
लियो क्लब अफ धौलागिरि बागलुङको आयोजनामा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।
बागलुङ बजारका १६ वटा विद्यालय सहभागी रहेको प्रतियोगितामा युनिभर्सल सवलाइन एकेडेमी प्रथम, धवलागिरि वीरेन्द्र माध्यामिक विद्यालय द्वितीय र मुलपानी माध्यामिक विद्यालय तृतीय भएका छन् ।
बागलुङको फ्यूचर ब्राइटर इङलिस बोर्डिङ स्कुल शुक्रबार सम्पन्न भएको प्रतियोगितामा विजयी विद्यालयहरुलाई बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, लायन्स क्लब अफ धौलागिरि बागलुङका पूर्वअध्यक्ष तथा रिजन चियरपर्सन ताल बहादुर कुँवर, लियो क्लब अफ धौलागिरिका अध्यक्ष प्रवेश पौडेल लगायत द्वारा पुरस्कार वितरण गरिएको थियो।
प्रतियोगितामा प्रथम हुने विद्यालयले २ हजार १ सय नगदसहित ट्रफी, मेडल, कप एवं प्रमाणपत्र, द्वितीय हुने विद्यालयले १ हजार ८ सय एवं तृतीयले १ हजार ५ सय
मेडल, कप एवं प्रमाणपत्र प्राप्त गरेको कार्यक्रमका संयोजक समेत रहेका क्लवका कोषाध्यक्ष लियो सुगम खड्काले हिडन खबरलाई बताउनुभयो ।
विद्यालय उमेर समुहका विद्यार्थीहरुमा सामान्य ज्ञान सँगै समसामयिक विषयमा जानकारी एवं चासो बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष लियो प्रवेश पौडेलले बताउनुभयो ।
लियो क्लब अफ धौलागिरिका अध्यक्ष प्रवेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लबका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक सुगम खड्काको स्वागत र लायन्स क्लब अफ धौलागिरीका द्धितीय उपाध्यक्ष गणेश महतोको संचालनमा सम्पन्न भएको थियो ।











