समाचार

परिचय खुल्ने कागजात भए मतदान गर्ने पाउने

निर्वाचन आयोगले प्रकाशित गरेकोअन्तिम नामावलीमा नाम समावेश भएका मतदाताहरूले आफनो परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पाैडेलले बुधबार एक विज्ञप्ति प्रकाशित गरि बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनमा अन्तिम नामावलीमा नाम भएका मतदाताले आयोग बाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताकाे प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र ,राहदानी ,वा जग्गा धनीकाे सक्कल पुर्जाकाे आधारमा मतदान गर्न पाउने ब्यबस्था मिलाएको जनाएको छ । स्थानीय तहको निर्वाचनमा आयोगले जारी गरेको मतदाता परिचयपत्र नभए मतदान गर्न पाउने… पुरा पढौ

आँखा उपचारको हव बन्दै हिमाय आँखा अस्पताल पाेखरा

हिजोको दिनमा आँखाको सामान्य चेकजाँच देखि जटिल प्रकारको उपचारको लागि काठमाडौ जानुपर्ने समस्या भने केही बर्ष यता हटेर गएको छ । गण्डकी प्रदेशको राजधानी पाेखरामा हिमायन आँखा अस्पताल आँखाका बिरामीको उपचारको लागि राम्रो केन्द्र बनेपछि महंगो खर्च गरेर बाहिर जानुपर्ने झंझट हटेर गएको हाे । आँखाकाे सामान्य समस्या देखि जटिल प्रकारकाे उपचार गर्नुपर्ने बिरामीहरूकाे बिहानैदेखि अस्पतालमा चाप बढेर गएको छ ।धुवा धुलाे र वातावरणीय प्रभावका कारण आँखामा दिनप्रतिदिन नयाँ नयाँ समस्या देखा पर्दै गएपछि उपचारमा समेत नयाँ प्रविधि र प्रयोग… पुरा पढौ

स्थानीय निर्वाचनमा महिला उमेदवार ?

बागलुङ ।ब‌ैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन ३ बाकी रहदै गर्दा यसपटक निर्वाचनले खासै गतिलिन सकेको देखिएको छैन । निर्वाचन नजिकिँदै गर्दा स्थानीय तहकाे नगर प्रमुख ,उप प्रमुखमा पदमा जति धेरै महिला उमेदवार बन्नुपर्ने थियोे यसपटकको गठबन्धनका कारण धेरै कममात्रामा उमेदवार बनेको देखिन्छ । बागलुङ नगरपालिका भित्र नगर प्रमुखमा नेपाली कांग्रेस बीपी बाट धना आचार्य र नेकपा मालेका मन्जु क्षेत्रीले उमेदवारी दिनुभएको छ भने उप प्रमुखमा स्वतन्त्र रूपमा तारा कुमारी रिजालले उमेदवारी दिनुभएकाे छ । यस्तै जैमिनी नगरपालिकामा… पुरा पढौ

बागलुङ नगरपालिका ३ काे वडा अध्यक्षमा कस्ले मार्ला बाजि

निर्वाचनमा ५ जना प्रतिस्पर्धा मैदानमा राेचक भिडन्त बैशाख ३० गतेकाे स्थानीय तहको निर्वाचन जतिजति नजिकिदै छ बागलुङ नगरपालिका वडा नम्बर ३ मा निर्वाचनको राैनक तिब्र गतिले अगाडि बढिरहेको छ । बागलुङ नगरपालिकाकाे १४ वटा वडा मध्य सबैभन्दा बढी मतदाता भएको वडा बजारको मुख्य केन्द्र लालीगुराँस चाेक देखि मध्यपहाडी लाेकमार्गकाे खहरे सम्मकाे भुभाग आ‌ेगटेकाे वडामा यसपटक गठबन्धन दलबाट नेपाली कांग्रेसका उमेदवार लक्ष्मण केसी शनि ,नेकपा एमाले राप्रपा गठबन्धनबाट एमालेका उमेदवार कमल खड्का एकीकृत समाजवादी बाट पिंगल राज गाैतम र स्वतन्त्र बाट… पुरा पढौ

निर्वाचन विषेश

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन ३ बाकी रहदै गर्दा बागलुङ सदरमुकाममा जिल्लामा क्रियाशील राजनीतिदलले चुनाव प्रचारप्रसार र घर दैलाे अभियान सम्पन्न गरेका छन् । बागलुङ सदरमुकाममा देखिएको चुनाव प्रचारप्रसारकाे फरकफरक दृश्यहरू । पुरा पढौ

तमानखाेलामा त्रिपक्षीय भिडन्त

बागलुङ ।जिल्लाकाे पश्चिम तमानखाेला गाउँपालिकामा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी गठबन्धन नभएपछि त्रिपक्षीय भिडन्त हुन देखिएको छ । अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार जाेकलाल बुढा ,माआ‌ेवादी केन्द्रका देवबहादुर पुन र जनता समाजवादीका हिमाल खत्री चुनावी प्रतिस्पर्धामा अगाडि बढेका छन् । यस्तै उपाध्यक्षमा कांग्रेसका हिराकुमारी छन्त्याल ,माआ‌ेवादीका निसु रसाइली र एमालेका देवेन्द्र छन्त्याल ,चुनावी मैदानमा खडा भएका छन् । निर्वाचन प्रचारप्रसारकाे अन्तिम दिन आइपुग्दा सबै राजनीति दलले आफ्नो चुनावी प्रचारप्रसार अन्तिम चरणमा पुर्याइ सकेका छन् । ७ हजार ७… पुरा पढौ

निसीखाेलामा सुर्य घर्ती र भुमिराज बिच प्रतिस्पर्धा

बागलुङ ।जिल्ला पश्चिम निसिखाेला गाउँपालिकामा बैशाख ३० गते हुने निर्वाचन राेचक र प्रतिस्पर्धात्मक हुने भएको छ ।अध्यक्षमा गठबन्धन बाट नेपाली कांग्रेस बाट सुर्यबहादुर घर्ती र एमाले बाट भुमिराज घर्ती मगर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसपटक कांग्रेस ,माआ‌ेवादी केन्द्र ,र राजमाे बिच गठबन्धन गरेर चुनावी अभियानमा लागेका छन् । यस्तै उपाध्यक्षमा गठबन्धन बाट माआ‌ेवादी केन्द्रका प्रेमबहादुर घर्ती मगर र एमाले बाट भाेटु चन्द चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन आयोगले बैशाख २७ गते राति १२ बजेसम्म मात्रै चुनाव प्रचारप्रसार गर्न… पुरा पढौ

काँठेखाेला गाउँपालिकामा कार्की र थापा बिच प्रतिस्पर्धा

बागलुङ ।जिल्लाकाे काँठेखाेला गाउँपालिकामा हुने स्थानीय तहको निर्वाचनमा ५ दलीय गठबन्धन बाट नेपाली कांग्रेसका राजु थापा र एमाले बाट दिलबहादुर कार्की चुनावी प्रतिस्पर्धामा देखिएका छन् । नेपाली कांग्रेस ,माआ‌ेवादी केन्द्र ,राजमाे ,एकीकृत समाजवादीकाे संयुक्त गठबन्धन बाट गाउँपालिकाकाे अध्यक्षमा नेपाली कांग्रेसका राजु थापा र एमालेका दिलबहादुर कार्की चुनावी मैदानमा खडा भएका छन् । गत स्थानीय तहको निर्वाचनमा एमालेले बिजय हासिल गरेको काँठेखाेला गाउँपालिकामा यसपटक गठबन्धन दल र एमाले बिच तिब्र प्रतिस्पर्धा हुन अनुमान गरिएको छ ।रेशका पुराना एमाले नेता कार्की र… पुरा पढौ

बरेङ गाउँपालिकामा कृष्ण र प्रदीप बिच प्रतिस्पर्धा

बागलुङ ।बागलुङ जिल्लाकाे दक्षिण बरेङ गाउँपालिकाकाे निर्वाचनमा गठबन्धन दलबाट राष्ट्रिय जनमाेर्चाका कृष्ण प्रसाद शर्मा र एमालेका प्रदीपकुमार थापा बिच चुनावी प्रतिस्पर्धा हुने देखिएकाे छ । राष्ट्रिय राजनीति रूपमा नेपाल कम्युनिस्ट पार्टी मसालकाे बर्चस्व मानिने बरेङ गाउँपालिकामा यसपटकको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमाेर्चाले यसपटक पनि गठबन्धनकाे तर्फबाट तत्कालीन अध्यक्ष कृष्ण प्रसाद शर्मालाई चुनावी मैदानमा खडा गरेको छ भने एमालेले प्रदीपकुमार थापालाई खडा गरेको छ । यस्तै गाउँपालिकाकाे उपाध्यक्षमा गठबन्धन दलबाट नेपाली कांग्रेसका दिलीपकुमार पुन र एमालेका दुर्गा कार्की चुनावी मैदानमा उत्रिएका… पुरा पढौ

बागलुङ नगरपालिकामा पाैडेल र श्रेष्ठ बिच प्रतिस्पर्धा

यसपटक निर्वाचन पनि राेचक प्रतिस्पर्धात्मक हुने बागलुङ ।बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकाे प्रचारप्रसारकाे अन्तिम दिनसम्म आइपुग्दा निर्वाचन बारे आम जनतामा खासै चासो भएको देखिएकाे छैन ।धाैलागिरि अन्चल कै सबैभन्दा पहिलो र पुरानो बागलुङ नगरपालिकामा यसपटक फेरि वर्तमान नगर प्रमुख जनकराज पाैडेल र बसन्त कुमार श्रेष्ठ बागलुङ नगरपालिकाकाे नगर प्रमुखकाे लागि चुनावी प्रतिस्पर्धामा उभिएका छन् । ५ दलीय गठबन्धन बाट नेपाली कांग्रेसबाट नगर प्रमुखमा बसन्त कुमार श्रेष्ठ ,एमाले राप्रपा गठबन्धन बाट एमालेका जनकराज पाैडेल चुनावी प्रतिस्पर्धामा उत्रिएर अगाडि बढेका… पुरा पढौ