बालकृष्ण बुर्लाकोटी आगामी जुलाइमा अमेरिकाको बोष्टनमा हुने १०५ औं इन्टरनेशनल कन्भेन्सनबाट इन्टरनेशनल डाइरेक्टर बन्दैछन् । साथै डिस्ट्रिक्ट ३२५ के नेपालको पहिलो डिस्ट्रिक्ट कन्भेन्सन समेत आँउदो चैत ४ गते पोखरामा गर्ने तयारी भइरहेको छ । 

ReplyForward