चिकित्सा शिक्षा ऐनका संशोधनको माग गर्दै २० दिन देखि माइतीघरमा

-


     हिडन खबर    
     भाद्र १४ गते २०८० मा प्रकाशित


राजेशचन्द्र राजभण्डारी 

सरकारले ल्याएको राष्ट्रिय चिकित्सक शिक्षा ऐन
विभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दै
चिकित्सा शिक्षा सराेकार संर्घष समितिले २० दिनदेखि आन्दोलन जारी राखेका छन् ।

देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै २० दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ ।आज जनैपूणिर्माकाे दिन माइतीघर मण्डलामा धर्ना बसेकाहरूले एकआपसमा हातमा रक्षा बन्धन लगाएर पर्व मनाएका छन् ।

आन्दोलनलाई राजनीति पार्टी विभिन्न चिकित्सक संघ संस्थाको तर्फबाट पनि ऐक्यबद्धता जनाउने क्रम बढेर गएको छ ।माइतीघर मण्डलामा आएर विभिन्न राजनीति पार्टीका  सांसदहरूले अहिले भइरहेको चिकित्सा शिक्षाको बिषयमा आफ्नो धारणा राखेर सरकारले छिटोभन्दा छिटो समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए ।

नेपाली बिद्यार्थीहरूले सहजरूपमा देशमा नर्सिङ शिक्षा पढ्न नपाएको कारण छिमेकी मुलुकमा जानुपरेकोछ  सरकारले नेपाली शिक्षण संस्थालाई पढाउने अनुमति नदिएको १०० वेदको हस्पिटल बनाउने झंझट लगाएर राेक्ने काम गरेको राप्रपा सांसद धवल शमशेर राणाले बताए

अहिले एमइसिकाे कारणले गर्दा बिद्यार्थी नर्सिङ शिक्षा पढ्न बाट बन्चित भएको हुदा आन्दोलन गर्नुपर्ने बाध्यता आएको बिद्यार्थीले बताए ।

चिकित्सा शिक्षामा बिद्यार्थी र अभिभावककाे रूचि भएको स्वदेशी लगानी कर्ताकाे रूचि भएको बिदेशमा समेत नेपाली चिकित्सककाे माग भएको हुदा सरकारले चिकित्सक शिक्षा ऐन संशोधन गर्नुपर्ने चिकित्सक शिक्षा संघर्ष समितिका संयाेजक निर्मल सापकोटाले बताए ।

नेपालमा धमाधम शिक्षण संस्था बन्द हुँदा भारतीय सीमा नाकामा भने धमाधम मेडिकल कलेज तथा शिक्षालय खुलिरहेको र सोहीमार्फत लाखौँ रकम बाहिरिएको संघर्ष समितिले दाबी गरेको छ ।