बागलुृङको एक विद्यालय ३ वर्ष देखी व्यवस्थापन समिति विहिन, शैक्षिक एवं प्रशासनिक गतिविधि प्रभावित

-


     हिडन खबर    
     माघ २३ गते २०७९ मा प्रकाशित


विद्यालय एवं प्रभावकारी शैक्षिक गतिविधि सञ्चालनका लागि विद्यालयमा व्यवस्थापन समिति हुनु जरुरी हुन्छ । तर बागलुङ जिल्लाको एक बिद्यालयमा भने ३ वर्ष देखि व्यवस्थापन समिति बिहिन हुँदा समेत राजनीतिक दलले आफ्नो पक्षमा नेतृत्व पार्ने दाउमा लाग्दा गठन हुन सकेको छैन ।

बागलुङको काठेखोला गाँपालिका २ भिमपोखराको जनकल्ण माध्यामिक विद्यालयमा ३ वर्ष सम्म पनि विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्दा विद्यालयको प्रशासनिक काम प्रभावित भएको छ । लामो समयदेखि विद्यालय व्यवस्थापन समिति गठन नहुँदा विद्यालय विकासमा बाधा पुगेको छ। शिक्षा नियमावलीको नवौं संशोधन २०७७ को परिच्छेद ६ को २३ को १ मा उल्लेख भएअनुसार व्यवस्थापन समितिको पदावधि सकिन १ महीना बाँकी रहँदै प्रधानाध्यापकले नयाँ समिति गठन प्रक्रिया अगाडि बढाउनुपर्ने व्यवस्था छ । विव्यस गठन प्रक्रिया सुरु गरे पनि दलीय सहमति हुन नसकेपछि विव्यस गठन हुनसकेको छैन । विद्यालय व्यवस्थापन समिति गठनको लागि यसअघि बोलाइएको भेलापनि कुनै निर्णयमा पुग्न नसकेपछि स्थगित हुदै आएको छ । स्थानीय राजनीतिक दल र अभिभावकहरुबीच सहमति हुन नसक्दा ३ वर्षदेखि व्यवस्थापन समिति रिक्त रहदै आएको छ । व्यवस्थापन समितिको अभावमा विद्यालयको भौतिक निर्माण लगायत अन्य कार्यक्रमहरु प्रभावित हुदै आएको विद्यालयका शिक्षक चन्द्रमणि उपाध्यायले बताउनु भयो ।
२०७३ साल माघ २१ गते गठन भएको व्यवस्थापन समितिको ३ वर्षे कार्यकाल २०७६ माघ २१ सकियपछि विद्यालय व्यवस्थापन समिति रिक्त रहदै आएको छ । विद्यालयले २०७८ बैशाख १४ गते आह्वान गरिएको अभिभावक भेलाबाट समिति गठन हुन नसकेपछि दोश्रो पटक २०७९ पौष १८ गते भेला भएको थियो । दोश्रो पटकको भेलामा पनि सहमति नजुटेपछि सो भेलाले एक हप्ता भित्र चुनावी प्रकृयाबाट भएपनि समिति गठन गर्ने निर्णय गरेको थियो । को अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन गर्न विफल बनेपछि स्थागित हदै आएको छ । विद्यालय व्यवस्थापन समिति गठनको लागि आयोजना गरिएको अभिभावक भेलाले समिति गठन गर्न विफल बनेपछि स्थगित गरिएको विद्यालयका सूचना अधिकारी शुसिल गौतमले जानकारी दिनु भयो ।

३ वर्षदेखि व्यवस्थापन समिति रिक्त रहदा व्यवस्थापन समितिको अभावमा विद्यालय विद्यालयमा रित्त रहेका शिक्षक दरवन्दी र कार्यलय सहायक नियुक्ति हुन नसक्दा विद्यालयको पठनपाठनमा असर पुगेको छ । लामो समय देखी विद्यालयमा शिक्षक कार्यलय सहयोग नहुदा विषयगत शिक्षा लिन र सरसफाई लगाएतका काम प्रभावित भएको विद्यार्थी करुणा पौडेलले बताईन ।
३ वर्षदेखि व्यवस्थापन समिति रिक्त रहदा विद्यालयको भौतिक संरचना निर्माणको माग गर्न सम्वन्धीत निकायमा जान समस्या हुने गरेको विद्यालयका प्रअ लिलाराम सापकोटाले बताउनु भयो ।

राजनीतिक ढंगबाट विव्यसमा सहमति जुटाउने वातावरण निर्माणका लागि गाँउपालिकाले नेपाली कांग्रेसका र एमालेका नेताबाट पहल गरेपनि सहमति जुट्न सकेको छैन । गाँउपालिकाले विद्यालय व्यवस्थापन समिति गठन गर्न निरन्तर पहल गरेपनि सार्थकता पाउन नसकेकोले अन्तिम विकल्पको रुपमा चुनावी प्रक्रियाबाट भएपनि समिति चयन गर्ने काठेखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमा उजैले बताउनु भयो ।

दलहरूबीच सहमति नभएपछि विद्यालयले चुनावी प्रक्रियाबाटै विव्यस गठन प्रक्रिया टुंगोमा पु¥याउने बताए पश्चात् दलीय ‘गठबन्धन’ भएर संसदीय निर्वाचनकै झल्को दिने गरी राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिने संकेत देखिएको छ ।
काठेखोला गाउँपालिकाले विद्यालय व्यवस्थापन समिति गठन गर्न १५ दिने अल्टीमेटम दिएको पालिकाका सामाजिक विकास समितिका प्रमुख खडक थापाले बताउनु भयो ।

विद्यालय शिक्षामा दलीय राजनीतिक रंग लागेपछि सामुदायिक विद्यालयले गुणस्तर गुमाउँदै गएको आरोप खेपिरहेको बेला विद्यालय व्यवस्थापन समितिको गठनमा समेत राजनीतिक खेमा देखापर्नु सामुदायिक विद्यालय शिक्षाका लागि दुर्भाग्य हो ।
सरकारले विद्यालयका शिक्षकलाई सक्रिय रूपमा राजनीतिक गतिविधि गर्न नपाउने भनिरहेको बेला सामुदायिक विद्यालयमा विव्यसमार्फत दलीय राजनीति पसेको छ ।