
गण्डकी प्रदेशकाे दाेस्राे ठूलो ब्यापारी केन्द्रकाे रूपमा रहेको प्रशिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरलाई कलात्मक बनाउन थालिएको छ । गुठी ब्यवस्थापन समितिले आफ्नाे लगानीमा भक्तपुरकाे तेलीए इट्टा ,कलात्मक काष्ठ कला र मन्दिरमा तामाकाे छाना प्रयाेग गरेर बनाउन शुरूवात गरेकाे छ ।
एउटा धार्मिक संरचना कङ्क्रिटमय बनेको तथा केही संरचनाले मन्दिरको सौन्र्दयतामा समस्या ल्याएको जनाउँदै कालिका मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर र मन्दिर क्षेत्रलाई कलात्मक ढङ्गले आफ्ना संरचना रुपान्तरण गर्न थालेको छ ।
कालिका मन्दिर सुधारको पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रम अन्तर्गत कालिका मन्दिरको स्वरुपलाई कलात्मक बनाउने कामको थालनी गरिएको छ । बाहिरी आवरण नयाँ भए पनि कालिका मन्दिरको भित्री संरचना जीर्ण भएकाले कलात्मकस्वरुप देखिनेगरी कालिका मन्दिरको पुनःनिर्माण गर्न थालिएको कालिका मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।
अहिले मन्दिरको बाहिरी आवरण इटैइँटाको छ भने ताम्रापत्रले छाएको छानोसमेत चुइने भएकाले मन्दिरलाई कलात्मक तरिकाले रुपान्तरण गर्न थालिएको। कालिका मन्दिरको भित्री संरचना जीर्ण भएको, तामाको छानो चुहिने भएका कारण कालिका मन्दिरको भित्री संरचना मर्मत गर्दै नयाँ तामाको छानो छाइन थालिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
“कालिका मन्दिरको स्वरुपलाई कलात्मक बनाइने र मन्दिरको पूर्वपट्टी निर्माण गर्न थालिएको सत्तल र हबन अग्नि कुण्डलाईसमेत कलात्मक बनाइने गरी मात्रै निर्माण सुरु गरिएको छ । हवन कुण्डको भित्री संरचना पक्की बनाइए पनि बाहिर काठका कलात्मक चित्र बनाइएको गुठी ब्यवस्थापन समितिका सचिव भरत खड्काले बताए ।
“सिमेन्ट र ढुङ्गा जडित संरचनालाई विस्तारै हटाउँदै कलात्मक बनाउने कालिका मन्दिरको पञ्चवर्षीय योजना बनाएकाे छ। बाहिरी संरचना भने कालात्मक, विभिन्न काष्ठकला र धातु जडित सामग्री प्रयोगबाट निर्माण गर्ने योजना सुरु भएको छ । अहिले मर्मत गर्र्न थालिएको मुख्य मन्दिर, निर्माण गर्न थालिएको सत्तल र हवन कुण्डबाट मन्दिरले आफूलाई कलात्मक बनाउने योजना सुरु गरिएको छ, यो तयार गर्ने संरचना मन्दिरको आन्तरिक स्रोतबाट मात्रै गरिएकाे छ ।




मन्दिरको सत्तल निर्माणमा रु ७० लाख र मन्दिरको ताम्रापत्र र भित्री संरचना मर्मत र कलात्मक बनाउन रु ४० लाख र हवनकुण्ड निर्माण गर्न रु १३ लाख खर्चको अनुमान गरिएको गुठी व्यवस्थापन समितिले जनाएको छ । कालिका भगवती मन्दिर अब सास्त्रीय र पुरातात्विक हिसाबले मात्र निर्माण गर्नै याेजना रहेकाे छ ।
“कालिका मन्दिर हाम्रो धरोहर हो, यसलाई पुरानैस्वरुपमा कलात्मक र पुरातात्विक बनाउन थाल्नु सुखद् क्षण हो अब कालिका मन्दिरकोस्वरुप विगार्ने अन्य भौतिक संरचना नथप्ने, भएका क्रङ्क्रिटका संरचनालाई हटाउँदै लैजाने र घण्टी राख्ने परम्परालाई सुधार्न आवश्यक छ ।
कालीका भगवती मन्दिरमा दैनिक सयाै धार्मिक श्रद्वालु भक्तजन र धार्मिक पर्यटक पुजा अर्चना र भगवती माताकाे दर्शनकाे लागि आउने गर्छन् ।मन्दिरमा बडा दशैकाे असाेज र चैत्र दशैमा भक्तजनकाे भिड लाग्ने गर्छ ।एक बर्षमा करिव ७ लाख धार्मिक पर्यटक आउने गर्छन् ।मन्दिरमा पुजा गरेमा मनले चिताएकाे कुरा पूरा हुने जनबिश्वास भएकाे कारणले पनि यश शक्ति पिठमा आफ्नाे भाकल पूरा हाेस भनेर पुजा गर्नै परम्परा रहेकाे छ ।









